दोभानका अग्नीपिडितलाई सम्पर्क मञ्चद्वारा २ लाख ११ हजार नगद राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक। दमक–ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ । दुई साता अघि आगोलागीबाट विस्थापित भएका परिवारलाई राहत पु¥याउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैयाँ प्रदान गरेको हो ।

मञ्चले एकहप्ता अघि स्थानीयस्तरमा एक सहयोग समिति गठन गरि सहयोग रकम जुटाएको थियो । टोलीले आज विहान घटनास्थलमा पुगेर संकलित नगद राहत मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ र प्रशासकीय अधिकृत डम्बर आङदेम्बेलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिएका छन् ।

गाँउपालिकाले अग्नीपीडितहरुको व्यवस्थापनका लागि सहयोग अभियान सञ्चालन गरिआएको छ । अभियान अन्तर्गत देश विदेशबाट करिब ४० लाख रुपैयाँ नगद तथा अन्य विभिन्न जिन्सी समान प्राप्त भईरहेको उनले वताए ।

ताप्लेजुङबाट दमक आएर बस्दै आएका सर्वसाधारणहरुले सम्पर्क मञ्चको अगुवाईमा सहयोग जुटाईएको संस्थाका सचिव मोहन बगालेले जानकारी दिए । उनले दमकका विभिन्न वडामा बसोबास गर्दै आएका साथै बिदेशमा रहेका आफन्तहरुले समेत सम्पर्क मञ्चको राहत सहयोग संकलनमा सहयोग पुरयाएको र सहयोग जुट्नेक्रम जारी रहेको वताए । मञ्चका अध्यक्ष पौडेलसहित दमक ४ का वडाध्यक्ष कुमार साम्सोहाङ, मञ्चकी कोषाध्यक्ष शान्ता तामाङ, सम्पर्क मञ्चका सदस्य चैतन्य बराल, पबित्रा तामाङ र बिष्णु पौडेलसहितको एक टोली घटनास्थलमा पुगेको थियो ।

सम्बन्धित समाचार

लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर लाजेहाङ आइसियूमा

धरान, ९ चैत्र । संघीय लिम्बुवान प्रान्तीय मञ्च मातहत लिम्बुवान भोलेन्टियर्सका सह-कमाण्डर धरानस्थित विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सघन उपचार कक्षमा उपचार भईरहेको छ । उनी यहि चैत्र ५ गते विराटनगरको विरोध जनप्रदर्शनमा शसस्त्र प्रहरीसँगको...

घाइते आङदेम्बेलाई प्रतिष्ठानद्वारा आर्थिक सहयोग प्रदान

दमक, ८ चैत्र । शहीद राजकुमार आङदेम्बे ‘माङतोक’–मनिल तामाङ् स्मृति प्रतिष्ठानका उपाध्यक्ष दिपक आङदेम्बेका छोरा साम्योक आङदेम्बेलाई आर्थिक सहयोग प्रदान गरिएको छ । प्रदेश नं. १ पुनः नामाङकन संघर्ष समितिले गत चैत्र २८ गते गरेको...

‘कोशी’ प्रदेश नाम खारेजी आन्दोलनकाे कार्यक्रम पुनः घोषणा

दमक, ८ चैत्र । प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले बुधबार फेरि आन्दोलनको कार्यक्रम विज्ञप्ति जारी गर्दै सार्वजनिक गरेको छ । षड्यन्त्रपूर्वक छलकपटपूणर् एवम् छापामार शैलीमा शासक जातीय एकल पहिचानको साम्प्रदायिक ‘कोशी’ प्रदेश...

शहीद मनिल तामाङको १४औं स्मृति दिवस मनाइयो

दमक, ७ चैत्र । राष्ट्रिय शहीद मनिल तामाङ्को १४औं स्मृति दिवसमा श्रद्धाञ्जली कार्यक्रम गरि विविध स्थानमा मनाइएको छ । २०६५ चैत्र ६ गते प्रहरीको गोली लागि धुलाबारीस्थित क्याम्पसमा शहादत्ता प्राप्त गरेका शहीद तामाङ्को स्मरण गर्दै...