दोभानका अग्नीपिडितलाई सम्पर्क मञ्चद्वारा २ लाख ११ हजार नगद राहत वितरण

 लिम्बुवान न्युज
                       

दमक। दमक–ताप्लेजुङ सम्पर्क मञ्चले ताप्लेजुङ दोभानका अग्नीपीडितहरुलाई नगद रु २ लाख बढी राहत रकम प्रदान गरेको छ । दुई साता अघि आगोलागीबाट विस्थापित भएका परिवारलाई राहत पु¥याउन मञ्चले नगद रु २ लाख ११ हजार रुपैयाँ प्रदान गरेको हो ।

मञ्चले एकहप्ता अघि स्थानीयस्तरमा एक सहयोग समिति गठन गरि सहयोग रकम जुटाएको थियो । टोलीले आज विहान घटनास्थलमा पुगेर संकलित नगद राहत मेरिङदेन गाउँपालिकाका अध्यक्ष गणेश चोङबाङ र प्रशासकीय अधिकृत डम्बर आङदेम्बेलाई संयुक्त रुपमा हस्तान्तरण गरिएको सम्पर्क मञ्चका अध्यक्ष समेत रहेका दमक ७ का वडाध्यक्ष भिम प्रसाद पौडेलले जानकारी दिएका छन् ।

गाँउपालिकाले अग्नीपीडितहरुको व्यवस्थापनका लागि सहयोग अभियान सञ्चालन गरिआएको छ । अभियान अन्तर्गत देश विदेशबाट करिब ४० लाख रुपैयाँ नगद तथा अन्य विभिन्न जिन्सी समान प्राप्त भईरहेको उनले वताए ।

ताप्लेजुङबाट दमक आएर बस्दै आएका सर्वसाधारणहरुले सम्पर्क मञ्चको अगुवाईमा सहयोग जुटाईएको संस्थाका सचिव मोहन बगालेले जानकारी दिए । उनले दमकका विभिन्न वडामा बसोबास गर्दै आएका साथै बिदेशमा रहेका आफन्तहरुले समेत सम्पर्क मञ्चको राहत सहयोग संकलनमा सहयोग पुरयाएको र सहयोग जुट्नेक्रम जारी रहेको वताए । मञ्चका अध्यक्ष पौडेलसहित दमक ४ का वडाध्यक्ष कुमार साम्सोहाङ, मञ्चकी कोषाध्यक्ष शान्ता तामाङ, सम्पर्क मञ्चका सदस्य चैतन्य बराल, पबित्रा तामाङ र बिष्णु पौडेलसहितको एक टोली घटनास्थलमा पुगेको थियो ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...