विश्वव्यापी हाक्पारे अनलाइन विजेताले पाए नगदपुरस्कार

 लिम्बुवान न्युज
                       

दमक। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ का विजेताले नगद पुरस्कार तथा प्रशंसा–पत्र पाएका छन् । याक्थुङ् हाक्पारे साम्लो सजुमले शनिबार दमकको किरात भवनमा आयोजना गरेको पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा प्रदान गरिएको हो ।

२४० भन्दा धेरै प्रतियोगि सहभागी भएको उक्त प्रतियोगितामा प्रथम अमरजंग केदेम, द्धितीय गरिमाया लिम्बु र तृतीय मुक्ति इधिङगो भएका थिए । विजेताहरुलाई नगदराशी क्रमस ५५ हजार, ३० हजार र २० हजार सहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै विभिन्न उप–शिर्षक विजेता हुने १० जनालाई प्रसंशा–पत्रले सम्मान गरिएको थियो । यस अनलाईन प्रतियोगिताका निर्णायकहरुमा कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र बहादुर आङबोले विजेताहरुलाई पुरस्कार वितरण गरेका छन् । साथै प्रमुख अतिथि आङबोले प्रतियोगिताका विजेता सम्पूर्णलाई शुभकामना दिदै प्रदेश १ को नाम लिम्बुवान राखेता पनि आफुलाई आपत्ती नरहेको बताएका छन् तर प्रदेश १ मा खम्बुवान प्रान्त पनि पर्न गएको कारण सबैलाई समेट्ने गरी किरात नाम राख्न उपयूक्त हुने बताएका छन् । तर कोशी राख्ने षडयन्त्र भईरहेको प्रति आपत्ती जनाउँदै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पार्दै प्रदेश १ को नाममा पहिचान नजोडिएमा आफू त्यसको विरोधमा उत्रने बताए । पूर्व मन्त्री आङबोले लिम्बुवानका विषयमा आफुले दिएको अविव्यक्तिको गलत अर्थ लागेको भन्दै आफ्नो आसय त्यस्तो नभएको पनि स्पष्ट पारेका थिए ।

याक्थुङ हाक्पारे साम्लो सजुमले आयोजना गरेको विश्वव्यापी अनलाईन साम्लो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको सो कार्यक्रम सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बो, साहित्यिक तथा राजनीति र सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई निर्णायक समेत रहेका केरुङले संचालन गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय लिम्बु टिकटक प्रतियोगिताका संयोजक मौसम लिम्बु (फु?लेन्देको बाउ), अन्तराष्ट्रिय पालामका प्रथम विजेता सुनिता केदेम लाबुङ लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए ।

विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कार्यक्रमले लिम्बु जातीको कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न मद्दत पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको संयोजक चेम्जोङ्ले बताए । कार्यक्रमलाई सेवारो युट्युव च्यानलबाट प्रशारण गरिएको थियो ।

सम्बन्धित समाचार

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...