विश्वव्यापी हाक्पारे अनलाइन विजेताले पाए नगदपुरस्कार

 लिम्बुवान न्युज
                       

दमक। प्रथम विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता २०७७ का विजेताले नगद पुरस्कार तथा प्रशंसा–पत्र पाएका छन् । याक्थुङ् हाक्पारे साम्लो सजुमले शनिबार दमकको किरात भवनमा आयोजना गरेको पुरस्कार वितरण तथा साँगीतिक कार्यक्रममा प्रदान गरिएको हो ।

२४० भन्दा धेरै प्रतियोगि सहभागी भएको उक्त प्रतियोगितामा प्रथम अमरजंग केदेम, द्धितीय गरिमाया लिम्बु र तृतीय मुक्ति इधिङगो भएका थिए । विजेताहरुलाई नगदराशी क्रमस ५५ हजार, ३० हजार र २० हजार सहित प्रशंसा–पत्र प्रदान गरिएको थियो । साथै विभिन्न उप–शिर्षक विजेता हुने १० जनालाई प्रसंशा–पत्रले सम्मान गरिएको थियो । यस अनलाईन प्रतियोगिताका निर्णायकहरुमा कलाकार यासेली योङहाङ, लोकप्रिय गायिका झुमा लिम्बु र कवि मधु केरुङ रहेका थिए ।

कार्यक्रमका प्रमुख अतिथि प्रदेश १ का पूर्व अर्थमन्त्री इन्द्र बहादुर आङबोले विजेताहरुलाई पुरस्कार वितरण गरेका छन् । साथै प्रमुख अतिथि आङबोले प्रतियोगिताका विजेता सम्पूर्णलाई शुभकामना दिदै प्रदेश १ को नाम लिम्बुवान राखेता पनि आफुलाई आपत्ती नरहेको बताएका छन् तर प्रदेश १ मा खम्बुवान प्रान्त पनि पर्न गएको कारण सबैलाई समेट्ने गरी किरात नाम राख्न उपयूक्त हुने बताएका छन् । तर कोशी राख्ने षडयन्त्र भईरहेको प्रति आपत्ती जनाउँदै आफू त्यसको विरुद्धमा रहेको स्पष्ट पार्दै प्रदेश १ को नाममा पहिचान नजोडिएमा आफू त्यसको विरोधमा उत्रने बताए । पूर्व मन्त्री आङबोले लिम्बुवानका विषयमा आफुले दिएको अविव्यक्तिको गलत अर्थ लागेको भन्दै आफ्नो आसय त्यस्तो नभएको पनि स्पष्ट पारेका थिए ।

याक्थुङ हाक्पारे साम्लो सजुमले आयोजना गरेको विश्वव्यापी अनलाईन साम्लो प्रतियोगिताका विजेताहरुलाई पुरस्कार वितरण एवं सम्मान गरिएको सो कार्यक्रम सजुमका अध्यक्ष इक्साहाङ चेम्जोङको सभापतित्व सम्पन्न उक्त कार्यक्रममा किरात याक्थुङ चुम्लुङका प्रदेश १ अध्यक्ष धुर्व मेन्याङ्बो, साहित्यिक तथा राजनीति र सामाजिक व्यक्तित्वहरुको समेत उपस्थिति रहेको थियो । कार्यक्रमलाई निर्णायक समेत रहेका केरुङले संचालन गरेका थिए ।

कार्यक्रममा अन्तराष्ट्रिय लिम्बु टिकटक प्रतियोगिताका संयोजक मौसम लिम्बु (फु?लेन्देको बाउ), अन्तराष्ट्रिय पालामका प्रथम विजेता सुनिता केदेम लाबुङ लगायतलाई सम्मान गरिएको थियो । सो कार्यक्रममा प्रतियोगीहरुले हाक्पारे साम्लो प्रस्तुत गरेका थिए ।

विश्वव्यापी अनलाइन हाक्पारे प्रतियोगिता कार्यक्रमले लिम्बु जातीको कला, संस्कार, संस्कृति र पहिचानको संरक्षण र सम्बद्र्धन गर्न मद्दत पुगोस भन्ने उद्देश्यले आयोजना गरिएको संयोजक चेम्जोङ्ले बताए । कार्यक्रमलाई सेवारो युट्युव च्यानलबाट प्रशारण गरिएको थियो ।

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...