झिलझिलेमा निर्मित वाटर किंगडम पार्क एण्ड रिसोर्ट संचालनमा आयो

 लिम्बुवान न्युज
                       

शिवसताक्षी। झापाको शिवसताक्षी ८ को झिलझिलेमा अत्याधुनिक सुुविधा सम्पन्न वाटर किंगडम पार्क एण्ड रिसोर्ट सञ्चालनमा आएको छ ।

शनिबार पत्रकार भेटघाट कार्यक्रममा बौल्दै संचालक राजकुमार संग्रौलाले सो पार्क पूर्ण रुपमा सञ्चालन ल्याइएको जानकारी गराएका हुन् ।

झापामा नौलो पर्यटकिय स्थलको रुपमा संचालनमा ल्याईएको पार्कमा चिप्लिने पौडीस्थल ४, तरंगीत १, छाल आउने १, बच्चाहरुको १ वटा गरि ७ वटा पौडी स्थलहरु रहेको छ ।

आगन्तुक पर्यटकलाई सुविधाका लागि कम्पनीले खाजा घर, बालबालिकाको लागि पार्क (बगैचा) तारबाट खेलीने जीप लाईन, सुपरम्यान जीप, साईकिलिङ जीपको सुविधा पनि उपलब्ध गराएको छ । पार्कलाई शुन्दरता प्रदान गर्न मौलिक संस्कृति झल्कने आकृति र ४५ मिटर लामो सुरुङ मार्ग पनि बनाईएको छ ।

२ विगाहा ५ कठ्ठा क्षेत्रफलमा फैलिएको वाटर किङ्गडम पार्क एण्ड रिसोर्ट, ४२ करोड लगानीमा संचालमा ल्याईएको प्रा.लि.का अध्यक्ष मेनुकादेवी सिटौलाले बताईन् ।

रिसोर्टमा १६ वटा सुविधा सम्पन्न भिआईपि गेष्ट रुम, सेमिनार हल र पार्टी हल रहेको कार्यकारी व्यवस्थापक सौजनराज संग्रौलाले जानकारी दिए ।

आन्तरिक तथा बाह्य पर्यटकका लागि सुविधासम्पन्न २८ वटा कोठाको दुई वटा लज निर्माण भएको छ । पार्कमा हाल ७५ जना कर्मचारी रहेको कार्यकारी सचिव गणेश घिमिरेले बताए ।

पार्कमा आउने पर्यटकका लागि पूर्वका पर्यटकीयस्थल इलाम, झापा, धनकुटा, ताप्लेजुङ, पाँचथर, सुनसरी लगायतका स्थानहरुमा प्याकेजमा भ्रमण गराउने कार्यकारी सदस्य विनोद सापकोटाले जानकारी दिए । उनले भने पर्यटकले सस्तोमा पूर्वका पर्यटकीय स्थलहरूमा पुगेर मनोरञ्जन लिन सक्ने छन् ।

कार्यक्रममा शिवसताक्षि नगरपालिका ८ का अध्यक्ष केहरसिंह बस्नेत, उद्योग बाणिज्य संघ शिवसताक्षिका अध्यक्ष भोला मैनालीलगायतले शिवसताक्षीमा पूर्वको ठुलो पार्क संचालनमा आउदा सिंगो झापाकै पर्यटन विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

(तस्वीरः हरप्रहर मिडिया)

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...