संघीय सह अस्तित्ववाद नै नेपालको प्रगति गर्न सक्ने दर्शन हो – लिङ्देन्

 लिम्बुवान न्युज
                       

तेह्रथुम,छथर। नेपाल जस्तो बहुजाति, बहुभाषी समुदाय रहेको देशले प्रगति गर्नको लागि संघीय सह–अस्तित्ववादी दर्शन अंगाल्न सक्नुपर्ने कुरा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालका केन्द्रिय अध्यक्ष कुमार लिङ्देन मिराकले बताएका छन् । तेह्रथुमको शुक्रबारे बजारमा आयोजित छथर गाउँपालिका स्तरिय लिम्बुवानी आमसभालाई सम्बोधन गर्दै यस्तो बताएका हुन ।

कार्यक्रमलाई सम्बोधन माक्स र लेनिनको फोटो बेचेर नेपालका कम्युनिष्टहरुले राजनीति गर्दै आए जनता सचेत र अधिकार सम्पन्न हुन्छन् भनेर काग्रेस कम्युनिष्टले संघीयताको शिक्षा लुकाएका छन्” सभाका प्रमुख अतिथि समेत रहेका लिङदेनले आरोप लगाए ।

क्रममा मञ्चका उपाध्यक्ष तथा प्रदेश सदस्य विष्णु तुम्बाहाङफे, संघीय अर्थ सचिव विष्णु यक्सो, उपमहासचिव चन्द्रसिंह नेम्बाङ, सचिव राजु राई, सचिवालय सदस्य सजन याक्खा, शंकरमान लिम्बु, चन्द्र कन्दङ्वा, सुर्य लिम्बु लगायतका केन्द्रीय तथा जिल्ला नेताहरुले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

कार्यक्रममा विभिन्न नारा सहित च्याब्रुङ नाच प्रदर्शन गर्दै बजार परिक्रमा गरिएको थियो । छथर कमिटिका अध्यक्ष सुक बहादुर साङ्वाको अध्यक्षतामा सम्पन्न भएको उक्त सभाको संचालन केन्द्रीय सदस्य दिल पाक्सावाले गरेका थिए ।

त्यसैगरी आइतबार तेह्रथुमको म्याङ्लुङमा अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रम भएको छ । मञ्चका केन्द्रीय सदस्य दिल पाक्सावाका अनुसार म्याङलुङका स्थानीय नेताहरुसँग पार्टीको राजनीतिक एजेण्डा पुस्तिकालाई कसरी जनताको घरदैलोसम्म पु¥याउन सकिन्छ भन्ने बिषयमा अन्तरक्रिया भएको छ ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...