दमकको शिखज्योति स्कूलमा स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम

,   लिम्बुवान न्युज
                       

दमक । झापाको दमक ८ स्थित शिखरज्योति इङलिस बोर्डिङ स्कूलले स्वास्थ्य सम्बन्धी सचेतना कार्यक्रम आयोजना गरेको छ । विद्यार्थी तथा अभिभावकहरुको उपस्थितिमा स्वास्थ्य सम्बन्धी विभिन्न किसिमका सचेतना कार्यक्रम गर्दै आएको स्कुलले यस पटक पानी सम्बन्धी कार्यक्रम सम्पन्न गरेको हो ।

बढ्दो शहरीकरणसँगै शुद्ध पिउने पानीको अभाव बढिरहेको समयमा विद्यालयले मानव जीवनमा पानीको महत्व र शुद्ध पानी कसरी पिउन सकिन्छ भन्ने कुरालाई जोडन यस्तो कार्यक्रम गरेको जनाएको छ ।

सामान्य पानी भन्दा आयोनाइज्ड अल्काइन पानीले शरीरमा भएका विभिन्न रोगलाई समेत हटाउन सक्ने दावी गर्दै आएको पानी प्रयोग सवैले प्रयोग गर्न गराउनका लागि कार्याक्रम गरिएको स्कूलकी फाउण्डर मनु पन्दाकले बताइन ।कार्याक्रममा आयोनाइज्ड अल्कालाइन पानीको प्रयोगसम्बन्धी जानकारी दिन आइ केयरका फाउण्डर पासाङ लामा, भिमध्वोज लामा सहितको प्रदर्शनीका प्राविधिकको टोली काठमाण्डौंबाट आएका छन् । आयोनाइज्ड अल्कालाइन पानीबारे झापामा यो पहिलो पटक चर्चा र प्रदर्शनी गरिएको कार्यक्रमका सहजकर्ता प्रेमदिप थाम्सुहाङ्गले बताए ।

विद्यालयको प्राङ्गणमा भएको कार्यक्रममा जापानिज टेक्नोलोजिबाट बनेको पानि शुद्ध पार्ने मेसिन प्यरप्रोबाट शुद्धिकरण गरिएको अल्कालाइन पानिको प्रदर्शनी गरिनुका साथै सामान्य पानि र अल्कालाइन पानिको भिन्नताबारे प्रत्यक्ष प्रदर्शन समेत गरिएको थियो ।

विद्यालयको डाइरेक्टर मनुु पन्धाकको अध्यक्षतामा तथा आइकेयर मार्टका फाउण्डर पासाङ लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा स्थानीय समाजसेवी, अभिभावक र विद्यार्थी लगायत मार्टका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

(तस्वीरः सुसन राइ)

 

सम्बन्धित समाचार

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा कार्यक्रममा दुई पत्रकार सम्मानित ।

धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...

;