उदयपुरमा संघीय मञ्चको अन्तरक्रिया

 लिम्बुवान न्युज
                       

उदयपुर। उदयपुरको बेलका ६ बरबोट्टेमा सघिय लोकतान्त्रिक राष्ट्रिय मन्चले अन्तरक्रिया तथा राजनैतिक भेटघाट कार्यक्रम गरेको छ ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन सहितको मेचीकाली अभियानका नेताहरुको उपस्थितिमा कार्यक्रम आयोजना भएको हो । कार्यक्रमको सहजीकरण लिम्बुवान प्रान्तीय मञ्चका सचिव राजु राईले उक्त कार्यक्रम सहजीकरण गरेका थिए ।

खम्बुवान/किरात मञ्चलाई कसरी क्रियाशिल बनाउने भन्ने बिषयमा छलफल गरिएको उक्त कार्यक्रममा पार्टीले प्रकाशन गरेको राजनीतिक एजेण्डा पुस्तिका पनि उपस्थित सहभागीहरुलाई बाढिएको थियो । खम्बुवानमा मञ्चमा आकर्षित भईरहेको नेता राईले बताएका छन् । कार्यक्रम त्यस क्षेत्रका समाजसेवी दिल कुमार राईको सभाध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

मौसमी फियाकले नानीसँगै दिइन् लिम्बू भाषाको परीक्षा

दमक, १७ जेठ । लिम्बू भाषा उच्च माध्यमिक शिक्षा परीक्षा बोर्ड फाल्गुनन्द गाउँपालिका वडा नंÞ २ याम्बोङ् पान्थरले शैक्षिक सत्र २०८२ मा सञ्चालन गरेको लिम्बू भाषा कक्षा १२ को परीक्षा जेठ १६ गते शनिवार सम्पन्न...

छैटौं नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आजबाट तीनदिन हुने

ललितपुर, १७ जेठ । आजदेखि तीनदिन छैटौँ नेपाल आदिवासी जनजाति चलचित्र महोत्सव आयोजना हुँदैछ । काठमाडौँ, चावहिलस्थित चलचित्र विकास बोर्डको सभाहलमा नेपालकै सबैभन्दा ठूलो तथा ऐतिहासिक महोत्सव हुन लागेको हो । यस महोत्सवमा नेपालका विभिन्न...

गजरमुखीमा केःलाङ (च्याब्रुङ) महोत्सव सम्पन्न

दमक, १७ जेठ । लिम्बू याक्थुङ जातिको मौलिक सांस्कृतिक पहिचान बोकेको के अर्थात च्याब्रुङको संरक्षण, प्रवद्र्धन गर्दै अबको नव युवाहरुमा पुस्तान्तरण गर्ने उद्देश्यले इलामको माङसेबुङ गाउँपालिकामा च्याब्रुङ महोत्सव (केःलाङ् प्रदर्शन) को आयोजना भएको छ ।...

पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगिताको उपाधि भद्रपुर प्रेस क्लवलाई

दमक, १६ जेठ । नेपाल पत्रकार महासंघ झापा शाखाको आयोजनामा सम्पन्न पत्रकारिता विषयक हाजिरीजवाफ प्रतियोगितामा भद्रपुर प्रेस क्लब प्रथम स्थान हासिल गर्न सफल भएको छ । दमक नगरपालिका ८ स्थित कस्मिक पार्टी प्यालेसमा आयोजित प्रतियोगितामा...