निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढ्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजबाट लागू हुनेगरी पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए ।

पेट्रोलिय पदार्थको मुल्य निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो । यस्तो अवस्थामा पनि निगमलाई अर्धमासिक रुपमा करिब १ अर्ब २७ करोड ७० लाख घाट रहने जनाएको छ । पछिल्लो महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;