निगमले पेट्रोलियम पदार्थको मुल्य पुनः बढ्यो

 लिम्बुवान न्युज
                       

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले आजबाट लागू हुनेगरी पेट्राल, डिजल र मट्टीतेलको मूल्य २/२ रुपैयाँका दरले बढाएको प्रवक्ता विनितमणि उपाध्यायले उज्यालोलाई जानकारी दिए ।

पेट्रोलिय पदार्थको मुल्य निरन्तर उकालो लाग्ने क्रममा रहेको छ । अब पेट्रोलको मूल्य प्रतिलिटर एक सय १८ रुपैयाँ पुगेको छ भने डिजल र मट्टीतेलको मूल्य एक सय एक रुपैयाँ पुगेको छ ।

यस्तै आन्तरिक हवाई इन्धनको मूल्य पनि प्रतिलिटर दुई रुपैयाँले बढेको निगमले जनाएको छ । निगमले यसअघि फागुन ११ गते मूल्य बढाएको थियो । यस्तो अवस्थामा पनि निगमलाई अर्धमासिक रुपमा करिब १ अर्ब २७ करोड ७० लाख घाट रहने जनाएको छ । पछिल्लो महिनामा सरकारले पटक–पटक पेट्रोलियम पदार्थको मूल्य वृद्धि गर्दै आएको छ ।

 

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...