दमकको मानसरोवर सहकारीमा इजरायली राजदुत

 लिम्बुवान न्युज
                       

दमक। नेपालका लागि इजरायलका राजदुत हानान गोडरले कृषि सौखका लागि नभई कृषि व्यवसाय, व्यापार र जीवन जिउने बाटो भएको बताएका छन् ।

झापाको दमक ३ मा सञ्चालित मान सरोवर कृषि सहकारीले गरेको कृषि फार्मको आज यहाँ अवलोकन गर्दे राजदुत गोडरले कृषि क्षेत्रवाट देशलाई आर्थिक रुपान्तरण गर्न प्रशस्त संभावना भएको र त्यसमा जोड दिनुपर्ने उल्लेख गरे ।

सहकारी संस्थाले आधुनिक तवरबाट खेती गरेको भन्दै प्रशंसा गर्दे उनले भने ,–‘इजरायलमा ७० बर्ष अघिसम्म खाद्यान्नको अभाव रहेको र हाल आएर निर्यात समेत गर्न सक्ने भएको छ ।’

त्यसक्रममा राजदुत गोडरले कृषि खेतीका बारेमा सहकारी संस्थाका सञ्चालकहरुसंग अन्तरकृया समेत गरेका सहकारीका व्यवस्थापक महेन्द्र अधिकारीले वताए । सो सहकारीले नेपाल सरकारको अनुदानबाट अर्गानिक कृषि उत्पादन र वजारीकरण गरिआएको छ ।

अवलोकन भ्रमणमा दमक नगरपालिकाका प्रमुख रोमनाथ ओली, प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यान्वयन इकाई झापाका प्रमुख रविन्द्र सुवेदी, कृषि ज्ञान केन्द्र झापाका प्रमुख निलकमल सिंह लगायतले कृषिको आधुनिकरणमा अर्गानिक उत्पादनको आवश्यकता भएकाले सवैले यसमा जोड दिनसके कृषि क्षेत्रमा रोजगारीको अवस्था वन्दै जाने उल्लेख गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...