जसपाद्वारा निर्वाचित ३ वडाध्यक्ष र १ कार्यपालिका सदस्यलाई कारवाहीको सिफारिस

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, चैत्र ४। जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टीबाट निर्वाचित तीनजना वडा अध्यक्ष र एकजना नगर कार्यपालिका सदस्यलाई कारबाही गरेको छ ।

पार्टीले वडा ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान, वडा ६ का अध्यक्ष नैमूल हक मुसलमान, वडा ११ का अध्यक्ष अकरामुद्दिन मुसलमान र कार्यपालिका सदस्य अलरख मोहम्मद धुनियाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरेको हो ।

चारै जनालाई पार्टीबाट निश्कासनको कारवाही गर्न जिल्ला समितिले पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको पार्टीका रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानूनी व्यवस्था छ ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला अध्यक्ष रामअवतार यादवले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यपालिकामा मेयर, उपमेयरसहित जसपाको वहुमत छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...