जसपाद्वारा निर्वाचित ३ वडाध्यक्ष र १ कार्यपालिका सदस्यलाई कारवाहीको सिफारिस

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, चैत्र ४। जनता समाजवादी पार्टी (जसपा)रुपन्देहीले लुम्बिनी सांस्कृतिक नगरपालिकामा पार्टीबाट निर्वाचित तीनजना वडा अध्यक्ष र एकजना नगर कार्यपालिका सदस्यलाई कारबाही गरेको छ ।

पार्टीले वडा ३ का अध्यक्ष अकरामुद्दिन नाउ मुसलमान, वडा ६ का अध्यक्ष नैमूल हक मुसलमान, वडा ११ का अध्यक्ष अकरामुद्दिन मुसलमान र कार्यपालिका सदस्य अलरख मोहम्मद धुनियाँलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही सिफारिस गरेको हो ।

चारै जनालाई पार्टीबाट निश्कासनको कारवाही गर्न जिल्ला समितिले पार्टीको प्रदेश समितिलाई सिफारिस गरेको पार्टीका रुपन्देही इन्चार्ज देबेन्द्र पाण्डे सागरले जानकारी दिए ।

जिल्लाको सिफारिस प्रदेश समितिमार्फत केन्द्रमा पुगेपछि निर्वाचन आयोगलाई जानकारी गराइने र आयोगले उनीहरुको पद खारेज गर्ने कानूनी व्यवस्था छ ।

पार्टी विरोधी गतिविधि गरेपछि पटक–पटक लिखित स्पष्टिकरण लिइएको तर पार्टी विरोधी गतिविधि नरोकिएपछि विधि प्रक्रिया पूरा गरेर पार्टीबाट निश्कासनको निर्णय गरिएको जिल्ला अध्यक्ष रामअवतार यादवले बताए । लुम्बिनी सांस्कृतिक नगरपालिकाको कार्यपालिकामा मेयर, उपमेयरसहित जसपाको वहुमत छ ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...