आज मनिल स्मृति दिवश विविध कार्यक्रम गरि मनाईदै

 लिम्बुवान न्युज
                       

दमक। वि.सं. २०६५ चैत्र ६ गतेका दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव प्रणाली समानुपातिक प्रणालीबाट गरिनु पर्छ भन्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनको आन्दोलनका क्रममा झापाको धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि शहीद हुनु भएका मनिल तामाङको आज १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाउने मञ्चले जनाएको छ ।

मञ्चका भातृ संगठन विद्यार्थी युनियनले लिम्बुवानका सबै जिल्लामा र स्थानीय तहमा समेत कार्यक्रम गर्ने जनाएको छ । त्यसैगरी प्रवासमा रहेको मञ्चको प्रवास समितिहरुले पनि विद्यार्थी राष्ट्रिय शहिद तामाङकाे सम्झनामा विविध अन्तरक्रियात्मक कार्यक्र गरिने अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक यूके प्रवासका प्रमुख सल्लाहकार चन्द्र कुमार लिङ्देनले बताएका छन् ।

यसैगरी आज शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ स्मृति प्रतिष्ठानले शहिद तामाङकाे समाधी रहेको पृथ्वीनगर झापामा श्रद्धाञ्जली कार्यक्रम गर्ने बताएको छ । प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले शहिद तामाङ्को १३औं स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष गर्दै आईरहेको उक्त कार्यक्रम यो बर्ष पनि गर्ने बताएका हुन् । त्यसैगरी शहिद तामाङ्को शालिक बनाउने तयारी समेत भईरहेको उनले बताए । सो बारे धुलाबारी क्याम्पससँग छलफल भईरहेको समेत उनले बताए ।

सम्बन्धित समाचार

प्रदेश १ को नाम “किरात, लिम्बुवान” राख्न माग

दमक/ किरात याक्थुङ चुम्लुङले कोशी प्रदेशको नाम खारेज गरेर ‘लिम्बुवान, किरात’ नामाकरण गर्न माग  गरेको छ । चुम्लुङको १२ औँ राष्ट्रिय महाधिवेशन सम्पन्न पश्चात सोबार भद्रपुरमा भएको पत्रकार सम्मेलनमा  याक्थुङ(लिम्बु) र राईहरूको मुख्य थातथलो रहेको १४...

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...