आज मनिल स्मृति दिवश विविध कार्यक्रम गरि मनाईदै

 लिम्बुवान न्युज
                       

दमक। वि.सं. २०६५ चैत्र ६ गतेका दिन स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू)को चुनाव प्रणाली समानुपातिक प्रणालीबाट गरिनु पर्छ भन्ने संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध विद्यार्थी संगठन संघीय विद्यार्थी युनियनको आन्दोलनका क्रममा झापाको धुलाबारी क्याम्पसमा प्रहरीको गोली लागि शहीद हुनु भएका मनिल तामाङको आज १३औं स्मृति दिवस विविध कार्यक्रम गरि मनाउने मञ्चले जनाएको छ ।

मञ्चका भातृ संगठन विद्यार्थी युनियनले लिम्बुवानका सबै जिल्लामा र स्थानीय तहमा समेत कार्यक्रम गर्ने जनाएको छ । त्यसैगरी प्रवासमा रहेको मञ्चको प्रवास समितिहरुले पनि विद्यार्थी राष्ट्रिय शहिद तामाङकाे सम्झनामा विविध अन्तरक्रियात्मक कार्यक्र गरिने अन्तराष्ट्रिय समन्वय मञ्चका संयोजक यूके प्रवासका प्रमुख सल्लाहकार चन्द्र कुमार लिङ्देनले बताएका छन् ।

यसैगरी आज शहिद राजकुमार आङदेम्बे माङतोक–मनिल तामाङ स्मृति प्रतिष्ठानले शहिद तामाङकाे समाधी रहेको पृथ्वीनगर झापामा श्रद्धाञ्जली कार्यक्रम गर्ने बताएको छ । प्रतिष्ठानका महासचिव दिल कुमार लावतीले शहिद तामाङ्को १३औं स्मृति दिवसको अवसरमा प्रत्येक बर्ष गर्दै आईरहेको उक्त कार्यक्रम यो बर्ष पनि गर्ने बताएका हुन् । त्यसैगरी शहिद तामाङ्को शालिक बनाउने तयारी समेत भईरहेको उनले बताए । सो बारे धुलाबारी क्याम्पससँग छलफल भईरहेको समेत उनले बताए ।

सम्बन्धित समाचार

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...