चुलाचुलीमा कियाचूको एक दिवसीय संगठन सुदृढीकरण कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक/ इलामको चुलाचुलीमा लिम्बूवान स्वायत्तता हाम्रो प्रतिबद्धता “किराँत याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुली”ले बिहीबार एक दिवसीय संगठन सुदृढीकरण तथा राष्ट्रिय जनगणना २०७८ विषयकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“मजबुत विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि जनगणनामा सबै सहभागी बनौं” अभियान चुलाचुली २ को वडा कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेलाको प्रमुख आतिथ्यतामा भएको हो ।

बिशिष्ट अतिथिमा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष याम योङहाङ, सचिवालय सदस्य बिन्दु आङबोहाङ, युवा नेता राजेन्द्र केरुङ र उक्त वडाका वडा अध्यक्ष रण बहादुर लिम्बू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

संगिता तुम्बापोले संचालन गरेको कार्यक्रम किरात याक्थुङ चुम्लुङ केन्द्र र किरात याक्थुङ चुम्लुङ, जिल्ला शाखा इलामको सहजिकरण रहेको थियो । किरात याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुलीका अध्यक्ष सागर जवेगुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

(तस्वीरः चेतन आङ्थुपाे)

सम्बन्धित समाचार

मुक्कुमलुङ परिसरमा वृक्षारोपण – एक सत्याग्रह

पूर्वी नेपालको ताप्लेजुङ जिल्ला स्थित मुक्कुमलुङ क्षेत्र, जसलाई किरात मुन्धुमी परम्परामा अत्यन्त पवित्र स्थल मानिन्छ, अहिले केवलकार निर्माणको नाममा बन फडानीको चपेटामा परेको छ। यही विरुद्धमा, असार १ गते, हजारौँ नागरिकले सामूहिक वृक्षारोपण कार्यक्रमको आयोजना...

दमकको मदनडाँगी–ताराबारी–डिपु सडकको उद्घाटन

दमक, २९ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमकस्थित मदनडाँगी–ताराबारी–डिपु सडक स्तरोन्नति आयोजनाको उद्घाटन गरेका छन् । आइतबार (आज) एक कार्यक्रमका बीच प्रम ओलीले विश्व बैंकको सहयोग एंव नेपाल शहरी शासकीय तथा पूर्वाधार आयोजनाको...

हस्ताक्षर संकलनमा प्रहरीकाे हस्तक्षेप

दमक, २९ असार । झापाकोे दमकमा प्रधानमन्त्री केपी ओली आएको वेलामा राष्ट्रिय स्वतन्त्र पार्टीले हस्ताक्षर संकलन गरेको भन्दै प्रहरीले हस्तक्षेप गरेको छ । दमकस्थित क्याम्पस माेडमा हस्ताक्षर संकलन गरिरहेका रास्वपाका कार्यकर्तालाई प्रहरीले हस्तक्षेप गरेको हो...

ज्ञानेन्द्र कुरुम्बाङ किरात माङ्सेसे हाङ्साम माङहिमकाे अध्यक्षमा निर्वाचित

ललितपुर, उपत्यका ब्यूराे ।  ललितपुरकाे महालक्ष्मी नगरपालिकास्थित किरात माङ्सेसे हाङ्साम माङहिम सञ्चालक समितिको चौथो अधिवेशन  सम्पन्न भएकाे छ । शंखदेवी लुभुमा अवस्थित माङहिमकाे अध्यक्षमा ज्ञानेन्द्र कुरुम्बाङ निर्वाचित भएका छन् भने  १३ सदस्यीय समिति निर्वाचित  भएका...