चुलाचुलीमा कियाचूको एक दिवसीय संगठन सुदृढीकरण कार्यक्रम

 लिम्बुवान न्युज
                       

दमक/ इलामको चुलाचुलीमा लिम्बूवान स्वायत्तता हाम्रो प्रतिबद्धता “किराँत याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुली”ले बिहीबार एक दिवसीय संगठन सुदृढीकरण तथा राष्ट्रिय जनगणना २०७८ विषयकमाथि अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।

“मजबुत विश्वसनीय लिम्बू जनसंख्या निर्माणको लागि जनगणनामा सबै सहभागी बनौं” अभियान चुलाचुली २ को वडा कार्यालयको सभाहलमा आयोजना गरिएको कार्यक्रममा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष डा. कमल तिगेलाको प्रमुख आतिथ्यतामा भएको हो ।

बिशिष्ट अतिथिमा किरात याक्थुङ चुम्लुङका केन्द्रिय उपाध्यक्ष याम योङहाङ, सचिवालय सदस्य बिन्दु आङबोहाङ, युवा नेता राजेन्द्र केरुङ र उक्त वडाका वडा अध्यक्ष रण बहादुर लिम्बू लगायतको कार्यक्रममा उपस्थिति रहेको थियो ।

संगिता तुम्बापोले संचालन गरेको कार्यक्रम किरात याक्थुङ चुम्लुङ केन्द्र र किरात याक्थुङ चुम्लुङ, जिल्ला शाखा इलामको सहजिकरण रहेको थियो । किरात याक्थुङ चुम्लुङ गाउँ शाखा, चुलाचुलीका अध्यक्ष सागर जवेगुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

(तस्वीरः चेतन आङ्थुपाे)

सम्बन्धित समाचार

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

मिक्लाजुङका विद्यालयमा १ करोड ५६ लाखको ICT सामग्री

मधुमल्ला, मोरङ । मिक्लाजुङ गाउँपालिकाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउने अभियानअन्तर्गत ३५ विद्यालयलाई करिब १ करोड ५६ लाख रुपैयाँ बराबरको ICT सामग्री हस्तान्तरण गरेको छ। विद्यालयलाई इन्टरेक्टिभ बोर्ड, कम्प्युटर, ल्यापटप, प्रोजेक्टरलगायतका सामग्री प्रदान गरिएको हो। गाउँपालिकाले...

उपत्यकामा याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण कार्यक्रम सम्पन्न

ललितपुर, उपत्यका व्यूराे। याक्थुङ चलचित्रकर्मी अभिमुखीकरण तथा सिरिजङ्गा लिपि लेखन प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा;ताम्सालिङ प्रदेश कार्यसमितिको आयोजनामा बिहीबार ललितपुरस्थित चुम्लुङहिममा कार्यक्रम सम्पन्न भएको हो । याक्थुङ मुन्चइत चोक...

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...