देशराजले ल्याए ‘सुर्यको पहिलो किरणसँगै’ भिडियाे सहित

 लिम्बुवान न्युज
                       

दमक। संचारकर्मी देशराज नेम्बाङ्को निर्देशनमा ‘सुर्यको पहिलो किरणसँगै’ भिडियो सार्वजनिक गरेको छ । समदर्शी सञ्चार प्रालिले सो भिडियो निर्माण गरेको हो ।

मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण सँगै’ को म्यूजिक भिडियो प्रालिले आफ्नै यूट्यव च्यानलबाट सार्वजनिक गरेको हो ।

सुरज लिम्बुको सह–निर्देशन रहेको सो म्युजिक भिडियोमा सुरज लिम्बु र सुुमीजंग रानाको मुख्य भुमिका रहेको छ । अतिथि कलाकारको रुपमा रोशन शंकरको अभिनय हेर्न सकिनेछ ।

म्यूजिक भिडियोमा आफुले मनैदेखि मन पराएको व्यक्तिलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको छ । कलेज लाईफमा केटाको सौंख लेखक बन्ने हुन्छ । केटी रोमान्टिक हुन्छे । केटाको कुरा केटीले खासे गहिरो रुपमा लिएको हुँदिनन् । जब केटा केटीको नजिक हुन खोज्छ । आफ्नो मनको कुरा व्यक्त गर्न खोज्छ तर केटीले अर्कै संसार रोजी सकेको हुन्छे । यसरी मनभित्रको माया एउटा सम्झनाको रुपमा सिमित हुन्छ ।

चुलाचली इलाममा रहेको झण्डी डाँडालगायत झापा दमकको सेरोफेरोमा छायाँकन गरिएको सो भिडियो अरुण राई, सन्देश राई र अन्जान गिरीको छायाँकनमा बनेको छ ।

(भिडियाे तल हेर्न सक्नुेहुनेछ)

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;