दमक।संचारकर्मी देशराज नेम्बाङ्को निर्देशनमा ‘सुर्यको पहिलो किरणसँगै’ भिडियो सार्वजनिक गरेको छ । समदर्शी सञ्चार प्रालिले सो भिडियो निर्माण गरेको हो ।
मञ्जील बस्नेतको शब्द संगीत तथा अजय लिम्बू स्वरमा रहेको गीत ‘सुर्यको पहिलो किरण सँगै’ को म्यूजिक भिडियो प्रालिले आफ्नै यूट्यव च्यानलबाट सार्वजनिक गरेको हो ।
सुरज लिम्बुको सह–निर्देशन रहेको सो म्युजिक भिडियोमा सुरज लिम्बु र सुुमीजंग रानाको मुख्य भुमिका रहेको छ । अतिथि कलाकारको रुपमा रोशन शंकरको अभिनय हेर्न सकिनेछ ।
म्यूजिक भिडियोमा आफुले मनैदेखि मन पराएको व्यक्तिलाई मनको कुरा व्यक्त गर्न नसक्दाको पीडा उजागर गरिएको छ । कलेज लाईफमा केटाको सौंख लेखक बन्ने हुन्छ । केटी रोमान्टिक हुन्छे । केटाको कुरा केटीले खासे गहिरो रुपमा लिएको हुँदिनन् । जब केटा केटीको नजिक हुन खोज्छ । आफ्नो मनको कुरा व्यक्त गर्न खोज्छ तर केटीले अर्कै संसार रोजी सकेको हुन्छे । यसरी मनभित्रको माया एउटा सम्झनाको रुपमा सिमित हुन्छ ।
चुलाचली इलाममा रहेको झण्डी डाँडालगायत झापा दमकको सेरोफेरोमा छायाँकन गरिएको सो भिडियो अरुण राई, सन्देश राई र अन्जान गिरीको छायाँकनमा बनेको छ ।
विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...
दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...
दमक, २१ असोज । प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...
धनकुटा, १९ असोज । फोनिज प्रदेसको ८ औं बार्षिक साधारण सभा तथा १७ औं स्थापना दिवस भेडेटारको सगुरगढीमा सम्पन्न । सागुरगढी गाउँपालिकाका अध्यक्ष जितेन्द्र रुम्देली राईको प्रमुख आथित्यता र फोनिज प्रदेस न. १ का अध्यक्ष...