दमकमा शेयर कारोवार सम्बन्धी ३ दिने तालिम शुरु

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले शेयर कारोबार सम्बन्धी तीन दिने आधारभूत तथा प्राविधिक विश्लेषण तालिम शुरु गरेको छ । स्थानीय थ्रीइन्क होटलमा शुक्रबारदेखि शुरु भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा शेयर संसारका प्रशिक्षक सगुन शाक्य र सन्दिप राना सहजकर्ता रहेका छन् । प्रदेश नं. १ का सभा सदस्य तथा सुसाशन, योजना आयोगका सभापति अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको तालिममा शेयर कारोवार विषयमा दमकमा रहेका स्थानीयहरुलाई प्रशिक्षण दिनलाई सो तालिम शुरु गरिएको दमक जेसीजका महासचिव निरोज आचार्यले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता दमक जेसीजका निवर्तमान अध्यक्ष कमल कटुवालले गरेका थिए भने उद्घाटन कार्यक्रमको संचालन महासचिव आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

मुक्कुमलुङमा केवलकार निर्माण खारेजिको माग गर्दै फुङ्लिङमा जनप्रदर्शन र घाइतेहरुलाई सम्मान

ललितपुर, १६ माघ । लिम्बुहरुको मुन्धुमिस्थल मुक्जुमलुङमा बन्न लागेको पाथीभरा केबलकार निर्माण खारेजीको माग गर्दै शुक्रबार ताप्लेजुङ सदरमुकाम फुङलिङमा प्रदर्शन गरिएको छ । केबलकार खारेजी संयुक्त संघर्ष समितिको नेतृत्वमा र्‍यालीसहित नगर परिक्रमा गरी तोक्मेडाँडामा कोणसभा गरिएको हो...

सातौं नेपाल सांस्कृतिक अन्तराष्ट्रिय चलचित्र महोत्सव हुँदै

ललितपुर, माघ १४ । नेपाल संस्कृति तथा चलचित्र केन्द्रको आयोजनामा ‘ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल (NCIFF) को सातौँ संस्करण आयोजना हुने भएको छ । माघ १६ गतेदेखि १८ गतेसम्म चाबहिलको चलचित्र विकास बोर्ड, भृकुटीमण्डपस्थित...

मुक्कुमलुङमा नो केवलकार पक्षधरकाे नाैं जिल्लामा कोणसभा

  दमक, १२ माघ । ताप्लेजुङस्थित किरात याक्थुङ जातीहरुको मुन्धुमी स्थल मुक्कुमलुङ्मा निर्माणाधिन केवलकार विरुद्धको आन्दोलन पुनः शुरु भएको छ । सोमबार एकैदिने पूर्व लिम्बुवानको नौ वटै जिल्लाहरुको विभिन्न शहरहरुमा कोणसभा गर्दै मुक्कुमलुङ संरक्षण संयुक्त...

माघ २५ देखि ‘पवित्रहाङमा कप’ हुने

दमक, ११ माघ । किरात धर्म गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनज्यूको ७०औं जन्मोत्सवको अवसरमा आयोजित अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिता ‘१६औं पवित्रहाङमा गोल्ड कप २०८२’ आउदो माघ २५ गतेदेखि फागुन ३ गतेसम्म संचालन हुने भएको...