दमकमा शेयर कारोवार सम्बन्धी ३ दिने तालिम शुरु

 लिम्बुवान न्युज
                       

दमक। दमक जेसीजले शेयर कारोबार सम्बन्धी तीन दिने आधारभूत तथा प्राविधिक विश्लेषण तालिम शुरु गरेको छ । स्थानीय थ्रीइन्क होटलमा शुक्रबारदेखि शुरु भएको तालिममा ३५ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको छ ।

तालिममा शेयर संसारका प्रशिक्षक सगुन शाक्य र सन्दिप राना सहजकर्ता रहेका छन् । प्रदेश नं. १ का सभा सदस्य तथा सुसाशन, योजना आयोगका सभापति अर्जुन राईको प्रमुख आतिथ्यतामा भएको तालिममा शेयर कारोवार विषयमा दमकमा रहेका स्थानीयहरुलाई प्रशिक्षण दिनलाई सो तालिम शुरु गरिएको दमक जेसीजका महासचिव निरोज आचार्यले जानकारी दिए ।

तालिम उद्घाटन कार्यक्रमको अध्यक्षता दमक जेसीजका निवर्तमान अध्यक्ष कमल कटुवालले गरेका थिए भने उद्घाटन कार्यक्रमको संचालन महासचिव आचार्यले गरेका थिए ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...