पान्थरमा तीन पेशागत पत्रकार संगठनको सहकार्य

 लिम्बुवान न्युज
                       

फिदिम। आउँदाे चैत्र २५ गते हुन लागेको नेपाल पत्रकार महासंघ पान्थरकाे अधिवेशनमा पान्थर जिल्लाका ३ पेशागत पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने भएका छन् । शुक्रबार बसेको ३ पत्रकार संगठनहरुले एकताबद्ध भई सहकार्य गर्ने निर्णय गरेका हुन ।

नेपाल प्रेस युनियन पाँचथरको कार्यालयमा बसेको बैठकले नेपाल प्रेस युनियन, संघीय पत्रकार मञ्च र प्रेस मञ्च नेपालले पत्रकार महासंघको अधिवेशनमा एकताबद्ध भई सहकार्य गर्ने निर्णय गरेका हुन । साथै बैठकले महासंघको अधिवेशनमा अन्य पेशागत पत्रकार संगठनहरुलाई एकतावद्ध हुन आब्हान गरेको छ ।

बैठकपछि संयुक्त प्रेश विज्ञप्ती जारि गर्दै अन्य संगठनहरुलाई एकतावद्ध हुन आब्हान गरेको हो । संयुक्त प्रेश विज्ञप्तीमा नेपाल प्रेस युनियनको तर्फबाट नेपाल प्रेस युनियन पाँचथरका अध्यक्ष जितेन्द्र भण्डारी, संवाद तथा समन्वय समितिका संयोजक एकराज भण्डारी, संघीय पत्रकार मञ्च पाँचथरका सचिव उपेन्द्र येक्तेन र प्रेस मञ्च नेपालका प्रदेश १ का सदस्य युद्धबहादुर बोहोराको हस्ताक्षर रहेको छ । नेपाल पत्रकार महासंघको आगामि चैत्र २५ गते केन्द्रसँगै ७७ वटै जिल्लामा एकैदिन अधिवेशन हुने वताइएको छ ।

सम्बन्धित समाचार

राष्ट्रिय प्रतिष्ठानले निःशुल्क डिजिटल मिडिया तथा एआई तालिम संचालन गर्दै

ललितपुर, ८ भदाैं । आदिवासी जनजाति उत्थान राष्टिय प्रतिष्ठानले आदिवासी जनजाति समुदायलाई डिजिटल प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (Artificial Intelligence-AI) को ज्ञान, सीप र प्रविधिसँग जोड्ने उद्देश्यले निःशुल्क डिजिटल मिडिया र एआई एडभान्स तालिम सञ्चालन गर्ने...

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

;