लिवि मञ्चले मनायो २३औं स्थापना दिवस

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। लिम्बु विद्यार्थीको हकहितको निम्ति स्थापना गरिएको लिम्बु विद्यार्थी मञ्चले आफ्नो २३औं स्थापना दिवस विविध कार्यक्रम गरि मनाएको छ । शनिबार मञ्चको केन्द्रीय समितिले ललितपुर चुम्लुङ हिममा शुभकामना तथा सम्मान कार्यक्रम आयोजना गरेको छ ।

किरात याक्थुङ चुम्लुङका केन्द्रीय उपाध्यक्ष प्रेम येक्तेनको प्रमुख आतिथ्यता रहेको उक्त कार्यक्रममा लोकसागर साम्बा, यासेली योङहाङ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रममा सम्झना लिङ्देन, माङसेबुङ वडा नं. ५ का लिम्बु भाषाका दोभाषे सुनिल शेर्मा लगायतलाई सम्मान गरिएको थियो । लिवि मञ्चका अध्यक्ष दिपा लक्समको अध्यक्षता रहेको कार्यक्रमलाई महासचिव गुल्सन आङबुहाङले संचालन गरेका थिए ।

त्यसैगरी धरानको चुम्लुङ हिममा समेत कार्यक्रम भएको छ भने झापाको दमक, मोरङको पथरी, पान्थरको चुम्लुङहिम, इलाम, ताप्लेजुङ, तेह्रथुम लगायतका लिम्बुवानको सबै जिल्लाहरुमा २३औं स्थापना दिवसको अवसरमा लिम्बुवानमा लिम्बु विद्यार्थीहरुको भूमिका बारे अन्तरक्रियात्मक कार्यक्रम समेत भएको मञ्चका महासचिव गुल्सन आङबुहाङ्ले बताए ।

मञ्चको जिल्ला कार्य समिति सुनसरीलाई कार्यालय व्यवस्थापनको लागि कियाचु सुनसरीको भवनको एउटा कोठा उपलब्ध गराउने निर्णय समेत भएको छ । लिवि मञ्च सुनसरी समितिले अघिल्लो दिन विजयपुर दरबार परिसरमा सरसफाई गरि दिप प्रज्वलन समेत गरेको थियो ।
यसरी नै झापाको दमक बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा लोक सेवा तथा बैंकिङ सम्बन्धी अभिमुखिकरण सम्बन्धि तालिम विद्यार्थीहरुलाई प्रदान गरेको छ ।

लिम्बु विद्यार्थी मञ्चको स्थापना २०५५ साल चैत्र ६ गते स्थापना भएको हो ।

सम्बन्धित समाचार

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...

मुक्कुमलुङ संरक्षणका लागि दुईदिन वृक्षारोपण गरिने

दमक, २९ जेठ । लिम्बु जातीहरुको आस्थाको धरोहर मुक्कुमलुङ संरक्षणका लागि वृक्षारोपण श्रृंखला २ कार्यक्रम गरिने भएको छ । मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको संयुक्त आयोजनामा जेठ ३१ र असार...

डाक्टर सुजनालाई धिमाल युवा प्रतिभा पुरस्कार प्रदान गरिने

उर्लाबारी, २७ जेठ/ धिमाल जातीय विकास केन्द्र, केन्द्रीय समितिले हरेक वर्ष प्रदान गर्दै आएकाे धिमाल युवा प्रतिभा पुरस्कार डा. सुजना धिमाललाई प्रदान गरिने भएकाे छ । धिमाल युवा प्रतिभा पुरस्कार छनाैट समितिकाे धिमाल परियाेजना स्थल,...

मुक्कुमलुङ बचाउ आन्दोलनमा घाइते याम लिम्बूलाई नेतृत्वले भेटे

तेह्रथुम/ मुक्कुमलुङ बचाउ आन्दोलनमा २०८१ माघ १२ गते बलुडाँडामा भएको झडपमा परि सशस्त्रको गोलि बाट घाइते भएका याम बहादुर सुक्वाबा लिम्बूलाई तेह्रथुम स्थित मुक्कुम्लुङ संरक्षण सहयोग समितिका नेतृत्वहरुले सामुहिक भेट गरेका छन । आज याम...