चार दशक भारतीय कैदी जीवन विताएर नेपाल फर्किदै दुर्गाप्रसाद

 लिम्बुवान न्युज
                       

फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्नेछ । सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । ‘दाइ छुट्नुभयो । तर, मुद्दा किनारा लागेको छैन । दिमाग नौ वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए ।‘मेरो दाइलाईजस्तो कसैलाई नपरोस्,’ भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो । तर, उहाँको जीवन सकियो ।’

झापा, लिम्बुवानखबर। विना सुनुवाइ चार दशकदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् । कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन् ।

उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुगे । उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । ‘प्रमाणको नाममा एउटा जाहेरी छ । त्यहाँभन्दा अरू केही प्रमाण देखिँदैन ।

दाइलाई किन ४१ वर्ष जेल राखियो रु,’ उनका भाइ प्रकाशचन्द्र भन्छन्, ‘मुद्दा नै नभएको अवस्थामा सुनुवाइ नगरी राखिएको छ । यो त अनाहकै फसाउन खोजिएको हैन ।’

दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो । उक्त जानकारीपछि उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाइका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन दिएका थिए । अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हालत ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो ।

फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्नेछ । सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । ‘दाइ छुट्नुभयो । तर, मुद्दा किनारा लागेको छैन । दिमाग नौ वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए । ‘मेरो दाइलाईजस्तो कसैलाई नपरोस्,’ भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो । तर, उहाँको जीवन सकियो ।’

४१ वर्षपछि छुटेका दुर्गाप्रसादलाई मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतको सहयोगमा आजै नेपाल फर्काइने तयारी भएको छ । ‘महावाणिज्य दूतावासले यसअघि गाडी दिएर नेपाल पु¥याउने प्रतिबद्धता जनाएको थियो । तर, पठाएन । हामी आफैँ जाने तयारीमा छौँ,’ बस्नेतले भने, ‘अदालतसँगको सम्झौतामा महावाणिज्य दूतावासले नै पु¥याउने भनेका थियो । तर, यो प्रतिबद्धता पूरा नगर्ने देखियो ।’

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...