चार दशक भारतीय कैदी जीवन विताएर नेपाल फर्किदै दुर्गाप्रसाद

 लिम्बुवान न्युज
                       

फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्नेछ । सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । ‘दाइ छुट्नुभयो । तर, मुद्दा किनारा लागेको छैन । दिमाग नौ वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए ।‘मेरो दाइलाईजस्तो कसैलाई नपरोस्,’ भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो । तर, उहाँको जीवन सकियो ।’

झापा, लिम्बुवानखबर। विना सुनुवाइ चार दशकदेखि भारतीय जेलमा कैदी जीवन बिताइरहेका इलाम माई नगरपालिका–१० लुम्बाकका दुर्गाप्रसाद तिम्सिना आज जेलमुक्त भएका छन् । कोलकातास्थित ‘दमदम सेन्ट्रल करेक्सनल होम’मा रहेका तिम्सिना आज जेल मुक्त भएका हुन् ।

उनलाई लिन दमदम जेलमा भाइ प्रकाशचन्द्र (काकाका छोरा) र विश्व मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेत पुगे । उनी सन् १९८० मा दार्जिलिङबाट एक महिलाको हत्या अभियोगमा पक्राउ परेका थिए । यद्यपि उनीमाथिको यो आरोप प्रमाणित भएको छैन । उनीविरुद्ध दार्जिलिङ पुलिसमा हत्या अभियोगमा जाहेरी दर्ता भएको प्रमाण छ ।

दार्जिलिङका नैन घलेले आफ्नी श्रीमती हत्या अभियोगमा उनीविरुद्ध जाहेरी दिएको देखिन्छ । तर, दाइलाई फसाउन फर्जी जाहेरी दिएको उनका भाइ प्रकाशचन्द्र दाबी गर्छन् । ‘प्रमाणको नाममा एउटा जाहेरी छ । त्यहाँभन्दा अरू केही प्रमाण देखिँदैन ।

दाइलाई किन ४१ वर्ष जेल राखियो रु,’ उनका भाइ प्रकाशचन्द्र भन्छन्, ‘मुद्दा नै नभएको अवस्थामा सुनुवाइ नगरी राखिएको छ । यो त अनाहकै फसाउन खोजिएको हैन ।’

दुर्गाप्रसादको अवस्थाबारे गत मंसिरमा परिवारले जानकारी पाएको थियो । उक्त जानकारीपछि उनका भाइ (काकाका छोरा) प्रकाशचन्द्रले ११ फागुनमा दाइको रिहाइका लागि कोलकातास्थित उच्च अदालतमा निवेदन दिएका थिए । अदालतले गत बुधबार दुर्गाप्रसादको दिमागी हालत ठीक नभएको भन्दै तत्काल छाड्न आदेश दिएको थियो ।

फैसलामा भाइ प्रकाशचन्द्रले नै जिम्मेवारी लिएर लैजानुपर्नेछ । सोहीअनुसार शुक्रबार अदालतमा प्रकाशचन्द्रले अदालतमा सम्झौता पेपरमा हस्ताक्षर गरे । ‘दाइ छुट्नुभयो । तर, मुद्दा किनारा लागेको छैन । दिमाग नौ वर्षको बालकको जस्तो भएका कारण छाड्ने आदेश दिइएको छ,’ चन्द्रप्रकाश भन्छन्, ‘६–६ महिनामा महावाणिज्य दूतावासमार्फत दाइको अवस्था जानकारी गराइरहनुपर्नेछ ।’ दाइलाई लिनआएका प्रकाशचन्द्र जेल पुग्दा निकै भावुक देखिए । ‘मेरो दाइलाईजस्तो कसैलाई नपरोस्,’ भक्कानिँदै उनले भने,‘उहाँ आज छुट्नुभयो । तर, उहाँको जीवन सकियो ।’

४१ वर्षपछि छुटेका दुर्गाप्रसादलाई मानवसेवा विस्तार संस्थाका प्रतिनिधि इन्द्र बस्नेतको सहयोगमा आजै नेपाल फर्काइने तयारी भएको छ । ‘महावाणिज्य दूतावासले यसअघि गाडी दिएर नेपाल पु¥याउने प्रतिबद्धता जनाएको थियो । तर, पठाएन । हामी आफैँ जाने तयारीमा छौँ,’ बस्नेतले भने, ‘अदालतसँगको सम्झौतामा महावाणिज्य दूतावासले नै पु¥याउने भनेका थियो । तर, यो प्रतिबद्धता पूरा नगर्ने देखियो ।’

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;