राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार तथा लेखक महासंघ

 लिम्बुवान न्युज
                       

ललितपुर। लेखक राजन मुकारुङको अध्यक्षतामा आदिवासी जनजाति साहित्यकार/लेखक महासंघको केन्द्रीय कार्यसमिति गठन भएको छ । ललितपुरको यालाखिम रेष्टुरेन्टमा आज सम्पन्न महासंघको दुई दिने राष्ट्रिय भेलाले सर्वसम्मतिमा महासंघको केन्द्रीय कार्यसमिति चयन गरेको हो ।

महासंघको वरिष्ठ उपाध्यक्षमा टङ्क सेलिङ, उपाध्यक्षहरुमा रजनीमिला, जगबहादुर बुढा, डा. विष्णुकुमार सिङजाली, वेचन उराँव, डा. कृष्णराज सर्वहारी, डा. सोमबहादुर धिमाल, गौरी तमू र उत्तमकुमार सुनुवार सर्वसम्मतिले चयन भएका छन् । महासचिवमा बुद्ध योञ्जन लामा चयन भएका छन् । सचिवहरुमा क्रमशः लक्ष्मी रुम्बा, अन्वेश थुलुङ्ग, प्रेमीला राई, बच्चु हिमांशु, जीवनप्रवेश रोकामगर, कुन्साङ र मेनुका छन्त्याल चयन भएका छन् । महासंघको कोषाध्यक्षमा उर्मिला गम्बा थारु र सह–कोषाध्यक्षमा जितेन पन्धाक चयन भएका छन् ।

महासंघको प्रथम केन्द्रीय कार्यसमितिका सदस्यहरुमा हेन्सेन याक्खा, अञ्जना इछमफूल, पवित्रा थापामगर, विराट किराती, राम बि. लामा, डा. चित्र माबो, रोशन गुरुङ्ग, रामलाल उराँव, कविराज तामाङ्ग, गणेश कुमाल, चोमु शेर्पा खुसी, नेपोलियन चेपाङ्ग, तेजेन्द्र ताजपुरिया, महेन्द्र थुलुङ्ग राई, शर्मिला रोका मगर, रामगोपाल आशुतोष र लालबहादुर भुजेल रहेका छन् ।

महासंघको केन्द्रीय तदर्थ समितिको आयोजनामा ‘साहित्यमा आदिवासी सौन्दर्य लेखौं, अग्रगमनको यात्रामा अघि बढौं’ भन्ने नाराका साथ देशभरका आठ राज्य समितिका प्रतिनिधिहरुसहित चैत्र ७ गते, शनिबारबाट सुरु भएको राष्ट्रिय भेलाको पहिलो दिनको उद्घाटन सत्रमा कवि भूपाल राई, नेपाली लेखक संघका अध्यक्ष श्रवण मुकारुङ, नागरिक अभियन्ता नारायण वाग्ले, नेपाल आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोविन्द छन्त्यालले सम्बोधन गरेका थिए ।

आदिवासी जनजाति महिलाको अवस्थाबारे कैलाश राईको मन्तव्यबाट सुरु भएको राष्ट्रिय भेलालाई नेवाः देय दवुका सल्लाहकार डा. पुष्पराज कर्णीकार, पत्रकार सञ्जु दोङ्ग, अभियन्ता तथा मधेश मामिलाकी अध्येता रिता शाहले पनि सम्बोधन गरेका थिए ।

भेलाको पहिलो दिन डा. तारालाल श्रेष्ठले ‘आदिवासी सौन्दर्यशास्त्रको महत्व र आवश्यकता’ शिर्षकमा र डा. अमृत योञ्जनले नेपालमा मातृभाषाको अवस्थासम्बन्धी अवधारणापत्र प्रस्तुत गरेका थिए ।

भेलाको दोस्रो दिन चैत्र ८ गते, आइतबार महासंघको केन्द्रीय कार्यसमिति गठन भएसँगै महासंघको ७ बुँदे घोषणापत्र पनि जारी भएको छ । आदिवासी जनजाति समुदायले वर्षौँदेखि उठाइरहेका मागहरु सुनुवाई नभएको ठहर गर्दै महासंघले आफ्नो घोषणापत्र जारी गरेको हो ।

संविधानतः नेपाल धर्मनिरपेक्ष मुलुक भएता पनि व्यवहारतः लागु नभएको ठहर गर्दै विविधतासहितको नेपाली सौन्दर्यशास्त्रको निर्माण गर्न आदिवासी जनजाति समुदायमा रहेका मौखिक परम्पराका दर्शनशास्त्रहरुलाई मिहिन ढङ्गले बुझ्ने, बहस तथा अभिलेखीकरण गर्ने कुरा पनि घोषणापत्रमा उल्लेख गरिएको छ ।

महासंघले आदिवासी जनजाति समुदायका भाषाहरुलाई जोडदार रुपमा लेखक तथा तिनका मौखिक साहित्यसमेतलाई दस्तावेजीकरण गर्न गराउन सम्बन्धित जाति समुदायका स्रष्टाहरुलाई उत्प्रेरित गर्ने र सो कार्यमा अग्रसर रहि विश्वभर भएका भइरहेका आदिवासी जनजाति अभियानहरुसित घनिभूत बहस गर्दै पहिचानको आन्दोलनलाई एकीकृत बनाउन पहल गर्ने घोषणा गरेको छ ।

प्राथमिक तहदेखि विश्वविद्यालयसम्मै मातृभाषा तथा साहित्यको पाठ्यक्रम निर्माण गर्न राज्यलाई दबाब दिँदै सबै आदिवासी जनजाति, मातृभाषबिच साझा सम्बन्ध विकास गर्नको लागि साझा लेखनपद्धति निर्माण गर्ने घोषणा पनि महासंघले गरेको छ ।

आजै आदिवासी जनजाति साहित्यकार÷लेखक महासंघको प्राज्ञिक परिषद पनि गठन भएको छ । प्राज्ञिक परिषदमा कैलाश राई, मुनराज शेर्मा, विष्णुकुमार सिङजाली, सञ्चु ब्लोन, गुरुङ्ग सुशान्त, लालबहादुर भुजेल, डा. सोमबहादुर धिमाल, डा. लाल रापचा, डा. कृष्ण सर्वहारी र डा. तारालाल श्रेष्ठ चयन भएका छन् ।

महासंघका नवनिर्वाचित अध्यक्ष राजन मुकारुङले नेपालका आदिवासी जनजातिहरुको आन्दोलनलाई राज्यसत्ताको मनोविज्ञानबाट भ्रष्टीकरण गरिएको र यसमा आदिवासी जनजातिभित्रै पनि भ्रष्टीकरण हावी भएकाले यी दुवै प्रवृत्तिहरुका विरुद्ध एकसाथ लड्नुपर्ने बताए ।

नेपालको सवालमा आदिवासी जनजातिहरुको सौन्दर्यशास्त्रको निर्माण गरेर त्यसलाई हरेक राजनीतिक पार्टीहरुका स्कूल विभाग र प्राज्ञिक क्षेत्रमा बहस गराउँदै त्यसलाई पाठ्यक्रममा रुपमा विकास गराउनु महासंघको मुख्य लक्ष्य हुने उनले बताए ।

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...