भोटेकोशीमा संघीय मञ्चको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ मा मञ्चको तदर्थ समिति गठन गरेको छ । आइतबार संघीय तामाङसालिङ र शेर्पा मञ्चको संयुक्त समिति गठन गरिएको हो ।

मञ्चको मेचीकाली अभियानको उपस्थितिमा विभिन्न पार्टी परित्याग गरि २६ जनाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकबाट खादा ओढाई पार्टीमा स्वगत गरिएको थियो ।

भोटेकोशी टुसारे गुम्बामा भएको कार्यक्रममा पूर्ण लामाको संयोजकत्वमा तदर्थ समिति गठन भएको हो । उक्त समितिको सह संयोजकमा ग्लास्रिन शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा फुर्साङबु सेर्पा, बिष्णु माया तामाङ, काली तामाङ, सानू श्रेष्ठ, कान्छी सेर्पा, नैन बहादुर श्रेष्ठ, स्रेजुङ लामा, मङगलि तामाङ, पासाङ भुटि सेर्पा, सुन माया तामाङ, वीर बहादुर तामाङ, काले तामाङ, कार्साङ सेर्पा, वीर बहादुर श्रेष्ठ, ज्ञान बहादुर तामाङ, छोईसाङ लामा, वङमु सेर्पा, सीता तामाङ, कान्छी तामाङ, पार्बति थिङ, वीर बहादुर तामाङ र पेम्बा लामा रहनुभएको छ ।

उक्त कार्यक्रमलाई तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाले समन्व्य गरेका थिए ।

 

सम्बन्धित समाचार

धरानमा लिम्बुवान भोलेन्टियर्स गठन

दमक, धरानमा लिम्बुवान भोलेन्टियर्स कमान्ड गठन साथै जेनजी युवा पार्टी प्रवेश कार्यक्रम सम्पन्न गरिएको छ । भोलेन्टियर्सका केन्द्रीय प्रवक्ता गणेश मिभक केसाङको उपस्थितिमा सोमबार कार्यक्रम भएको हो । धरानका विभिन्न वडाहरुबाट विभिन्न पार्टीहरु परित्याग गर्दै...

उज्यालो नेपाल पार्टीका समानुपातिक उमेद्वार सहित तीन नेताले गरे पार्टी परित्याग

दमक, ७ माघ । कुलमान घिसिंङ नेतृत्वको उज्यालो नेपाल पार्टीको समानुपातिक उमेद्वारसहित ३ केन्द्रीय नेताले पार्टी परित्याग गरेका छन् । यसरी राजिनामा दिनेहरुमा पहिचानवादी नेताको छवि बनाएका नेता डकेन्द्रसिंह थेगिम, संघीयवादी नेता ज्ञानबहादुर गुरुङ र...

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...