भोटेकोशीमा संघीय मञ्चको तदर्थ समिति गठन

 लिम्बुवान न्युज
                       

सिन्धुपाल्चोक। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चले सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका १ मा मञ्चको तदर्थ समिति गठन गरेको छ । आइतबार संघीय तामाङसालिङ र शेर्पा मञ्चको संयुक्त समिति गठन गरिएको हो ।

मञ्चको मेचीकाली अभियानको उपस्थितिमा विभिन्न पार्टी परित्याग गरि २६ जनाले संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चमा प्रवेश गरेका छन् । नवप्रवेशीहरुलाई मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकबाट खादा ओढाई पार्टीमा स्वगत गरिएको थियो ।

भोटेकोशी टुसारे गुम्बामा भएको कार्यक्रममा पूर्ण लामाको संयोजकत्वमा तदर्थ समिति गठन भएको हो । उक्त समितिको सह संयोजकमा ग्लास्रिन शेर्पा रहेका छन् । त्यसैगरी सदस्यहरुमा फुर्साङबु सेर्पा, बिष्णु माया तामाङ, काली तामाङ, सानू श्रेष्ठ, कान्छी सेर्पा, नैन बहादुर श्रेष्ठ, स्रेजुङ लामा, मङगलि तामाङ, पासाङ भुटि सेर्पा, सुन माया तामाङ, वीर बहादुर तामाङ, काले तामाङ, कार्साङ सेर्पा, वीर बहादुर श्रेष्ठ, ज्ञान बहादुर तामाङ, छोईसाङ लामा, वङमु सेर्पा, सीता तामाङ, कान्छी तामाङ, पार्बति थिङ, वीर बहादुर तामाङ र पेम्बा लामा रहनुभएको छ ।

उक्त कार्यक्रमलाई तामाङसालिङ मञ्चका अध्यक्ष मिङमार लामाले समन्व्य गरेका थिए ।

 

सम्बन्धित समाचार

इनिसा विकलाई न्याय माग गर्दै दमकमा विद्यार्थीको प्रदर्शन

दमक, २ चैत्र । इनिसा विकलाई न्याय दिनु पर्ने माग गर्दै झापाको दमकमा विरोध प्रदर्शन भएको छ । दमक बहुमुखी क्याम्पसका विद्यार्थीहरुले घटनाको सत्यतथ्य छानविन गरी दोषीलाई कडा कारवाहीको माग गर्दै प्रदर्शन गरेका हुन् ।...

रास्वपाले ५७ जना समानुपातिक संसदकाे नाम टुंगो लगायाेः आजै आयाेगमा बुझाउँदै

ललितपुर, १ चैत्र । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बन्ने ५७ जनाको नामावली टुंगो लगाएको छ । आज बसेको सचिवालय बैठकले ४८ महिला र ९ पुरुषको नामावली टुंगो लगाएको हाे । पार्टी...

नेकपा एमालेले टुंग्गायो १६ समानुपातिक सांसदको नाम

ललितपुर, १ चैत्र । नेपाली कम्यूनिस्ट पाटी (एमाले)ले समानुपातिकतर्फ चयन हुने १६ जना सांसदको नाम टुंगो लगाएको छ । शनिबार पार्टी अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा बसेको सचिवालय बैठकले टुंगो लगाएको हो । पार्टी...

संघीयता र पहिचानको आन्दोलन संस्थागत नभए सडकबाट खबरदारी गर्नेः संयुक्त पहिचानवादी मोर्चा

दमक, २९ फाल्गुन । नेपालको बदलिदो राजनीति मार्फत जनताले नयाँ दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई परिवर्तन र रुपान्तरणलाई आत्मसाथ गरी स्थिर सरकारको लागि मत जाहेर गरेको भन्दै संयुक्त पहिचानवादी मोर्चाले शुभकामना दिएको छ । मोर्चाका संयोजक...