कवि तथा संचारकर्मी सन्देश सुब्बाका गजल कृति ‘सम्झनाको आँधी’ विमोचन

 लिम्बुवान न्युज
                       

काठमाडौं। पाँचथरका  कवि तथा संचारकर्मी सन्देश सुब्बाको गजल कृति ‘सम्झनाको आँधी’ विमोचन गरिएको छ ।

गजलकार ललितजंग रावल, लिम्बूवानका अभियन्ता वीर नेम्वाङ, पूर्वराज्यमन्त्री श्रीप्रसाद जबेगू, कवि बिमला तुम्खेवा, लेखक प्रकाश आङ्देम्बे र शकुन्तला जोशीले आज चुम्लुङ हिमले ललितपुरमा संयुक्त रूपमा कृति विमोचन गरेका छन्।

 

शक्तिशाली भाव अभिव्यक्त गर्ने सुब्बाले सङ्ग्रहमा ६१ वटा गजल समावेश गरेका छन् । उनको यसअघि ‘आगोको सौन्दर्य’ कविता संग्रह प्रकाशन भएको छ । कार्यक्रममा कियाचुका पदाधिकारी एवं साहित्यकारहरुको उपस्थिति रहेको थियो ।

कवि तथा गजलकार सुब्बा आदिवासी जनजाति पत्रकार महासंघ प्रदेश नं. १ का सचिव समेत हुन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;