धरानमा महिलाहरु लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालमा धरानमा सामाजिक रुपमा सक्रिय महिलाहरु प्रवेश गरेका छन् । मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्च धरान नगर कार्य समितिले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा नवप्रवेशी महिलाहरुलाई स्वागत गरिएको हो ।

गत आइतबार आयोजित उक्त कार्यक्रममा मञ्जु हुक्पा चोङबाङ, अन्जु लिम्बु, अनिता लिम्बु, सोना लिम्बु, अम्बिका लिम्बु, सम्झना राई, अस्मिता लिम्बु, विष्णु माया लिम्बु, माया लिम्बु, प्रमिला लिम्बु, तुला लिम्बु, चन्द्रमाया लिम्बु र धनरानी लिम्बु गरी १३ जनाले लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ सदस्य विष्णु तुम्बाहाम्फे, प्रान्तीय सचिव पूर्णकला तेयुङ, सचिवालय सदस्य साजन याक्खा, सावित्रा लिम्बु, जिल्ला समितिका पदाधिकारीहरु, महिला मञ्चका नेत्रीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम महिला मञ्चका धरान नगर अध्यक्ष नर्वदा लिम्बुको अध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

बाँकी जिन्दगी पहिचान प्राप्तिको लागि समर्पित गर्नेछुः सरक्षक रेशम चौधरी

काठमाडौं । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले मेरो गर्जाईबाट माइक्रोफोन बन्द हुन्छ भने तपाईं हामी सबै पहिचानबादीहरुको हुंकारबाट सिंहदरबार र नस्लबादीहरुलाई हल्लाउन बेर नलाग्ने बताएका छन् । परासीमा भएको स्वागत कार्यक्रममा बोल्दै पार्टीका संरक्षक...

अब कोही नेपाली नागरिक भूमिहीन भएर बस्नु पर्दैन – मन्त्री श्रेष्ठ

दमक, २४ जेष्ठ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री रन्जिता श्रेष्ठले अब कोही पनि नेपाली नागरिक भूमि अधिकारबाट वञ्चित हुनु नपर्ने बताएकी छिन् । आज (बुधबार) इलाम र झापाका ५४ परिवार भूमिहीन सुकुम्वासीहरुलाई...

लिम्बु संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक सार्वजनिक

दमक। लिम्बू संस्कृतिमा बनेको चलचित्र ‘लुङा’को फर्स्ट लुक पोस्टर सार्वजनिक गरिएको छ । उक्त चलचित्र साउन ५ गतेबाट देशभर प्रदर्शनमा आउने भएको छ । सार्वजनिक फर्स्टलुकमा चलचित्रका मुख्य पात्रलाई स्थान दिइएको छ । बुद्धि तामाङ,...

पहिचान माग्दा थारुलाई जातीय आरोप लगाई जेल हालियोः रेशम चौधरी

काठमाडौं, २१ जेष्ठ । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले थारुहरुले आफ्नो परिचान माग्दा जातियवादको आरोप लाग्ने गरेको बताएका छन् । आइतवार तुलसीपुरमा नागरिक अभिनन्दन कार्यक्रमलाई सम्वोधन गर्दै उनले आफुहरु जातीयवादी नभएको प्रष्ट पार्दै केही...