धरानमा महिलाहरु लिम्बुवान मञ्चमा प्रवेश

 लिम्बुवान न्युज
                       

धरान। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपालमा धरानमा सामाजिक रुपमा सक्रिय महिलाहरु प्रवेश गरेका छन् । मञ्चको भातृसंगठन संघीय लिम्बुवान महिला मञ्च धरान नगर कार्य समितिले आयोजना गरेको अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा नवप्रवेशी महिलाहरुलाई स्वागत गरिएको हो ।

गत आइतबार आयोजित उक्त कार्यक्रममा मञ्जु हुक्पा चोङबाङ, अन्जु लिम्बु, अनिता लिम्बु, सोना लिम्बु, अम्बिका लिम्बु, सम्झना राई, अस्मिता लिम्बु, विष्णु माया लिम्बु, माया लिम्बु, प्रमिला लिम्बु, तुला लिम्बु, चन्द्रमाया लिम्बु र धनरानी लिम्बु गरी १३ जनाले लिम्बुवान मञ्चमा प्रवेश गरेका हुन् ।

कार्यक्रममा मञ्चका केन्द्रीय उपाध्यक्ष एवम् प्रदेश १ सदस्य विष्णु तुम्बाहाम्फे, प्रान्तीय सचिव पूर्णकला तेयुङ, सचिवालय सदस्य साजन याक्खा, सावित्रा लिम्बु, जिल्ला समितिका पदाधिकारीहरु, महिला मञ्चका नेत्रीहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रम महिला मञ्चका धरान नगर अध्यक्ष नर्वदा लिम्बुको अध्यक्षतामा भएको थियो ।

 

सम्बन्धित समाचार

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...

तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विषयमा प्यानल डिस्कसन एवम् वहस हुदैं

ललितपुर, २५ साउन ।  ‘संवृद्धिकाे अाधारः पूर्ण समावेशी संचार’ भन्ने नाराका साथ  काठमाडौंमा सुरु भएको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलनमा विभिन्न विधामा प्यानल डिस्कसन एवम वहस हुने भएको छ । सोमबारदेखि शुरुभएको नेपाल आदिवासी जनजाति...

लिम्बु पत्रकार संघ उपत्यका संयोजकमा अर्जुन मादेन

ललितपुर, उपत्यका । लिम्बु पत्रकार संघको उपत्यका तदर्थ समिति गठन भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा सम्पन्न भेलाले अर्जुन मादेन लिम्बुको संयोजकत्वमा ७ सदस्यीय तदर्थ समिति गठन गरेको हो । नवगठित...

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघ मोरङको अध्यक्षमा राई

रमिते, मिक्लाजोङ, २४ साउन । नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडि संघ मोरङ जिल्ला समिति गठन भएको छ । आइतबार मोरङको मिक्लाजोङ रमितेमा आयोजित समिति गठन सम्बन्धी भेलाले मिक्लाजोङका उमेश राईको अध्यक्षतामा नौं सदस्यीय समिति गठन गरिएको...