स्वर्णलक्ष्मी सहकारीको १२औं स्थापना दिवस, दमक ६ मा बनेको नयाँ भवन उद्घाटन

 लिम्बुवान न्युज
                       

दमक,११ चैत । राष्ट्रिय सहकारी महासंघका अध्यक्ष मिनराज कँडेलले छोटो समयमानै नेपालको सहकारी अभियान उचाईमा पुगेको वताएका छन् ।
दमक ६ स्थित बेलडाँगीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको बुधबार यहाँ भवन उद्घाटन गर्दे उनले देशको सहकारी अभियान छोटो समयमानै नयाँ उचाईमा पुगेको दावी गरे ।

देशको ६४ बर्षे लामो सहकारी अभियान देशैभरि तीव्र रुपमा विस्तार हुदै गएको उनको भनाई छ ।देशको बिकास र समृद्धि अभियानमा सहकारीको संघसंस्थाहरुको योगदान विना संभव नहुने उल्लेख गर्दे अध्यक्ष कँडेलले भने,–‘ देशलाई चौतर्फी विकासमा लैजान पनि छरिएर रहेका सवै सहकारी क्षेत्रलाई हातेमालो गरि अघि बढ्न जरुरी छ । ’

२०४६ सालको राजनीतिक परिवर्तन पछि देशमा सहकारी क्षेत्र फ्रष्टयाँउदै गएको वताउदै उनले पछिल्ला समय झापा देशकै उत्कृष्ठ सहकारीको गन्तव्यका रुपमा विकास हुदैगएको समेत वताए ।

संस्थाले आफनो १२ औ स्थापना दिवसका अवसर पारेर नवनिर्मीत भवनको उद्घाटनसहित निशुल्क स्वास्थ्य परीक्षण ,रक्तदान कार्यक्रम गरिएको व्यवस्थापक कमल घिमीरेले वताए । तीन तले सहकारीको सो व्यवसायिक भवनको लागत २ करोड ५१ लाख रहेको उनले वताए । गत असारमा नयाँ भवनबाट कार्यालय सञ्चालनमा रहेको थियो । त्यस अवसरमा संस्थाले उत्कृष्ठ कारोवार गर्ने शेयर सदस्य तथा कर्मचारीहरुलाई समेत पुरस्कृत गरेको थियो ।

त्यस्तै संस्थाले आफना सदस्यका लागि कारोवारमा सहज पुरयाँउन मोवाईल बैकिंङ समेत शुरुवात गरेको उनले वताए । मोवाईल बैकिङ सेवाको शुरुवात कार्यक्रमका विशिष्ट अतिथि जिल्ला सहकारी संघका अध्यक्ष गणेश ढकालले गरेका थिए । सहकारीका अध्यक्ष रबि केसीको अध्यक्षतामा भएको स्थापना दिवस कार्यक्रममा प्रदेश सहकारी संघका अध्यक्ष डिल्ली पोख्रेल, दमक नगर प्रमुख रोमनाथ ओली लगायतका सहकारी क्षेत्रका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

यस्तै, सहकारीले हिजो मंगलवारदेखि जिल्लाको शिवसताक्षीस्थित झिलझिले र पूर्वी मोरङको उर्लावारीमा एकैसाथ सेवा केन्द्र सञ्चालनमा ल्याएको थियो ।

बचतकर्तासहित कर्मचारीहरु सम्मानित

संस्थाले बालबचत तर्फ पाँच जना बचतकर्तासहित उत्कृष्ठ कारोवार गर्ने सदस्यहरुलाई सम्मान गरेको छ । जसअन्तर्गत बाल बचतमा युन्छोहाङ आङदेम्बे, आदेश दाहाल, संमकल्प घिमीरे,अंकित अग्रवाल, प्रकृति सिलवाल तथा विभिन्न विद्यामा उत्कृष्ठ कारोवार गर्ने ३० जना सदस्यलाई सम्मान गरियो ।

उत्कृष्ठ सुपर लखपती बचततर्फ गीता चापागाई, एक बर्षे उत्कृष्ठ नियमित बचतकर्तामा विन्दा अधिकारी रिजाल, पाँच बर्सेतर्फ तोया रेग्मी, तीन बर्सेतर्फ कृष्णमोहन साह, सुपर आवधिक बचतमा रामकृष्ण श्रेष्ठ, आवधिक बचतमा कविता सुब्बा र २४ जना उत्कृष्ठ कारोवार गर्ने सदस्यलाई पनि सम्मान गरिएको थियो ।

उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया राई

त्यस्तै उत्कृष्ठ कर्मचारीतर्फ प्रशासनकी मैया राई, हिरोअफ द स्वर्णलक्ष्मीवाट लेखा सहायक अधिकृत गायत्रा ढकाल र कर्मचारीतर्फ इस्कोर अफ द फ्रष्टरनर अपवाट विनोद घिमीरे, सेकेन्ड रनरअप गणेश भट्टराई, स्कोरर अफ दि यरवाट कल गड्तौला नगद, प्रमाणपत्रसहित पुरस्कृत भए ।

१४८ जनाको स्वास्थ्य परीक्षण

संस्थाले स्थापना दिवसका अवसरमा विभिन्न स्वास्थ्य संस्थाहरुको समन्वयमा आयोजना गरिएको निशुल्क स्वास्थ्य शिविरमा १४८ जनाको परीक्षण गरिएको छ । व्यवस्थापक घिमीरेका अनुसार आखाँतर्फ ९८ जना,दन्ततर्फ ३० जना र २० जनाले फिजिसियन चिकित्सकवाट सेवा पाएका थिए । त्यस्तै, त्यस अवसरमा आयोजित रक्तदानमा ४२ पिन्ट रगत संकलन भएको थियो ।

१ अर्व १३ करोड बढी कारोवार

सहकारीले फागुन मसान्तसम्म कुल कारोवार १ अर्व १३ करोड बढी पुरयाँएको छ ।त्यस अवधिमा शेयर पूंजी ९ करोड बढी, बचत निक्षेप करिव ६३ करोड,ऋण ८० करोड बढी गर्न सफल भएको व्यवस्थापक घिमीरे जनाए । हालसम्म शेयर सदस्यको संख्या ५७९६ पुगेको छ ।

(तस्वीरः विष्णु सुब्बा)

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...

मुक्कुमलुङ संरक्षणको लागि आन्दोलन घोषणा

ललितपुर, २१ पुष । ताप्लेजुङस्थित पवित्र धार्मिक तथा पर्यटकीय स्थल मुक्कुमलुङ संरक्षणका लागि पुनः आन्दोलन घोषणा गरिएको छ । विगत ६ बर्षदेखि आन्दोलनरत संघ संगठनहरुले पुनः संरक्षणको लागि आन्दोलन घोषणा गरेका हुन् । लामो समयदेखि...

रोटरी क्लब अफले चुम्याे ‘दमक फुटसल प्रतियोगिता २०८२’ को उपाधि 

झापाको दमकमा सम्पन्न मैत्रीपूर्ण फुटसल प्रतियोगिता २०८२ को उपाधि रोटरी क्लब अफ दमकले जितेको छ । पत्रकार मञ्च दमकको आयोजनामा पुष २१ गते आयोजित एक दिने प्रतियोगिताको फाइनल खेलमा कदम थिएटर दमकलाई ७–१ गोल अन्तरले हराउदै रोटरी च्याम्पियन बनेको हो । विजेता टिमले सेमिफाइनल खेलमा दमक नगर कर्मचारीलाई हराएको थियो भने कदमले आयोजक पत्रकार मञ्च दमक  (निलो) लाई हराउदै फाइनल प्रवेश गरेको थियो । यसैगरी व्यक्तिगत विधातर्फ उत्कृष्ट गोलकिपर रोटरीका विसु राई चुनिदा, उत्कृष्ट खेलाडीको उपाधि कदमका दिपेश मगरले हात पारे । त्यस्तै प्रतियोगिता भरी ५ गोल गरेका रोटरीका सावन अधिकारीले हाइ स्कोररको पुरस्कार प्राप्त गरे । प्रतियोगिताको विजेताले नगद १५ हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरे भने उपविजेताले नगद १० हजार रुपैयाँ सहित ट्रफि मेडल र प्रमाणपत्रमा चित्त बुझाए । विजेता खेलाडीहरुलाई मञ्चका अध्यक्ष कमन देवान, औपचारिक कार्यक्रमका प्रमुख अतिथि दमक ९ का वडा अध्यक्ष  कुबेर भट्टराई, अतिथिहरु इलाका प्रहरी कार्यलय दमकका प्रहरी निरीक्षक नवीन राई, विधा लक्ष्मी स्कुल दमक ४ का  प्रधानाध्यापक भूपाल काफ्ले, दमकका युवा व्यवसायी रवि बस्नेत लगायतले पुरस्कार वितरण गरेका थिए । पत्रकार मञ्च दमकको आयोजनामा भएको प्रतियोगितामा दमक नगरपालिका, उधोग वाणिज्य संघ दमक, रोटरी क्लब  अफ दमक, कदम थिएटर दमक, लायन्स क्लब अफ दमक, दमक जेसिस सहित राजनैतिक दलकाे सहभागिता रहेकाे थियाे ।  तस्वीरः सजन राई

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...