७७ वटै जिल्ला प्रशानलाई कोभिड–१९ संक्रमण बढ्दै गएको गृहमन्त्रालयको परिपत्र

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, चैत्र ११ कोरोना भाइरस (कोभिड–१९)संक्रमणको दिनप्रतिदिन बढ्दै गएको भन्दै गृहमन्त्रालयले सतर्कताका लागि ७७ जिल्ला प्रशासनलाई परिपत्र गरेको छ ।

गृहमन्त्रालयका सहसचिव एवम् प्रवक्ता चक्रबहादुर बुढाका अनुसार मन्त्रालयले केही दिन अगाडि नै सबै जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो ।

संक्रमणको जोखिम बढ्दै गएको भन्दै मन्त्रालयले स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउन परिपत्र गरेको जनाएको छ । ‘स्वास्थ्य मन्त्रालयले स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन विज्ञप्ति सार्वजनिक गरे लगत्तै गृहमन्त्रालयले चैत ९ गते नै ७७ जिल्ला प्रशासन कार्यालयमा परिपत्र गरेको हो’, प्रवक्ता बुढाले भने ।

भारतमा कोरोना संक्रमण बढ्दै गएपछि सरकारले गोष्ठी, भेला, सम्मेलन नगर्न अनुरोध गर्दै आएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि गतवर्ष चैत ११ गतेदेखि नै सरकारले लकडाउन गरेको थियो ।

कोरोना संक्रमणको त्रास सुरु भएको एक वर्षपछि पुनः संक्रमण बढ्न थालेपछि सरकारले रोकथाम तथा नियन्त्रणका लागि तयारी अवस्थामा रहन सम्बन्धित निकायलाई निर्देशन दिएको हो ।

यसैगरी झापा जिल्ला प्रशानले पनि एक विज्ञप्ति जारी गर्दै सावुन पानीले हात धुने, सेनीटाइजरको प्रमुख गर्ने र माक्स लगाउँदै स्वास्थ्य मापदण्ड अपनाउन जिल्ला बासी सबैलाई अनुरोध गरेको छ ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;