नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानसँग रोकियो

,   लिम्बुवान न्युज
                       

काठमाडौं, १२ चैत्र। नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

आज अन्तराष्ट्रिय दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउदा १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए ।

चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाउदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अन्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । लगत्तै रन्जितकै फ्रिकिकमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अन्जनको हेडर सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ७३औं मिनेटमा रोहित चन्दको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गर्दै नेपालको संकट टारे ।

७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले नियन्त्रणमा लिए ।

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको छ । नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

प्रधानमन्त्री संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन आज न्युयोर्क प्रस्थान गर्दै

काठमाडौँ, ६ भदाैं। संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सहभागी हुन उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री आज संयुक्त राज्य अमेरिकाको न्युयोर्क सहर प्रस्थान गर्दैछन्। प्रधानमन्त्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट कतार एयरवेजको आज अपराह्न ४ः१५ बजेको उडानमार्फत त्यसतर्फ...

‘के सन्देश बोकी ल्यायौ’ गीतको भिडियो सार्वजनिक

दमक, ६ असाेज। सञ्जीवनीको स्वरमा सजिएको नयाँ गीत ‘के सन्देश बोकी ल्यायौ...’ को आधिकारिक सांगीतिक भिडियो (म्युजिक भिडियो) सार्वजनिक गरिएको छ। झापाको दमकस्थित जोड्ग्री होटलमा आयोजित एक विशेष कार्यक्रमका बिच उक्त भिडियोको औपचारिक विमोचन गरिएको...

कियाचुद्वारा ‘पेलिफाङ्साम् सङ्जुम्भो’ तदर्थ समिति गठन, मुन्धुमी ज्ञानको संरक्षण र पुस्तान्तरण गरिने

ललितपुर, ५ असाेज। किरात याक्थुङ चुम्लुङ (कियाचु) ले याक्थुङ समुदायको मुन्धुमी ज्ञान, संस्कार, अनुष्ठान र मौखिक परम्पराका जीवित संवाहक पेलिफाङ्साम्–मुराबाङ्हरूको संरक्षण, सम्मान, पुस्तान्तरण र संस्थागत एकीकरणका लागि तदर्थ समिति गठन गरेको छ। असार ४ गते...

तीन पालिकाको साझेदारीमा दमक–चिसोपानी सडक मर्मत, यातायात सञ्चालनमा सहजता

दमक, ५ भदाैं। वर्षाका कारण क्षतिग्रस्त बनेको दमक–चिसोपानी सडक (फाल्गुनन्द मार्ग) को माङसेबुङ खण्ड मर्मत गरिएपछि यातायात सञ्चालनमा सहजता आएको छ। तीनवटा गाउँपालिकाको संयुक्त लगानी र समन्वयमा सडक मर्मतसम्भार गरिएपछि रोकिएका सवारी साधनहरू पुनः सञ्चालनमा...

;