नेपाल १० खेलाडीमा सिमित किर्गिस्तानसँग रोकियो

 लिम्बुवान न्युज
                       

काठमाडौं, १२ चैत्र। नेपाल थ्री नेसन्स कपको आफ्नो पहिलो खेलमा १० खेलाडीमा समेटिएको किर्गिस्तानको यु–२३ टोलीसँग गोलरहित बराबरीमा रोकिएको छ ।

आज अन्तराष्ट्रिय दशरथ रंगशालामा भएको खेलमा घरेलु टोली नेपालले दर्जन बढी अवसर गुमाउदा १० खेलाडीमा समेटिएको किर्गिस्तानसँग गोलरहित बराबरीमा रोकिन बाध्य बनेको हो । नेपालका अन्जन विष्टले आधा दर्जन अवसर खेर फालेका थिए ।

चौथो मिनेटमा तेज तामाङको फ्रिकिकमा अन्जन विष्टको फ्रि हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । नवौं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा फ्लिक भएको हेडरलाई दिनेश राजवंशीले मौका पाएपनि प्रहार गर्न सकेन ।

१०औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा अनन्त तामाङको हेडर बाहिरिदा नेपालले अग्रता लिन सकेन । १४औं मिनेटमा अन्जन विष्टको क्रस पोस्टमा लागेर फर्कदा डिफेन्डरले क्लियर गर्दै बचाउदा नेपाल पुनः अग्रता लिनबाट चुक्यो । २९औं मिनेटमा अभिषेक रिजालले पेनाल्टी बक्सनजिकै अवसर पाएपनि सदुपयोग गर्न सकेनन् । ३३औं मिनेटमा रवि पासवानको क्रसमा अन्जन विष्टले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार पोस्ट नजिकैबाट बाहिरियो ।

४९औं मिनेटमा त्रिदेव गुरुङको कर्नरमा तेज तामाङको हेडर गोलरक्षक प्रिएडकिन अर्टिमले सहजै बचाए । ५३औं मिनेटमा फ्रिकिकबाट आएको बललाई गोलरक्षक तथा कप्तान किरण चेम्जोङले सहजै नियन्त्रणमा लिए । ६३औं मिनेटमा रन्जित धिमालको फ्रिकिकमा अन्जन विष्टको हेडर पोस्टनजिकैबाट बाहिरिदा नेपाल अग्रता लिनबाट चुक्यो । लगत्तै रन्जितकै फ्रिकिकमा अन्जनको हेडर पोस्ट नजिकैबाट बाहिरियो । ६६औं मिनेटमा दिनेश राजवंशीको क्रसमा अन्जनको हेडर सदुपयोग हुन सकेन ।

६६औं मिनेटमा किर्गिस्तान १० खेलाडीमा समेटियो । अभिषेक रिजाललाई लडाएपछि रेफ्री क्रिस्टल जोनले कप्तान तासिभ कामोलिदिनलाई दोहोरो पहेलो कार्ड देखाउदै मैदान बाहिर पठाए । ७३औं मिनेटमा रोहित चन्दको ब्याक पासमा तालमेल नमिल्दा गोलरक्षक किरणले गोललाइन नजिकैबाट क्लियर गर्दै नेपालको संकट टारे ।

७५औं मिनेटमा दिनेश राजवंशीको पासमा सुजल श्रेष्ठले पेनाल्टी बक्समा सुवर्ण अवसर पाएपनि उनको प्रहार आकासियो । ७९औं मिनेटमा अनन्त तामाङको ओभर हेड किकलाई किर्गिस्तानका गोलरक्षक प्रिएडकिन अर्टिमले नियन्त्रणमा लिए ।

नेपाल र किर्गिस्तानको बराबरीपछि बंगलादेश फाइनलमा प्रवेश गरेको छ । नेपाल र किर्गिस्तानको समान १ अंक तथा बंगलादेशको ३ अंक छ । अब नेपालले लिगको अन्तिम खेलमा बंगलादेशसँग बराबरीमा रोकिएपनि फाइनल पुग्न पर्याप्त हुनेछ । किर्गिस्तान फाइनल पुग्न नेपाल बंगलादेशसँग पराजित हुनुपर्नेछ । किर्गिस्तान पहिलो खेलमा बंगलादेशसँग १–० ले पराजित भएको थियो ।

नेपालले शनिबार बंगलादेशसँग खेल्दैछ । राउन्ड रोबिन लिगपछि शीर्ष २ टोलीले चैत १६ गते फाइनल खेल्नेछन् । विजेता टोलीले ५ हजार र दोस्रो टोलीले ३ हजार अमेरिकी डलर प्राप्त गर्नेछ ।

सम्बन्धित समाचार

कुलमान निकट उज्यालो नेपाल र खगेन्द्र सुनारको पार्टीले एकल चुनाव चिन्हमा लड्ने‍ घोषणा

काठमाडौं, १० मंसिर । कुलमान घिसिङको निकट दर्ता भएको "उज्यालो नेपाल पार्टी" र दलित अभियन्ता खगेन्द्र सुनारको अध्यक्षतामा दर्ता भएको "हाम्रो पार्टी नेपाल"बीच एकल चुनाव चिन्हमा सहकार्य हुने भएको छ। फागुन २१ गते तय भएको...

उज्यालो नेपाल पार्टी, नाउपा र हाम्रो पार्टी नेपाल एकता हुँदै

उज्यालो नेपाल पार्टीसहित नागरिक उन्मुक्ति पार्टी र हाम्रो पार्टी नेपाल एकताका लागि छलफलमा जुटेका छन्। आगामी फागुन २१ गतेको निर्वाचनका लागि एउटै चुनाव चिह्नमा चुनाव लड्ने । ललितपुर, ११ मङ्सिर । कुलमान घिसिङको साथ रहेको...

नवीन किराँती मितेरी पार्टी नेपालको अध्यक्षमा चयन: महासचिवमा तेन्धङ

ललितपुर, ६ मङ्सिर । मितेरी पार्टी नेपालको प्रथम केन्द्रिय सभा काठमाडौ तिनकुनेस्थित सिदार्थ कटेजमा सम्पन्न भएको छ । आइतबार सम्पन्न उक्त भेलाले नयाँ समिती पुर्नगठन गर्दै खडग बहादुर देवान (नवीन किराँति) लाई अध्यक्षमा चयन गरेको...

एल वि पालुङ्वाले जनमुक्ति पार्टीको सचिव पदबाट दिए राजिनामा

ललितपुर, ५ मङ्सिर । संयुक्त पहिचानवादी मोर्चाको संगठन विभाग प्रमुख तथा झापा जिल्लाको नेपाल जनमुक्ति पार्टीको केन्द्रीय सचिव एलवी पालुङ्वाले राजिनामा दिएका छन् । युवा नेता पालुङ्वाले बिहीवार एक प्रेस बिज्ञप्ति जारी गर्दै  जिम्मेवारीबाट राजीनामा...