काकरभिट्टा खानेपानी अध्यक्षमा लिम्बुवान मञ्चबाट लिलानाथ आङ्देम्बेको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

मेचीनगर। मेचीनगरको काकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको तर्फबाट अध्यक्षमा लिलानाथ आङ्देम्बेले उम्मेद्वारी घोषणा गरेका छन् ।

चैत्र २१ गते हुने निर्वाचनमा नेकपा एमाले राप्रपाको प्यानल त्यसैगरी लोकतान्त्रिक प्यानल घोषणा गरेका कांग्रेस, जसपा र माओवादीसँग सहमति नभएपछि एक्लौटी उम्मेद्वारी मनोनयन गरिएको हो ।

आज एक कार्यक्रमबिच उम्मेद्वारी घोषणा गरिएको लिम्बुवान भोलेन्टियर्सका कमाण्डर विवेक साम्सोहाङ्ले जनाएका छन् । त्यसैगरी उपाध्यक्षमा राजु चेम्जोङ, सचिवमा चन्द्र कुमार राई, कोषाध्यक्षमा भुवानी महत त्यसैगरी दुई सदस्यमा प्रकाश गुरुङ र भुवानी विक्रम तुम्बापोले उम्मेद्वारी दर्ता गरेका छन् ।

ठूला दलहरुले साना दलको उपस्थितिलाई स्वीकार नगरेपछि कुनै पनि गठबन्धनसँग सहकार्य नगरी एक्लौटी चुनावमा गएको प्रत्यासी अध्यक्ष लिलानाथ आङ्देम्बेले बताएका छन् । यस अघिको चुनावमा पनि लिम्बुवान मञ्च एक्लै चुनावमा सहभागी भएको थियो ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...