काकरभिट्टा खानेपानी अध्यक्षमा लिम्बुवान मञ्चबाट लिलानाथ आङ्देम्बेको उम्मेद्वारी घोषणा

 लिम्बुवान न्युज
                       

मेचीनगर। मेचीनगरको काकरभिट्टा खानेपानी तथा सरसफाई उपभोक्ता समितिको आसन्न निर्वाचनमा संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च नेपालको तर्फबाट अध्यक्षमा लिलानाथ आङ्देम्बेले उम्मेद्वारी घोषणा गरेका छन् ।

चैत्र २१ गते हुने निर्वाचनमा नेकपा एमाले राप्रपाको प्यानल त्यसैगरी लोकतान्त्रिक प्यानल घोषणा गरेका कांग्रेस, जसपा र माओवादीसँग सहमति नभएपछि एक्लौटी उम्मेद्वारी मनोनयन गरिएको हो ।

आज एक कार्यक्रमबिच उम्मेद्वारी घोषणा गरिएको लिम्बुवान भोलेन्टियर्सका कमाण्डर विवेक साम्सोहाङ्ले जनाएका छन् । त्यसैगरी उपाध्यक्षमा राजु चेम्जोङ, सचिवमा चन्द्र कुमार राई, कोषाध्यक्षमा भुवानी महत त्यसैगरी दुई सदस्यमा प्रकाश गुरुङ र भुवानी विक्रम तुम्बापोले उम्मेद्वारी दर्ता गरेका छन् ।

ठूला दलहरुले साना दलको उपस्थितिलाई स्वीकार नगरेपछि कुनै पनि गठबन्धनसँग सहकार्य नगरी एक्लौटी चुनावमा गएको प्रत्यासी अध्यक्ष लिलानाथ आङ्देम्बेले बताएका छन् । यस अघिको चुनावमा पनि लिम्बुवान मञ्च एक्लै चुनावमा सहभागी भएको थियो ।

सम्बन्धित समाचार

महासंघले गर्याे पत्रकार श्रेष्ठ पक्राउ विरुद्ध प्रहरी परिसर अगाडि धर्ना

काठमाडौं, २८ साउन । नेपाल पत्रकार महासंघले जनआस्था पत्रिकाका सम्पादक बरिष्ठ पत्रकार किशोर श्रेष्ठको रिहाइको माग गर्दै आज काठमाडौं प्रहरी परिसर अगाडि धर्ना दिएको छ । महासंघले धर्नामा सहभागी हुन प्रेस स्वतन्त्रता पक्षधर सबै पत्रकारलाई...

पुर्व प्रधानमन्त्री देउवा पाँच महिनापछि स्वादेश फर्किए

झापा, २८ साउन । नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पुर्वप्रधानमन्त्री शेरबहादुर देउवा नेपाल पाँच महिनापछि स्वदेश फर्किएका छन् । उनी केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । देउवा आज बिहीबार दिउँसो साढे १२ बजे काठमाडौंस्थित...

चलचित्र समालोचना लेखन तालिम सम्पन्न

ललितपुर, २७ साउन । ललितपुरको कियाचु संघीय कार्यालयमा आयोजित चलचित्र समालोचना लेखन तालिम सम्पन्न भएको छ । याक्थुङ मुन्चइत चोक सयङ, नेवा–ताम्सालिङ प्रदेश कार्यसमिति र लिम्बू लेखक संघ, संघीय कार्यसमितिको संयुक्त आयोजनामा उक्त तालिम सम्पन्न...

फाल्गुनन्द मार्गमा मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दमक, २६ साउ । झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको मिक्लाजोङ् जोड्ने सडक फाल्गुनन्द मार्ग (दमक चिसोपानी) सडकमा आजदेखि मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । भारी मालवाहक सवारीसाधन ट्रक, टिपर, ट्रेलरलगायत सवारी सञ्चालनमा अनिश्चितकालका...