आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको संयोजकमा उदय ‘पूर्वेली’

 लिम्बुवान न्युज
                       

मलेशिया। उदय ‘पूर्वेली’ चोङबाङक्याक आदिवासी जनजाति साहित्यकार महासंघ मलेसियाको अध्यक्ष बनेका छन् । गत बुधबारका दिन महासंघको विधानको परिच्छेद ४ को ११(१) अनुसार वैदेशिक शाखा गठन भएको हो ।

पूर्वेलीको संयोजकतवमा ११ सदस्यीय तर्दथ समिति गठन भएको छ । समितिको सहसंयोजक जनम लिङ्दम, महासचिव सुमन मगर रहेका छन् त्यसैगरी सदस्यहरुमा भेषराज आङ्देम्बे, लोकेन्द्र देवान असिम, मोहन माबोहाङ, रविन मगर, सन्त आङदेम्बे, मोहन सेर्मा लिम्बु, रोमी राई शेर्पा र राजेन हाङ्सरुम्बा रहेका छ ।

यो तदर्थ समितिलाई पूर्णता दिन मलेसियामा रहेका सबै आदिवासी जनजाति साहित्यकारहरुको वृहत भेला गरी चाडै नै कार्य समितिलाई पूर्णता दिने सहसंयोजक लिङ्दमले जानकारी दिएका छन् ।

 

सम्बन्धित समाचार

जेनजी आन्दोलन घटना छानबिनका लागि ओलिलाई जाचबुझ आयोगले काट्यो पत्र

जेनजी आन्दोलनको घटना छानबिनका लागि गठन भएको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीलाई बयानका लागि पत्र पठाएको छ। आयोगले तत्कालीन गृहमन्त्री रमेश लेखकसँग बयान लिइसकेपछि पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको आयोगले ओलीलाई पत्र पठाएको हो। आयोगले यसअघि...

उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठनः अध्यक्षमा प्रदिप मादेन

ललितपुर, १२ पौष । उज्यालो नेपाल पार्टीको ताप्लेजुङ जिल्ला तदर्थ समिति गठन गरिएको छ । शनिबार पार्टीको केन्द्रीय सदस्य प्रा.डा.महेन्द्र लावतीको प्रमुख आतिथ्यतामा फुङलिङमा आयोजित एक कार्यक्रमले प्रदिप मादेन ‘नानी’को अध्यक्षतामा २९ सदस्यीय तदर्थ समिति...

चन्द्र गजमेर शुभकामना साकोसको अध्यक्षमा पुनः निर्वाचित

ललितपुर, ११ पुष । झापाको दमक–६ मा रहेको शुभकामना वचत तथा ऋण सहकारी संस्थाको १३औं साधारणसभा सम्पन्न भएको छ । साधारणसभाले अध्यक्षको बार्षिक प्रतिवेदन, कोषाध्यक्षको आर्थिक प्रतिवेदन लगायत प्रतिवेदनहरु पास गर्दै नयाँ समिति चयन गरेको...

उज्यालो नेपाल पार्टी इलाम जिल्ला गठनः अध्यक्षमा सन्तराम याेङहाङ

ललितपुर, ११ पौष । उज्यालो नेपाल पार्टी इलाम जिल्ला समिति गठन भएको छ । शुक्रबार इलाम बजारमा आयोजित एक कार्यक्रमबाट सन्तराम योङहाङको अध्यक्षतामा २९ सदस्यीय समिति गठन गरिएको हो । पार्टीका केन्द्रीय सदस्य प्रा.डा. महेन्द्र...