देउमाइका दुवै मृगौला पिढीत दिपक लिम्बुलाई रकम हस्तान्तरण

 लिम्बुवान न्युज
                       

इलाम। इलामको देउमाइनगर वडा नं. ५ का दुवै मृगौला पिढीत दिपक लिम्बुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । दुवै मृगौलाले काम गर्न नसकेपछि हाल विभिन्न अस्पतालहरुमा उपचार गरिरहेका लिम्बुलाई वडाध्यक्ष दिलीप कार्कीको हातबाट रकम दिइएको हो ।

प्रवासमा रहेका इलामका आफन्त एवं शुभचिन्तकहरुले “दिपक लिम्बु वचाउ अभियान” मार्फत नेपाल लगायत विभिन्न देशहरुबाट रकम संकलन गरेका थिए । यस अभियानका अभियन्ता विष्णु फियाकको अगुवाईमा १ लाख ६१ हजार अडचालिस रुपैयाँ, महेन्द्र कार्कीको नेतृत्वमा दक्षिण कोरियाबाट ७२ हजार ७ सय, तारा चापागाईको नेतृत्वबाट ३८ हजार ६ सय, गणेश लुईटेलको नेतृत्वबाट २६ हजार ४ सय, केशव कुjरको नेतृत्वबाट २३ हजार ७ सय, होम फियाकको नेतृत्वमा २२ हजार ८ सय र धिरेन पोर्तेलको नेतृत्वमा २० हजार ९ सय रुयैयाँ रकम विरामीको आफन्तलाई हन्तान्तरण गरिएको थियो ।

आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका लिम्बुको उपचारमा हालसम्म ८ लाख रुपैयाँ खर्च भईसकेको उनका आफन्तले बताएका छन् ।

श्रीमती र एक छोरी रहेका लिम्बुको उपचारमा अझैं लाखौं रुपैयाँ लाग्ने बताईएको छ । विरामीको परिवारले देश विदेशबाट सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद दिएका छन् । विरामीको विभिन्न अस्पतालहरूमा उपचार गरि  हाल विराटनगरकाे नाेवल अस्पतालमा उपचार भइरहेकाे आफन्त राजन बाबु सुब्बाले जनाएका छन् ।

सम्बन्धित समाचार

कियाचु लिम्बुवान प्रदेश अध्यक्षमा केरुङ

धरान, माघ ३/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समिति अध्यक्षमा नरेन्द्रराज केरुङ निर्वाचित भएका छन् । शनिबार धरानको सुनसरीमा सम्पन्न चुम्लुङको तेस्रो प्रदेश अधिवेशनबाट केरुङको अध्यक्षमा निर्वाचित भएका हुन् । अधिवेशनबाट केरुङको अध्यक्षतामा २१ सदस्यीय...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश अध्यक्ष को बन्दै ?

धरान, ३ माघ/ किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन आज धरानमा हुदैछ । मध्यान्ह खुल्ला सत्र कार्यक्रम हुने र आजै बन्दसत्रबाट नयाँ नेतृत्व छान्ने आयोजकले जनाएको छ । शुक्रबार साझ कियाचु धरानको भवनमा...

आयोगले गगन नेतृत्वको नेपाली कांग्रेसलाई दियो मान्यता

ललितपुर, २ माघ/ निर्वाचन आयोगले गगनकुमार थापा नेतृत्वको नेपाली कांग्रेसलाई आधिकारिकता दिएको छ । आज बसेको आयोगको बैठकले उनलाई सभापतिको मान्यता दिएको हो । थापा नेपाली कांग्रेसको बहुमत महाधिवेशन प्रतिनिधि उपस्थित विशेष महाधिवेशनबाट सभापति चयन...

किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुँदै

ललितपुर, २७ पुष । किरात याक्थुङ चुम्लुङ लिम्बुवान प्रदेश समितिको तेस्रो अधिवेशन हुने भएकाे छ । कियाचु प्रदेश समितिका अनुसार  माघ ३ गते सुनसरीकाे धरान उपमहानगरपालिकास्थित चुम्लुङ हिममा अधिवेशन गर्ने जनाइएकाे छ । आयोजक समितिले...