इलाम। इलामको देउमाइनगर वडा नं. ५ का दुवै मृगौला पिढीत दिपक लिम्बुलाई आर्थिक सहयोग रकम हस्तान्तरण गरिएको छ । दुवै मृगौलाले काम गर्न नसकेपछि हाल विभिन्न अस्पतालहरुमा उपचार गरिरहेका लिम्बुलाई वडाध्यक्ष दिलीप कार्कीको हातबाट रकम दिइएको हो ।
प्रवासमा रहेका इलामका आफन्त एवं शुभचिन्तकहरुले “दिपक लिम्बु वचाउ अभियान” मार्फत नेपाल लगायत विभिन्न देशहरुबाट रकम संकलन गरेका थिए । यस अभियानका अभियन्ता विष्णु फियाकको अगुवाईमा १ लाख ६१ हजार अडचालिस रुपैयाँ, महेन्द्र कार्कीको नेतृत्वमा दक्षिण कोरियाबाट ७२ हजार ७ सय, तारा चापागाईको नेतृत्वबाट ३८ हजार ६ सय, गणेश लुईटेलको नेतृत्वबाट २६ हजार ४ सय, केशव कुjरको नेतृत्वबाट २३ हजार ७ सय, होम फियाकको नेतृत्वमा २२ हजार ८ सय र धिरेन पोर्तेलको नेतृत्वमा २० हजार ९ सय रुयैयाँ रकम विरामीको आफन्तलाई हन्तान्तरण गरिएको थियो ।
आर्थिक अवस्था अत्यन्तै नाजुक रहेका लिम्बुको उपचारमा हालसम्म ८ लाख रुपैयाँ खर्च भईसकेको उनका आफन्तले बताएका छन् ।
श्रीमती र एक छोरी रहेका लिम्बुको उपचारमा अझैं लाखौं रुपैयाँ लाग्ने बताईएको छ । विरामीको परिवारले देश विदेशबाट सहयोग गर्नुहुने महानुभावहरुलाई धन्यवाद दिएका छन् । विरामीको विभिन्न अस्पतालहरूमा उपचार गरि हाल विराटनगरकाे नाेवल अस्पतालमा उपचार भइरहेकाे आफन्त राजन बाबु सुब्बाले जनाएका छन् ।
Related