कमल १ मा लिम्बुवान मञ्चको संगठन विस्तार

 लिम्बुवान न्युज
                       

केर्खा, १४ चैत्र। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च तथा संघीय लिम्बुवान मञ्च, नेपाल कमल १ मा वार्ड गठन कमिटि गठन भएको छ । मञ्चका केन्द्रीय उपाध्यक्ष ज्ञानुहाङ इम्बुङ्को प्रमुख आतिथ्यतामा १ नम्बर वडामा समिति विस्तार भएको हो ।

प्रमुख अतिथि ज्ञानु इम्बूङले देशमा संघीयता बिना केहि सम्भव छैन । विभिन्न जात जातिहरुको पहिचान र अस्तित्व बचाई राख्न एक हुनु पर्ने जोड़ दिएका छन् । जब राज्यले शोषण गर्छ जनताहरु अप्ठेरोमा परिरहन्छ त्यसैले जनताहरु चुप लागेर बस्नु हुँदैन । हामी आदिवासी, दलित, मधेश, मुस्लिम, खस समुदायहरु २४० वर्ष देखि एकात्मक केन्द्रिकृत शासन सत्ताको पेलाईबाट पीडि़त छौ । त्यसैले हामी जनताको घरघरमा पुगेर पहिचानको बारेमा जनतालाई प्रष्ट बुझाउनु पर्ने बताएका छन् ।

कार्यक्रममा उपमहासचिब भानु भट्टराई, लिम्बुवान भोलेन्टियर्सका केन्द्रीय कमाण्डर राजु राई, पहिचान सदस्य सूर्य योक्पाङदेन, संघीय दलित शिल्पी मञ्च झापा जिल्ला अध्यक्ष गणेश भित्रीकोटीले संगठन बारे प्रष्ट पारेको छन् ।

लाहान सिंह लिम्बु्को अध्यक्षतामा १५ सदस्यीय कार्य समिति गठन भएको छ । उक्त समितिको उपाध्यक्षमा दिल बहादुर विक, सचिब कुमार लिम्बु, सह–सचिब शान्ति लिम्बु, अर्थसचिवमा मुना विक रहेका छन् । त्यसैगरी सदस्यहरुमा गीता विक, चक्र बहादुर विक, रहर बहादुर विक लगायत रहेका छन् । त्यसैगरी लिम्बुवान भोलेन्टियर्स पाईमेरी कमाण्डरमा दिनेश चौधरी चयन भएका छन् ।

कार्यक्रममा एल.भी. केन्द्रीय उपकमाण्डर तथा कमल इंचार्ज बसन्त राज योङहाङ, मञ्च जिल्ला सदस्य नरेंद्र लावती ,मञ्चका क्षेत्रीय सदस्य महेन्द्र विष्ट, एल.भी. उपफिल्ड कमाण्डर सन्तोष मेन्याङ्म्बो, उपफिल्ड कमाण्डर आस बहादुर केरुङ, कमल सह–सचिब निरुता साउदेन, सिनियर शिभिल कमाण्डर बिपिन राई, हर्क साउदेन, छत्र साउदेन लगायतको उपस्थित रहेको थियो ।

मञ्चको कमल गा.पा. अध्यक्ष अमर लिम्बुको सभाध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य मञ्चका उपाध्यक्ष लिला लिम्बुले गरेकी थिईन भने कार्यक्रम संचालन मञ्चका कमल सचिव विजेन्द्र मेन्याङ्म्बोले गरेका छन् ।

सम्बन्धित समाचार

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

साना तथा मध्यम व्यवसायका लागि वर्ल्डलिंकको ‘बिज २४’ म्यानेज्ड वाइफाई सेवा सुरु

दमक, २६ भदाैं । नेपालको अग्रणी इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसन्स लिमिटेडले साना तथा मध्यम व्यवसाय (एसएमई) लाई लक्षित गर्दै ‘बिज २४’ (Biz 24) म्यानेज्ड वाइफाई सेवा सञ्चालनमा ल्याएको छ। व्यावसायिक परिसरका हरेक कुनामा समान...

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

;