४० बर्ष भारतीय जेलमा बन्दी बसेका दुर्गाप्रसादले पाए नागरिकता

 लिम्बुवान न्युज
                       

इलाम। ४० वर्ष भारतीय जेलमा बन्दी बनेर छुटेका इलाम माई नगर १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । गत बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई ६१ वर्षको उमेरमा नेपालको नागरिकता दिएको हो ।

दुर्गाका भतिजा गोपाल तिम्सिनाको सनाखतमा उनले नेपाली नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालय इलामबाट प्रशासकीय अधिकृत देवीचरण फुँयालद्वारा हस्ताक्षरित ०३–०१–७७ –०३२५१ नम्बर भएको नागरिकताको प्रमाणपत्र दुर्गाले पाएका हुन् ।

नागरिकता लिन कार्यालय पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । उनको इलामको एकतप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो ।

नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । उनीसँगै १ नं. प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण पनि प्रशासन कार्यालय पुगेका थिए । शर्मा नाताले तिम्सिनाका भाइ पनि हुन् ।

सम्बन्धित समाचार

संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका गठन

सुनसरी, ७ जेठ । संयुक्त पहिचानवादी मोर्चा भोक्राहानरसिंह गाउँपालिका समिती गठन भएको छ । रहमतुलम मन्सुरीको संयोजकत्वमा २९ सदस्य समिती गठन गरिएको हो । यसैगरी सहसंयोजकमा हसबुल मिया, सदस्य सचिवमा वादिल अन्सारी, सह-सचीवमा खतिजा खातुन...

केवलकार निर्माण नारोकिए कडा संघर्ष गर्ने चेतावनी

ललितपुर, ६ जेठ । मुक्कुमलुङ संरक्षण तथा केवलकार निर्माण खारेजी तत्काल नरोकिए कडा प्रतिवाद गर्ने चेतावनी दिएका छन् । केवलकार निर्माणलाई विकासको योजना भन्दै उपनिवेशीकरण, अतिक्रमण, मानवअधिकार उल्लंघन तथा जबर्जस्ती अगाडि नबढाउन ललितपुरमा आयोजित पत्रकार...

गंगा साउदेनको संयोजकत्वमा संयुक्त पहिचानवादी मोर्चा गठन

दमक, ६ जेठ । इलामको चुलाचुलीमा संयुक्त पहिचानवादी मोर्चा गठन भएको छ । मंगलबार चुलाचुलीस्थित आपझोलामा भएको एक कार्यक्रमले गंगा साउदेन लिम्बुको संयोजकत्वमा मोर्चा गठन गरिएको हो । उक्त कार्यक्रमले समितिको सहसंयोजकहरुमा विरमान तामाङ, विक्रम...

कोशी नाम खारेजी आन्दोलन साझा नाममा सहमति खाेज्ने र राजनीतिक संवाद गर्दै अघि बढाउने

ललितपुर, ६ जेठ । प्रदेश नं. १ को कोशी नाम खारेजी आन्दोलन राजनैतिक संगठनहरुसँग संवाद गर्दै अगाडि बढाउने निर्णय भएको छ । आइतबार ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको कार्यालयमा बसेको बैठकले पहिचानको आधारमा प्रदेशको नाममा सहमति...