४० बर्ष भारतीय जेलमा बन्दी बसेका दुर्गाप्रसादले पाए नागरिकता

 लिम्बुवान न्युज
                       

इलाम। ४० वर्ष भारतीय जेलमा बन्दी बनेर छुटेका इलाम माई नगर १० लुम्बाकका दुर्गाप्रसाद तिम्सिनाले नेपाली नागरिकता पाएका छन् । गत बिहीबार जिल्ला प्रशासन कार्यालय इलामले तिम्सिनालाई ६१ वर्षको उमेरमा नेपालको नागरिकता दिएको हो ।

दुर्गाका भतिजा गोपाल तिम्सिनाको सनाखतमा उनले नेपाली नागरिकता पाएका हुन् । जिल्ला प्रशासन कार्यालय इलामबाट प्रशासकीय अधिकृत देवीचरण फुँयालद्वारा हस्ताक्षरित ०३–०१–७७ –०३२५१ नम्बर भएको नागरिकताको प्रमाणपत्र दुर्गाले पाएका हुन् ।

नागरिकता लिन कार्यालय पुगेका उनलाई सहायक प्रमुख जिल्ला अधिकारी झरेन्द्र चापागाईंले खादा ओडाएर सम्मान गरेका थिए । उनको इलामको एकतप्पा गाविसको दोकानडाँडामा २०१७ साल साउन २० गते जन्म भएको हो ।

नागरिकता पाउँदा आफूलाई खुसी लागेको उनले प्रतिक्रिया दिए । उनीसँगै १ नं. प्रदेश सभा सदस्य धिरेन्द्र शर्मा रमण पनि प्रशासन कार्यालय पुगेका थिए । शर्मा नाताले तिम्सिनाका भाइ पनि हुन् ।

सम्बन्धित समाचार

याक्थुङ (लिम्बु)कृषि सभ्यताको विकासः–

अशाेक चेम्जाेङ् मानव सभ्यताको विकास संगसँगै कृषि, संस्कृति र सामुदायिक जीवन पद्धति आपसमा गाँसिँदै गएको देखिन्छ । याक्थुङ (लिम्बु) समुदायमा पनि यही प्रक्रियाबाट प्रारम्भिक जीवनदेखि शिकार, वनजन्य खाद्य संकलन गर्ने, पशुपालनमा निर्भरता, क्रमशः स्थायी बस्ती...

विजयपुर दरबार परिसरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न

धरान, २ साउन । सुनसरीको धरानस्थित लिम्बुवानको ऐतिहासिक राजधानी विजयपुरमा बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ । शनिबार विजयपुर दरबार परिसर संरक्षण संघर्ष समितिको आयोजनामा बृहत सरसफाई कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा काङसाेरे फाेर्सकाे...

केर्खा बजारमा सिरिजङ्गा सिं थेवेकाे शालिक अनावरण

बसन्तराज सुब्बा कमल, झापा । कमल गाउँपालिका वडा नं. ३ स्थित केर्खा बजारमा स्थापना गरिएको याक्थुङ्/लिम्बू भाषा, लिपि, साहित्य, संस्कृतिका पुन:उत्थानकर्ता त्येअङ्सी सिरिजङ्गा सिं थेवेको शनिवार अनावरण गरिएको छ । किरात याक्थुङ् चुम्लुङ वडा कार्य...

चुलाचुली रङ्गमञ्चद्वारा ‘झाेडा’ नाटक कृति विमाेचन र वृत्तचित्र प्रदर्शन

चुलाचुली/ चुलाचुली रङ्गमञ्च इलामको आयोजनामा वृत्तचित्र प्रदर्शन तथा कृति विमोचन कार्यक्रम सम्पन्न भएको छ। चुलाचुली गाउँपालिकाको सभाहलमा आयोजित एक विशेष समारोहका बीच ‘झोडा लाखभूमीको कथा’ नामक नाटक कृति विमोचन गरिएको हो। उक्त कृतिलाई कार्यक्रमका प्रमुख...