इटहरीमा १० मा लिम्बुवान मञ्च पुर्नगठन

 लिम्बुवान न्युज
                       

इटहरी। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान मञ्च, नेपाल इटहरी नगरको आयोजनामा इटहरी १० मा लिम्बुवान समितिको पुनर्गठन भएको छ । मञ्चका प्रान्तीय सचिव भुपेन्द्र सुन्दर लावतीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त कार्यक्रमले धनबहादुर विश्वकर्माको अध्यक्षतामा नयाँ समिति गठन गरेको हो ।

शनिबार मञ्चको इटहरी उपमहानगर समितिको सभाहलमा सम्पन्न उक्त कार्यक्रमबाट विश्वकर्माको अध्यक्षतमा गठित समितिको उपाध्यक्ष खगेन्द्र लिम्बु, सचिव सानबिर लिबाङ, अर्थसचिव सुमित्रा लिम्बू, सह–सचिव बिक्रम लिम्बू चयन भएका छन् भने सदस्यहरुमा नरेन्द्र लिम्बू, भिमा नेम्बाङ लिम्बु, दिल कुमारी लिम्बु, मन्जु कुमारी लिम्बु र ज्ञान बहादुर लिम्बू रहेका छन् । कार्य समितिमा थप सदस्य आगामी बैठकले मनोयन गरेर लाने मञ्चका इटहरी उपमहानगरका का.वा. अध्यक्ष मनोहर थलङ्ले जनाएका छन् ।

उक्त पुर्नगठन कार्यक्रममा मञ्चका सचिवालय सदस्य रमेश गजमेर, पहिचान सदस्य नैनकुमार विश्वकर्मा, जिल्ला अध्यक्ष अमर इजम, जिल्ला नेता पदम खेबाहाङ लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम सरेन्द्र लिम्बुको सभाध्यक्षता एवं सानवीर लिबाङले गरेका थिए ।

 

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...