हाङ्पाङमा लिम्बुवान मञ्चको समिति गठन

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ्। संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान मञ्च, नेपाल आठराई त्रिवेणी ३ हाङ्पाङमा समिति गठन भएको छ । शनिबार सम्पन्न भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा सञ्जय यक्सोको अध्यक्षतामा १४ सदस्यीय समिति गठन भएको हो ।

लिम्बुवान मञ्चका जिल्ला सचिवालय सदस्यद्वय मिलन यक्सो र विनय आङ्बुहाङ्को उपस्थितिमा उक्त कार्यक्रम सम्पन्न भएको थियो । समितिको उपाध्यक्षमा अम्बिका सेम्बु, सचिवमा ज्ञानेन्द्र यक्सो, सहसचिवमा सन्तकुमार यक्सो, अर्थसचिवमा विश्वराज याक्सो चुनिएका छन् । त्यसैगरी समितिको सदस्यहरुमा शुक्रराज साँबा, युगल चोङबाङ, सेसेहाङ सेरेङ, विरेन यक्सो, मनोज यक्सो, बुतल यक्सो, खगेन्द्र यक्सो, ठुलीराम बराईली र सुमन यक्सो रहनु भएको छ ।

सो अन्तरक्रिया तथा भेटघाट कार्यक्रममा मञ्चको राजनीतिक एजेण्डा पुस्तिका वितरण गरिएको थियो । साथै कार्यक्रमले राजेन्द्र यक्सो, ज्ञानेन्द्र यक्सो, प्रेम यक्सो र इन्द्रबहादुर यक्सोलाई समितिको सल्लाहकारको जिम्मेवारी दिइएको मञ्चका जिल्ला सचिव अशोक मादेनले जानकारी दिएका छन् ।

सम्बन्धित समाचार

मुक्कुम्लुङ साहित्य प्रतिष्ठान ताप्लेजुङकाे अध्यक्षमा मनिष हेल्लाेक निर्

दमक, ७ भदाैं ।  ताप्लेजुङस्थित मुक्कुम्लुङ साहित्य प्रतिष्ठान पुनर्गठन भएको छ । शनिबार संस्थाको प्रथम साधारण सभाले मनिष हेल्लोको अध्यक्षतामा १४ सदसीय कार्यसमिति निर्विरोध चयन गरेको हो । कार्यक्रमबाट प्रतिष्ठानको उपाध्यक्षहरूमा  सीता पिरती , मणि सेम्बु...

किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठनः अध्यक्षमा राजेश जवेगु

दमक, ६ भदौं । झापा जिल्ला अन्तरर्गत किरात याक्थुङ चुम्लुङ अर्जुनधारा नगर तदर्थ समिति गठन भएको छ । शनिबार राजेश जवेगुको अध्यक्षतामा अर्जुनधारा नगर तदर्थ समिति गठन गरिएको हो । तदर्थ समितिको उपाध्यक्षमा पूर्णबहादुर लिङदेन,...

चुलाचुलीबाट जिल्लामै पहिलोपटक स्थानीय तहबाट भूमि प्रशासन सेवा शुरु

दमक। इलाम जिल्लाको चुलाचुली गाउँपालिकाले स्थानीय तहबाटै भूमि प्रशासनसम्बन्धी सेवा सुरु गरेको छ । बिहीबार गाउँपालिले एक विशेष समारोहको आयोजना गर्दै इलाम सदरमुकामस्थित भूमि प्रशासन तथा नापी कार्यालयबाट प्रवाह हुँदै आएको सेवा गाउँपालिकाबाट शुरु भएको...

याक्थुङ मुन्चइत चोक सयङले मनायो १७औं स्थापना दिवस

दमक, ३० भदौं । याक्थुङ मुन्चइत चोक सयङले आफ्नो १७औं स्थापना दिवस मनाएको छ । शनिबार किरात याक्थुङ चुम्लुङको ललितपुरस्थित चुम्लुङहिमा सांस्कृतिक कार्यक्रमसहित आयोजना गरिएको हो । सयङको नेवाःताम्सालिङ प्रदेश समितिको आयोजनामा कियाचु संघीय अध्यक्ष...

;