कियाचु दमकको दशौं अधिवेशन आगामी बैशाख १० गते हुँदै

 लिम्बुवान न्युज
                       

दमक, १५ चैत्र। लिम्बू समुदायको प्रतिनिधित्व गर्दै आएको संस्था किरात याक्थुङ चुम्लुङ दमक नगर समितिको दशौ अधिबेशन आगामी बैशाख १० गते हुने भएको छ ।

गत शुक्रबार बसेको चुम्लुङ दमक नगर समितिकोे बैठकले अधिबेशनको मिति तय गर्दै अधिवेशनका लागि आवश्यक तयारी सम्बन्धी विभिन्न निर्णय गरेको हो ।

कियाचु दमकका अध्यक्ष देवेन्द्र चेम्जोङले यस अघि अधिवेशनका लागि वैशाख ३ गते मिति तोकिएको भएपनि आन्तरिक व्यवस्थापनका कारण बैशाख १० गतेका लागि सार्नु पर्ने बताए । अध्यक्ष चेम्जोङका अनुसार किरात भवनमा हुने अधिबेशन चुम्लुङका केन्द्रीय अध्यक्ष योगराज वनेमको प्रमुख आतिथ्यतामा हुने जनाए ।

अधिबेशन उद्घाटन कार्यक्रममा चुम्लुङले लिम्बू समुदायको हितमा योगदान पु¥याउने व्यक्तित्वहरुलाई समेत सम्मान गर्ने निर्णय गरिएको जनाईएको छ । बैठकले चुम्लुङका पूर्व अध्यक्षहरु लोकप्रसाद कन्दङवा, गुमानसिंह सम्बाहाम्फे, लिम्बू भाषा तथा साहित्यमा सेसेमी से–नाल्वो, सञ्चार उद्यमीका रुपमा मेहरमान लिङदेन, पत्रकार विष्णु सुब्बा, ज्येष्ठ सदस्यहरु लगायत उत्कृष्ठ व्यवसायी, एवं शैक्षिक सत्र २०७४ देखि २०७७ सम्मको अवधीमा स्नातककोत्तर उर्तिण गर्ने दमकका लिम्बु विद्यार्थीहरुलाई सम्मान गरिने निर्णय भएको अध्यक्ष चेम्जोङले जानकारी दिएका छन् ।

दमक नगर अधिबेशनलाई भव्य रुपमा सम्पन्न गर्न आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...