सिरीजङ्गामा युमा साम्यो महासभा नेपालको अधिवेशन सम्पन्न

 लिम्बुवान न्युज
                       

ताप्लेजुङ् । ताप्लेजुङको सिरीजङ्गा गाउँपालिकमा युमा साम्यो महासभा नेपालको प्रथम अधिवेशन सम्पन्न भएको छ । शनिबार सम्पन्न उक्त कार्यक्रम महासभाका केन्द्रीय सल्लाहकार आर बि याक्थुङचुमको प्रमुख आतिथ्यतामा भएको हो ।

कार्यक्रममा महासभाका केन्द्रीय उपाध्यक्ष हर्क सुब्बा इजम, सचिव भिमसेन लिङ्दम, केन्द्रीय सल्लाहकार लक्ष्मण मेन्याङ्बो, केन्द्रीय सदस्यहरु जगत बहादुर योङहाङ, योवाहाङ तुम्बाहाम्फे र युमा साम्यो महासभा हङकङका निवर्तमान अध्यक्ष फुङलेप माखिमको उपस्थिति रहेको थियो । आगामी १२औं राष्ट्रिय जनगणनामा धर्मको महलमा युमा धर्म लेखौं भन्ने मूल नाराका साथ सभाका वक्ताहरुले यहि बिषयमा केन्द्रित भएर मन्तव्य दिएका थिए ।

यस ऐतिहासिक प्रथम अधिवेशनले हरिनारायण सिलिम्बोको अध्यक्षतमा २१ सदस्यीय युमा साम्यो महासभा नेपाल सिरिजङ्गा गाउँपालिका समिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा गोपाल मादेन, उपाध्यक्षमा सन्देश थेवे, सचिवमा रञ्जना ताम्लिङ, सहसचिवमा वीर बहादुर तुम्याङ, र कोषाध्यषमा अम्बिी सौदेन चुनिएका छन् । त्यसैगरी सदस्यहरुमा अनिल बोखिम, हेमकुमार लक्सम्बा, सन्तोष ताङजुम, रामकुमार मावो, जीवन थेवे, टेकबहादुर थेवे, हर्ककुमार मावो, पूर्ण परा, सुजन सिलिम्बो, पूर्ण सिलिम्बो, धिरेन सिलिम्बो, चन्द्र थेवे, अर्जुन थेवे, अमित काङ्भा र देविका मावो तुम्याहाङ निर्वाचित भएको छन् ।

उक्त अधिवेशन तुतु तुम्याहाङ् हरिनारायण सिलिम्बोको अध्यक्षतमा सम्पन्न भएको छ । कार्यक्रममा यवा लाङ, के लाङ, सांस्कृतिक कार्यक्रमहरू पनि देखाइएकाे थियाे भने कार्यक्रम शुरू हुनु पुर्व र्याली समेत निकालिएकाे थियाे ।

सम्बन्धित समाचार

किरात याक्थुङ चुम्लुङ मिक्लाजुङको पाँचौँ अधिवेशनबाट अध्यक्षमा पारस मिभक निर्बाचित

दमक, २७ भदौ । किरात याक्थुङ चुम्लुङ मिक्लाजुङ गाउँपलिकाको पाँचौँ अधिवेशन मिक्लाजुङ–३, निसेलुङस्थित याक्थुङ हिममा सम्पन्न भएको छ। गाउँ शाखाका अध्यक्ष अर्जुनसिंह लिङदेनको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा किरात याक्थुङ चुम्लुङ प्रदेश समितिका सचिव दिलु लिङदेन प्रमुख...

याक्थुङ मुन्चइत चोक सयङद्वारा साधारण तथा आजीवन सदस्यता आह्वान

दमक, २७ भदाैं । याक्थुङ मुन्चइत चोक सयङ (संघीय कार्यसमिति नेपाल) ले याक्थुङ चलचित्रकर्मीहरूका लागि साधारण तथा आजीवन सदस्यता आवेदन खुला गरेको छ। चलचित्र क्षेत्रको संस्थागत एकता, व्यावसायिक विकास, अधिकार तथा हित संरक्षण र चलचित्रकर्मीहरूको साझा...

एसीसी प्रिमियर कपको उपाधि जित्दै नेपाल एसिया कपमा छनोट, फाइनलमा यूएई ४४ रनले पराजित

ललितपुर, २७ भदाैं। नेपालले एसिस प्रिमियर कपको उपाधि जित्दै एसिया कपमा आफ्नो स्थान सुरक्षित गरेको छ। मलेसियाको वायुमास क्रिकेट ओभलमा शनिबार भएको रोमाञ्चक फाइनल खेलमा यूएईलाई ४४ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो। नेपालले यसअघि...

बिर्तामोडमा नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७औँ राष्ट्रिय महाधिवेशन हुने

दमक, २६ भदाैं । नेपाल जनमुक्ति पार्टीको ऐतिहासिक ७ औँ राष्ट्रिय महाधिवेशन आगामी भदौ २७, २८ र २९ गते झापा जिल्लाको बिर्तामोडमा भव्य रूपमा आयोजना हुने भएको छ। 'पूर्ण संघीयता, गणतन्त्र, धर्म निरपेक्षता र पूर्ण समानुपातिक...

;