१६ प्रदेश सांसदद्वारा मुख्यमन्त्री राईविरुद्धको अविश्वास प्रस्ताव फिर्ता

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर। प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राई विरुद्ध अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका एमालेका १६ सांसदले नाम फिर्ता लिएका छन् ।

मंगलबार उनीहरुले प्रदेशसभा सचिवालयलाई पत्र लेखेर अविश्वासको प्रस्तावबाट फिर्ता लिएका हुन् ।

गत पौष १२ गते प्रदेश १ का मुख्यमन्त्री राई माथि अविश्वासको प्रस्ताव सचिवालयमा दर्ता भएको थियो । सर्वोच्च अदालतको फाल्गुन २३ गतेको फैसलाले नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)लाई खारेज गरी नेकपा (एमाले) र नेकपा माओवादी केन्द्रलाई पूर्ववत पार्टीको रुपमा पनुस्र्थापना गरिदिएपछि राजनीतिक परिस्थिति सँगै पूर्व एमालेका सांसदहरुले नाम फिर्ता लिएका छन् ।

सम्बन्धित समाचार

अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको लिए शपथ

ललितपुर, ११ चैत्र । नेपाली कांग्रेसबाट नवनिर्वाचित प्रतिनिधिसभाका ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बुधबार शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले केसीलाई शपथ ग्रहण गराएका हुन् । केसी...

सहिद लाजेहाङको स्मृति सभामा पहिचानवादीहरूले प्रदेश १ काे ‘काेशी’ नाम खारेज गरि पहिचानका आधारमा राख्नुपर्ने माग

माेरङ, १० चैत । ‘काेशी’ नाम खारेजी आन्दोलनका सहिद पदम सुक्वाबा लिम्बु ‘लाजेहाङ’ लाई पहिचानवादीहरूले स्मरण गरेका छन् । लाजेहाङकाे तेस्रो स्मृति दिवसको अवसरमा उनको सम्झना गरिएको हाे । मङ्गलबार बेलबारीमा प्रदेश नम्बरको एक पुनः...

किरात याक्थुङ चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा

दमक, १० चैत्र । याक्थुङ लिम्बु जातिको साझा संस्था किरात याक्थुङ् चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशनको सम्पूर्ण तयारी पुरा भएको छ । मंगलबार झापाको चारआलीस्थित होटल नाङ्लोमा कियाचु संघीय समितिले पत्रकार सम्मेलन गर्दै झापाको भद्रपुर चन्द्रगढीमा...

चुम्लुङकाे १२औं राष्ट्रिय महाधिवेशन झापामा हुँदै

दमक, ४ चैत । किरात याक्थुङ चुम्लुङको १२औं राष्ट्रिय महाधिवेशन चैत १२, १३ र १४ गते तीन दिवसीय हुने भएको छ । झापाकाे भद्रपुर नगरपालिकास्थित चन्द्रगढीमा कियाचु झापाकाे व्यवस्थापन तथा भद्रपुर नगर शाखाको सह–व्यवस्थापनमा १२औं...