कानेपोखरीमा लिम्बुवान मञ्च गठन

 लिम्बुवान न्युज
                       

मोरङ्। संघीय लिम्बुवान मञ्च, नेपाल कानेपोखरी ७ मा वडा समिति विस्तार भएको छ । बुधबार मञ्चका जिल्ला अध्यक्ष दिलु लिङ्देन लावतीको उपस्थितिमा नयाँ कमिटी गठन भएको हो ।

विजय चेम्जोङकाे अध्यक्षतामा १७ सदस्यीय नयाँ समिति गठन भएको छ । समितिको उपाध्यक्षमा प्रविन प्रकाश गुरुङ, सचिवमा ज्ञानेन्द्र सम्बाहाम्फे, सह–सचिवमा निशा लिम्बु (गुरुङ), अर्थ सचिवमा कमल राई रहेका छन् भने सदस्यहरुमा विकास राई, हिमाल प्रकाश गुरुङ, राजेश राई, बसन्त नेम्बाङ, सुक्रबहाजुर खजुम, प्रेम कुमार राई, मंगल लावती, ईन्द्र सम्बाहाम्फे, कुलमान राई, नौराज राई, दिपा थेगिम र झलक तिगेला चयन भएका छन् ।

सोही कार्यक्रमले बुद्धीमान फोम्बो, मिदेन फोम्बो। शेरमान यक्सो, लाल बहादुर लावतीलाई वडा सल्लाहकारमा चयन गरेको छ । यस गठन कार्यक्रममा मञ्चका प्रान्तीय सदस्य थिर बहादुर लावती, जिल्ला सचिव विशाल तिरुवा लगायत नेताहरुको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि लागु हुने

ललितपुर, ७ असार । लामो प्रतीक्षापछि माध्यमिक तहको याक्थुङ (लिम्बू) भाषा अध्ययनका लागि तयार गरिएको ‘याक्थुङ कक्षा ९’ पाठ्यपुस्तक अब आगामी शैक्षिक सत्रदेखि पठनपाठनमा लागू हुने भएको छ। पाठ्यक्रम विकास केन्द्रअन्तर्गत मातृभाषा विषय समितिमा प्रस्तुत...

लिम्बु पत्रकार संघ पान्थर अध्यक्षमा रजनी हाङसरूम्बा

दमक, ७ असार । लिम्बू पत्रकार संघ पान्थरकाे अध्यक्षमा रजनी हाङसरुम्बा निर्वाचित भएका छन्। शनिबार पान्थरकाे फेदेनमा सम्पन्न संघको तेश्रो जिल्ला अधिवेशनले हाङसरुम्बाको अध्यक्षतामा नौ सदस्यीय नयाँ जिल्ला समिति  चयन गरेको हो। उक्त अधिवेशनबाट उपाध्यक्षमा भूपेन योङहाङ, सचिवमा इवारा जेबगु, सहसचिवमा मनेन्द्र केरुङ आहुती र कोषाध्यक्षमा सुष्मा हाङसरुम्बा सर्वसम्मत चयन भएका छन्। यस्तैगरी सदस्यहरूमा इच्छा लिम्बु, तागेरा तावाहाङ, अशाेक लावती र पदम दुःखी सम्बाहाम्फे चयन भएकाे नव निर्वाचित अध्यक्ष हाङसरूम्बाले बताइन् । त्यस्तै प्रदेश महाधिवेशन...

मुक्कुमलुङमा १० हजार विरुवा रोपियो

फुङलिङ, २ असार । ताप्लेजुङस्थित धार्मिक पर्यटकीय स्थल तथा याक्थुङहरुको मुन्धुमी आस्थाको केन्द्र मुक्कुमलुङमा १० हजार विरुवा रोपिएको छ । आइतबार मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ संरक्षण अन्तरदलीय संयुक्त संघर्ष समितिको आयोजनामा सयौं संख्यामा उपस्थित...

हल्दीबारीमा संयुक्त पहिचानवादी मोर्चा गठनः संयोजकमा सन्त थाम्सुहाङ्

दमक, झापा । संयुक्त पहिचानवादी मोर्चा झापा जिल्ला हल्दीवारी गाउँपालिका समिति विस्तार भएको छ । सोमबार हल्दीबारीमा आयोजित एक कार्यक्रमले सन्त थाम्सुहाङको संयोजकत्वमा समिति विस्तार गरिएको हो । समितिमा सहसंयोजक चन्द्र मगर, सदस्यसचिवमा मनकुमार लिङखिम...