माङसेबुङ पालिकाले लोककल्याणकारी विज्ञापन दिने

 लिम्बुवान न्युज
                       

इलाम, १८ फाल्गुन । माङसेबुङ गाउँपालिकाले स्थानीय सञ्चार माध्यमहरुलाई लोककल्याणकारी विज्ञापन उपलब्ध गराउने भएको छ ।

माङसेबुङ गाउँपालिकाको स्थानीय राजपत्रमा गत फागुन ४ गते प्रकाशित स्थानीय सञ्चार माध्यममा लोककल्याणकारी सूचना प्रकाशन तथा प्रशारण कार्यविधि २०७८ प्रकाशित गरेसँगै स्थानीय सञ्चार माध्यमहरु यस सेवाबाट लाभान्वित हुने पक्का भएको हो ।

गाउँपालिकाले प्रकाशन र प्रसारणको लागि उपलब्ध गराउने चेतनामूलक र सूचनामूलक सन्देशलाई सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनका रूपमा प्रकाशन/प्रसारण गरे वापत निश्चित रकम पाउने छन् ।

कार्यविधिमा उल्लेख भए अनुसार लोककल्याणकारी विज्ञापन वापत गाउँपालिकामा दर्ता गरिएको टेलिभिजनले १८ हजार, एफएम रेडियोले १० हजार, दैनिक पत्रिकाले १० हजार, अनलाइन पत्रिकाले १० हजार, अर्ध साप्ताहिक पत्रिकाले ८ हजार, साप्ताहिक पत्रिकाले ६ हजार, पाक्षिक पत्रिकाले ५ हजार ५ सय र मासिक पत्रिकाले ५ हजार रकम मासिक रूपमा पाउने छन् ।

गाउँपालिका कार्यालयले जनहितमा जारी सूचना र सन्देश प्रकाशन प्रसारण भए नभएको बारे अनुगमन गर्न सक्ने कार्यविधिमा उल्लेख छ । साथै सञ्चार माध्यमहरुले लोककल्याणकारी विज्ञापनको सुविधा प्राप्त गर्न तोकिएका शर्त र प्रवधानहरु पूरा गरेको हुनुपर्ने उल्लेख गरेको छ ।

सम्बन्धित समाचार

निर्देशक सागर केरुङलाई स्कटल्याण्डमा “उत्कृष्ट निर्देशक अवार्ड”

ललितपुर, ९ साउन । पूर्व पान्थरमा जन्मिएका बहुप्रतिभाका धनी साहित्यकार, लेखक तथा निर्देशक सागर केरुङलाई ‘उत्कृष्ट निर्देशक अवार्ड’ प्रदान गरिएको छ । गत १९ जुलाई २०२५ मा स्कटल्याण्डको राजधानी एडिन्बरामा प्रथमपटक आयोजना गरिएको ‘नेपाल इन्डिजिनियस...

“पदको महत्वकांक्षाले म राजनीतिमा आएकी होइन”–विद्या भण्डारी

ललितपुर, ९ साउन । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलनको आयोजना गरेकी छिन् । पूर्व राष्ट्रपति भण्डारीले आफूलाई कुनै पदको महत्वकांक्षा र आशक्ति नभएको अब पदको कुनै आशक्ति नरहेको स्पष्ट पारेकी हुन् । शुक्रबार काठमाडौंस्थित कार्की...

केर्खामा ‘सिसेक्पा तङनाम’ भव्य मनाइयाे

बसन्त राज सुब्बा कमल, झापा /  कमलस्थित केर्खा बजारमा याक्थुङ/लिम्बु जातिको मौलिक चार्ड सिसेक्पा तङनाम कार्यक्रम भव्यरूपमा सम्पन्न भएकाे छ ।  साउन २ गते याक्थुङ /लिम्बु जातिको मौलिक चार्ड " सिसेक्पा तङनाम" साउने संक्रान्ती २०८२...

अप्पर तमोर जलविद्युत निर्माण स्थलमा स्थानीयको प्रदर्शन

दमक, ३ असार । ताप्लेजुङ जिल्ला फक्ताङलुङस्थित लिङखिममा निर्माणाधीन अप्पर तमोर जलविद्युत आयोजना निर्माण स्थलमा स्थानीयले विरोध गर्दै प्रदर्शन गरेका छन् । शुक्रवार प्रभावित क्षेत्रका बासिन्दाले उक्त आयोजनाको काम रोक्नुपर्ने माग गर्दैे प्रदर्शन गरेका हुन्...