कमलका देउकुमार राई मृत्युसँग लड्दै, सहयोगको अपेक्षा

 लिम्बुवान न्युज
                       

कमल, १९ फाल्गुन । झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ का ५४ वर्षिय देउकुमार राई मृत्युसँग लडिरहेका छन् । उनी विगत ३ महिनादेखि उपचार अभावका कारण मृत्युसँग जुधिरहेका छन् ।

पीडि़त राईको कलेजो, मृगौला, जन्डिस लगायत रोगहरुले च्यापेका कारण आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारका लागी असहज भएको हो । हालसम्म ६ लाख रुपैयाँ भन्दा बढी खर्च भएकोहुँदा श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्ता भईरहेको श्रीमती कमलदेवी राईले बताइन् ।

अब थप उपचार गर्न ३० देखि ३५ लाख रुपैयाँ लाग्ने डाक्टरको भनाइले आफूलाई अत्यन्तै गाह्रो भएको उनले बताइन् । यतिका ठूलो रकम जुटाउन असमर्थ भएको जनाउँदै बिरामीका श्रीमतीले आफ्नो श्रीमानको जिवन बचाइ दिन आव्हान गरेकी छन् ।

थप उपचारको लागि हाल काठमाडौं निदान अस्पतालमा उपचार गराईरहेको राईको जिवन बचाउन श्रीमती कमलादेवीले आव्हान गरेकि छिन् । बिरामीलाई सम्पर्क गर्न इच्छुक शुभचिन्तकहरुले मोवाइल नम्बर ९८१८२९५०४९ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

सम्बन्धित समाचार

भोटेकोसी बाढीमा बेपत्ता १ हजार ११४ को शव फेला

ललितपुर, १७ भदौ । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला परेको छ । भदौ १० गते आएको बाढीमा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले ९ बजे...

जनमुखी सहकारीको २८औँ वार्षिक साधारण सभा सम्पन्न

दमक, १६ भदाैं । झापाको दमक–६ स्थित जनमुखी सहकारी संस्था लिमिटेडको २८औँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । साेमबार सहकारीको आफ्नै भवनमा आयोजित सभाको उद्घाटन प्रमुख अतिथि ऐश्वर्य तिम्सिनाले गरेका थिए । सभामा संस्थाका...

रसुवा बाढीमा मृत्यु हुनेकाे संख्या ९८७: अझै ३ हजार ९१६ सम्पर्कविहीन

ललितपुर, १६ भदाैं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९ सय ८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९ बजेसम्म उक्त संख्यामा...

ज्वाला इम्बुङले जिते समर मेडिटेशन र्‍यापिड चेस टुर २०२६ को उपाधि

दमक, भदौ १४ । एन्जल होमस्टे समर मेडिटेशन र्‍यापिड चेस टुर-२०२६ को उपाधि झापाका ज्वाला इम्बुङले जितेका छन्। इम्बुङ झापाको विर्तामोडका एक सफल ब्यबसायी पनि हुन् । इलामको श्रीअन्तुमा सम्पन्न प्रतियोगितामा इम्बुङले ४ खेलमा जित र...

;