कमलका देउकुमार राई मृत्युसँग लड्दै, सहयोगको अपेक्षा

,   लिम्बुवान न्युज
                       

कमल, १९ फाल्गुन । झापा जिल्ला कमल गाउँपालिका वडा नं. ३ का ५४ वर्षिय देउकुमार राई मृत्युसँग लडिरहेका छन् । उनी विगत ३ महिनादेखि उपचार अभावका कारण मृत्युसँग जुधिरहेका छन् ।

पीडि़त राईको कलेजो, मृगौला, जन्डिस लगायत रोगहरुले च्यापेका कारण आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले उपचारका लागी असहज भएको हो । हालसम्म ६ लाख रुपैयाँ भन्दा बढी खर्च भएकोहुँदा श्रीमानको उपचार कसरी गर्ने भन्ने चिन्ता भईरहेको श्रीमती कमलदेवी राईले बताइन् ।

अब थप उपचार गर्न ३० देखि ३५ लाख रुपैयाँ लाग्ने डाक्टरको भनाइले आफूलाई अत्यन्तै गाह्रो भएको उनले बताइन् । यतिका ठूलो रकम जुटाउन असमर्थ भएको जनाउँदै बिरामीका श्रीमतीले आफ्नो श्रीमानको जिवन बचाइ दिन आव्हान गरेकी छन् ।

थप उपचारको लागि हाल काठमाडौं निदान अस्पतालमा उपचार गराईरहेको राईको जिवन बचाउन श्रीमती कमलादेवीले आव्हान गरेकि छिन् । बिरामीलाई सम्पर्क गर्न इच्छुक शुभचिन्तकहरुले मोवाइल नम्बर ९८१८२९५०४९ मा सम्पर्क गर्न अनुरोध समेत गरेका छन् ।

सम्बन्धित समाचार

झापा महिला गोल्डकप फुटबलको दोस्रो संस्करण मंसिर ५ देखि, विजेताले ११ लाख पाउने

दमक, ९ कार्तिक । झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगिताको दोस्रो संस्करण आगामी मंसिर पहिलो साताबाट आयोजना हुने भएको छ। आयोजक झापा महिला गोल्डकपले आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिता मंसिर ५ गतेदेखि १२ गतेसम्म...

लिम्बू र मैथिली सहित १३ राष्ट्रभाषाले पाए सरकारी कामकाजको मान्यता: भाषा विधेयक सर्वसम्मतिले पारित

विराटनगर, २४ असोज/ प्रदेश १ कोशी प्रदेशमा भाषिक विविधता र न्यायलाई समेट्दै एक ऐतिहासिक कदम चालिएको छ। कोशी प्रदेशसभाबाट ‘सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ सर्वसम्मतिले पारित भएको छ। यो विधेयक पारित भएसँगै...

नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन सम्पन्न, सुनिल राईको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दमक, २२ असोज । नेपाली कांग्रेस दमक नगर समितिको अधिवेशन आज बिहीबार दमक उद्योग वाणिज्य संघको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ। संविधानसभा सदस्य महेन्द्रा कुमारी सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा डा. खगेन्द्र पाण्डे विशिष्ट...

दमक भेट्रान कपको उपाधी विर्तामोडलाई

दमक, २१ असोज ।  प्रदेश न १ कोशी प्रदेश जिल्लास्तरीय प्रथम दमक भेट्रान च्यालेन्ज कप-२०८३ को उपाधि विर्तामोडले जितेको छ । बुधबार सम्पन्न फाइनल खेलमा आयोजक दमक भेट्रान रातोलाई २-० गोल अन्तरले पराजित गर्दै विर्तामोड च्याम्पियन...

;