दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
फोनिज गण्डकी प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सपथ लिँदै ।
काठमाडौं, १९ फाल्गुन । नेपाल आदिबासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकी र लुम्बिनीको प्रादेशिक महाधिवेशन सम्पन्न भएको छ । बुधार दुवै प्रदेशको महाधिवशेन सम्पन्न भएको हो ।
गण्डकी प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट रुद्रबहादुर श्रीस मगरको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ । महाधिवेशनले उपाध्यक्षद्वयमा क्रमशः खिमा गुरुङ र सूर्यकुमारी महतो (महिला) चयन भए । त्यस्तै महासचिवमा धनबहादुर गुरुङ, सचिवद्वयमा त्रमशः विजय रानामगर (संगठन) र अर्जुन गाहामगर सुशान्त (संस्थागत) र कोषाध्यक्षमा रत्ना गुरुङलाई चयन गरेको हो ।
सदस्यहरुमा क्रमशः गिता रानामगर, कृष्णबहादुर आलेमगर, चेतबहादुर थापामगर (प्रविन), सुरज थापामगर, सुमन थापामगर, शारदा श्रेष्ठ, गणेश गुरुङ (सुरेन), ठोपबहादुर रानामगर र मनलाल गुरुङ चयन भएका हुन् ।
फोनिज लुम्बिनी प्रदेश समितिमा नवनिर्वाचित पदाधिकारी र सदस्यहरु सपथ लिँदै ।
यसैगरी लुम्बिनी प्रदेशको दोस्रो महाधिवेशनले गजेन्द्र गुरुङको अध्यक्षतामा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ । बुधबार नै सम्पन्न प्रदेश महाधिवेशनको बन्दसत्रले गुरुङको नेतृत्वमा समिति चयन गरेको हो । फोनिज लुम्बिनी प्रदेश उपाध्यक्षद्वयमा प्रकाश थापा र तारा पुन (महिला), महासचिवमा प्रतिज्ञा बुढामगर, सचिवद्वयमा शम्भु चौधरी (संगठन) र प्रज्ज्वल श्रेष्ठ (संस्थागत) र कोषाध्यक्षमा सञ्जय गुरुङ चयन भएका हुन् ।
सदस्यहरुमा क्रमशः मिना राना, शिव घर्ती, समिरमान श्रेष्ठ, रविन्द्र्रमान शेरचन, हुमा सूर्यवंशी, र मिना राना छन् । विधानअनुसार थप सदस्य समितिको पहिलो बैठकबाट मनोनित गरिने निवर्तमान प्रदेश अध्यक्ष मिलन गाहाले जानकारी दिए ।
महाधिवेशनको उद्घाटन लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचनले गरेका थिए । प्रद्येश प्रमुख शेरचनले उद्घाटनसत्रलाई सम्बोधन गर्दै आदिबासी जनजाति पत्रकारहरुले आदिबासी अधिकार र सामाजिक सचेतनाका लागि कलम चलाउनुपर्नेमा जोड दिएका थिए । उनले भ्रष्टाचार न्यूनीकरणमा पत्रकारिताको योगदान आवश्यक रहेको चर्चा गरेका थिए ।
फोनिज केन्द्रीय अध्यक्ष डण्ड गुरुङले नेपाली मिडियालाई समावेशी चरित्रको बनाउन फोनिजले अधिकतम कोसिस गरिरहेको बताएका थिए । आदिबासी जनजाति पत्रकारहरुको एकताले सामाजिक रूपान्तरणमा भूमिका खेलिरहेको उनको भनाइ थियो ।
प्रदेश अध्यक्ष मिलन गाहाको अध्यक्षतामा भएको कार्यक्रममा फोनिज संघीय वरिष्ठ उपाध्यक्ष गजुरधन राई, उपाध्यक्ष लक्की चौधरी, महासचिव मनोज घर्तीमगर, सचिव मिलन लिम्बु, पत्रकार अमृत गिरी, मानसिंह विक लगायतले शुभकामना दिएका थिए ।
दमक नगरपालिका नगरसभा तथा १९औं अधिवेशन असार १० गते बुधबार सम्पन्न ।
दमक, १४ असार। नेपाली चलचित्र क्षेत्रमा दुई दशकभन्दा लामो समयदेखि लेखन, निर्देशन तथा निर्माणमा सक्रिय चलचित्रकर्मी सागर केरुङ सम्मानित भएका छन्। आइतबार सुनसरीको रामधुनी नगरपालिका–झुम्कास्थित म्याजिक सिनेमाको सभाहलमा आयोजित “चलचित्रकर्मी सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०८३” का...
दमक, झापा । इलामको चुलाचुली गाउँपालिकाले लिम्बु भाषा कामकाजी घोषणा गर्ने दोस्रो पालिका बन्ने भएको छ । पालिकाले आउँदो आर्थिक वर्ष २०८३÷०८४ देखि लिम्बू (याक्थुङ) भाषालाई सरकारी कामकाजको भाषा बनाउने भएपछि दोस्रो पालिका बन्न लागेको...
विर्तामाेड, ७ असार । आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) झापाको आयोजनामा बिर्तामोडमा आयोजित "झापामा सञ्चार: नीति र बजारको प्रभाव" विषयक महत्वपूर्ण अन्तरक्रिया कार्यक्रममा नेपाल पत्रकार महासङ्घ झापा शाखाको अध्यक्षको हैसियतमा अतिथिका रूपमा सहभागी भई विचार...