लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको छ ।

मञ्चको प्रान्तीय कार्यालय विगतमा इटहरीमा रहेको थियो । प्रान्तीय कार्यालयलाई सहज र सरलढंगबाट संचालन गर्न सजिलो र नौं वटा जिल्लालाई केन्द्र मानेर विगतमा लामो समय दमक मै कार्यालय रहेर काम गर्न सजिलो भएको हुँदा गत मंसिरको तेस्रो प्रान्तीय अधिवेशन सम्पन्न पश्चात बसेको पदाधिकारी बैठकले दमकबाटै कार्यालय संचालन गर्ने निर्णय भई कार्यान्वयनमा जुटेको स्रोतले बताएको छ ।

मञ्चका प्रान्तीय कार्यालयले जिल्ला, क्षेत्र, नगर र वार्ड, टोल लगायत जनवर्गीय संगठनहरुलाई चलायमान गर्ने महत्वपूर्ण कार्यहरु यो कार्यलयबाट हुने जनाइएको छ । स्थानीय लगायत सबै निर्वाचनलाई लक्षित गर्दै कार्यालय नयाँ व्यवस्थापनका साथ अघि बढाउने प्रान्तीय महासचिव भानु भट्टराईले बताए । कार्यालयबाट मुख्य गरी संगठन स्कुल र प्रशिक्षण लगायत नेतृत्व विकास गर्ने जस्ता अति महत्वपूर्ण कार्यक्रमहरु प्रत्येक महिना ४ देखि ५ वटा अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने तयारी समेत भईरहेको उनले बताए ।

पार्टी संगठनलाई गाउँगाउँ पु¥याउने, पार्टीको संघीय सामुदायिक समाजवाद, संघीय सहअस्तित्ववाद र संघीय इकोइकोनोमी विचारधारालाई जनताको घरघरमा पु¥याउँदै नयाँ राजनीतिक विचार संस्थागत गर्न नेताहरुलाई क्रियासिल बनाउन यो कार्यालयको प्रमुख लक्ष्य रहेको समेत उनको भनाइ छ ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...