लिम्बुवान प्रान्तीय कार्यालय फाल्गुन २५ बाट शुभारम्भ

 लिम्बुवान न्युज
                       

दमक, २० फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गत संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपालको प्रान्तीय कार्यालय फाल्गुन २५ गतेबाट शुभारम्भ गरिने जनाइएको छ । मञ्चका संघीय अध्यक्ष कुमार लिङ्देन मिराकको उपस्थितिमा कार्यालय शुभारम्भ गर्ने बताइएको छ ।

मञ्चको प्रान्तीय कार्यालय विगतमा इटहरीमा रहेको थियो । प्रान्तीय कार्यालयलाई सहज र सरलढंगबाट संचालन गर्न सजिलो र नौं वटा जिल्लालाई केन्द्र मानेर विगतमा लामो समय दमक मै कार्यालय रहेर काम गर्न सजिलो भएको हुँदा गत मंसिरको तेस्रो प्रान्तीय अधिवेशन सम्पन्न पश्चात बसेको पदाधिकारी बैठकले दमकबाटै कार्यालय संचालन गर्ने निर्णय भई कार्यान्वयनमा जुटेको स्रोतले बताएको छ ।

मञ्चका प्रान्तीय कार्यालयले जिल्ला, क्षेत्र, नगर र वार्ड, टोल लगायत जनवर्गीय संगठनहरुलाई चलायमान गर्ने महत्वपूर्ण कार्यहरु यो कार्यलयबाट हुने जनाइएको छ । स्थानीय लगायत सबै निर्वाचनलाई लक्षित गर्दै कार्यालय नयाँ व्यवस्थापनका साथ अघि बढाउने प्रान्तीय महासचिव भानु भट्टराईले बताए । कार्यालयबाट मुख्य गरी संगठन स्कुल र प्रशिक्षण लगायत नेतृत्व विकास गर्ने जस्ता अति महत्वपूर्ण कार्यक्रमहरु प्रत्येक महिना ४ देखि ५ वटा अभिमुखीकरण कार्यक्रमहरु संचालन गर्ने तयारी समेत भईरहेको उनले बताए ।

पार्टी संगठनलाई गाउँगाउँ पु¥याउने, पार्टीको संघीय सामुदायिक समाजवाद, संघीय सहअस्तित्ववाद र संघीय इकोइकोनोमी विचारधारालाई जनताको घरघरमा पु¥याउँदै नयाँ राजनीतिक विचार संस्थागत गर्न नेताहरुलाई क्रियासिल बनाउन यो कार्यालयको प्रमुख लक्ष्य रहेको समेत उनको भनाइ छ ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;