चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

मेयङलुङ, २० फाल्गुन । किरात याक्थुङ चुम्लुङ तेह्रथुमको विभिन्न कार्यक्रमहरु सम्पन्न भएका छन । जिल्ला चुम्लुङहिममा सम्पन्न कार्यक्रममा छात्रवृत्ति वितरण, मेयङलुङ चुम्लुङ नगर समितिको कार्यलय उद्घाटन लगायतका कार्यक्रमहरु भएको थियो ।

चुम्लुङ तेह्रथुम अध्यक्ष सेसेहाङ हुक्पाचोङबाङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा छात्रवृत्ति तर्फ किरात याक्थुङ चुम्लुङ केन्द्रिय कार्यालयमा स्थापित सुमित्रा वान्तावा आङ्देम्बे छात्रवृत्ति कोषबाट श्री सिंहवाहिनी माध्यमिक विद्यालय मेयङ्लुङ्मा अध्ययनरत विद्यार्थी कक्षा ८ का छात्रा विनु लिम्बू निङ्लेकु र कक्षा ११ का छात्रा करुणा लिम्बू खापुङलाइ क्रमश रु ५०००/अक्षरेपी पाँच हजार र रु ७०००/ अक्षरेपी सात हजार रुपैया चुम्लुङ लिम्बुवान प्रदेश समिति उपाध्यक्ष टंकमाया तिगेला र चुम्लुङ जिल्ला सल्लाहकार इन्द्रबहादुर तुम्बाहाङ्फेको हस्तबाहुली बाट वितरण कार्यक्रम सम्पन्न गरियो ।

त्यसै गरि कियाचु मेयङलुङ नगर कार्यसमितिको कार्यालय चुम्लुङ हिम तेह्रथुममै रहने गरि लिम्बुवान प्रदेश उपाध्यक्ष टंअकमाया तिगेलाले उद्घाटन गर्नुभएको थियो । त्यस्तै आज नै जिल्ला चुम्लुङ्मा मनोनीत गर्न बाकी ४ सदस्यहरु स्वयम सिङ्जागो, डम्बर पङयाङ्गु, मोहन सिह सिङगक र करिना थलङलाई जिल्ला सदस्यमा मनोनीत गरेको छ भने जिल्ला चुम्लुङ ७ सदस्यीय समेत गठन गरेको छ उक्त सदस्यहरुमा क्रमश खिनराज इम्सङ, सुमन सेने, राजकुमार खापुङ, युनिका लिम्बू, मदन लिम्बु बम ब लिम्बू र लोक ब. लिम्बू रहनुभएको छ । कार्यक्रममा चुम्लुङ जिल्ला पदाधिकारी सदस्य तथा नगर समिति लगायतको उपस्थिति रहेको थियो ।

सम्बन्धित समाचार

बिएण्डसीबाट मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु

दमक,झापा /  झापाको विर्तामोडस्थित बिएण्डसी मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले मुटु रोगीका लागि निःशुल्क औषधी उपचार सेवा शुरु गरेको छ । अस्पतालले असार २२ गते आइतबारबाट सेवा लागू हो । यो उपचार सेवा नेपाल सरकारको...

चर्चासँगै विवादमा रहेकाे ‘दमक भ्यू टावर’मा भ्रष्टाचार भएको स्थानीय पत्रकारले लगाए आराेप

दमक, २६ असार । झापाको दमकमा अवस्थित ‘भ्यू टावर’ मा सङ्गठित भ्रष्टाचार भएको भन्दै सरोकारवालाहरूले छानबिनको माग गरेका छन् । दमक ५ का स्थानीय तथा सञ्चारकर्मी अबिन मेयाङ्ग्वोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू...

मेचु धिमालकाे म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ सार्वजनिक

दमक, २४ असार । लिम्बू भाषामा तयार पारिएको नयाँ म्युजिक भिडियो ‘आदाङ्बे सेवारो’ आइतबार सार्वजनिक गरिएको छ। गायिका तथा निर्देशक मेचु धिमालको युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो । गीतमा असित थेगिम र यासेली योङहाङको...

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...