कन्काई लिम्बुवान अध्यक्षमा हस्तबहादुर वनेम निर्वाचित

 लिम्बुवान न्युज
                       

दमक, २१ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल कन्काई नगरको दोस्रो अधिवेशन सम्पन्न भएको छ । शुक्रबार कन्काईको दुर्गापुरीमा आयोजित अधिवेशनबाट हस्तबहादुर वनेमको अध्यक्षतामा १९ सदस्यीय नयाँ कार्यसमिति चयन भएको हो ।

मञ्चका उपाध्यक्ष ज्ञान बहादुर इम्बुङको प्रमुख आतिथ्यतामा गठित नयाँ कार्य समितिको उपाध्यक्षहरुमा सुवास मावो, छत्र बहादुर कुरुम्बाङ, तुलबहादुर सोनाङ राई, सचिवमा बसन्त मेन्याङ्बो र अर्थसचिवमा सरिता खजुम निर्वाचित भएको छ ।

त्यसैगरी समितिको सदस्यहरुमा कर्ण बहादुर फावेन, काजीमान मावो, बलबहादुर नेम्बाङ, लिला खजुम, नविन पोख्रेल, जर्तन किस्कु, सम्पतलाल खवास, तुलसा निङलेखु (तामाङ), इन्द्रकुमारी कुलुङ, रनमाया फोम्बो, थुमिना राई, सत्यकला राई र मालती इजम लिम्बु रहेका छन् ।

आज आयोजित उक्त कार्यक्रमको विशिष्ट अतिथिमा प्रान्तीय सचिव भक्त मेन्याङबो, प्रदेश सचिव भविराज तुम्सा, त्यसैगरी अतिथिहरुमा झापा जिल्ला अध्यक्ष नगेन राई, उपाध्यक्ष राजा आङथुपो, जिल्ला सचिवालय सदस्यहरु प्रेमकुमार फोम्बो, सल्लाहकार राम थपलिया लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रम नगर अध्यक्ष हाङविर कुलुङको सभाध्यक्षतामा भएको थियो । त्यसैगरी स्वगत मन्तव्य नगरउपाध्यक्ष हस्त बनेमले गरेका थिए भने संचालन बसन्त मेन्याङबोले गरेका थिए ।

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...