दमक १ मा लिम्बुवान मञ्चको प्रशिक्षण कार्यक्रम सम्पन्न

 लिम्बुवान न्युज
                       

दमक, २२ फाल्गुन । संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल दमक वडा नं. १ ले एकदिन राजनैतिक प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मञ्चका प्रान्तीय उपमहासचिव धनराज सुब्बाले मञ्चको सांगठानिक संरचना, अर्थनीति र राजनैतिक दर्शनबारे प्रशिक्षण गराएका थिए ।

शनिबार आयोजित कार्यक्रम मञ्चको वडा नं. १ का अध्यक्ष उदय माङ्लाकको सभाध्यक्षतामा आयोजित कार्यक्रममा दमक नगर अध्यक्ष याम लिम्बु, उपाध्यक्ष टंक केरुङ् लगायत नेताहरुले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा वडाका ४० भन्दा धेरै नेता कार्यकर्ताहरुले प्रशिक्षण लिएका थिए ।

दमकमा विगत ३० बर्ष देखी ब्रिटिस ल्याङ्वेज संचालन गरेर बसेका सुब्बासँग शिक्षण पेशामा लामो अनुभव रहेको छ । दमकमा कुनै ताका ल्याङ्वेज सेन्टरको नाम लिनु पर्दा ब्रिटिस कै पहिलो पंक्तीमा आउँथ्यो । उनै सुब्बा पहिचान, संघीयता, लिम्बुवानसँग १०+१ प्रान्त हुनुपर्छ भनेर विगत १५ बर्ष देखि निरन्तर पहिचानको राजनीतिमा खटिरहेका नेता हुन् ।

कार्यक्रममा दमक नगर सल्लाहकार गुमानसिंह सम्बाहाम्फे, नगर अर्थसचिव सीता केरुङ् लगायत नेताहरुको पनि उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

काङसोरे पुरस्कार स्व. इमानसिङ् चेम्जोङ्लाई

ललितपुर, २१ असार । लिम्बुवान नागरिक समाज यूकेले तिन बर्षमा प्रदान गर्दै आईरहेको काङ्सोरे पुरस्कार इतिहासकार, साहित्यकार, भाषाविद् स्व इमानसिंह चेम्जोङलाई प्रदान गरेको छ । यस वर्ष स्व.चेम्जोङलाई मरणोपरान्त पुरस्कार प्रदान गरिएको हो । शनिवार...

फक्ताङलुङ सांस्कृतिक मञ्चको अध्यक्षमा मोहन मादेन निर्वाचित

ललितपुर, २१ असार । फक्ताङलुङ सांस्कृतिक मञ्चको पाँचौं राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ । ललितपुरस्थित किरात याक्थुङ चुम्लुङको संघीय कार्यालयमा शनिबार मोहन मादेनको अध्यक्षतामा नयाँ कार्य समिति चयन गठन भएको हो । नेपाल प्रज्ञा प्रतिष्ठानका...

लिम्बु भाषाकाे लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न

ललितपुर, १९ असार । याक्थुङ/लिम्बू भाषामा निर्माण गरिएको लघु चलचित्र ‘तङ्सिङ्’ को छायांकन  सम्पन्न भएको छ। पान्थर र काठमाडौँ जिल्लाका विभिन्न ऐतिहासिक स्थलहरूमा छायाँकन सम्पन्न भएको हो। याक्थुङ मुन्चइत चोक सयङकाे निर्माण तथा चलचित्र विकास...

राष्ट्रिय झण्डा र त्रिशुल लडाएको प्रति पत्रकार सम्मेलन गरेर आपत्तिः कारबाहीको माग

दमक, १५ असार ।  मोरङको पथरीशनिश्चरे—१० स्थित किरात युमा माङहिमले धार्मिक आस्थाको लागि राखिएको त्रिशुल र नेपालको राष्ट्रिय झण्डा लडाउनेहरुको खोजी गरेर कारबाहीको माग गर्दै शनिबार पत्रकार सम्मेलनको आयोजना गरेरै आक्रोश व्यक्त गरेका छन् ।...