लिम्बुवान मञ्चकाे ललितपुर अध्यक्षमा डम्बर यक्सो निर्वाचित

,   लिम्बुवान न्युज
                       

ललितपुर, २३ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च अन्तर्गतको संघीय लिम्बुवान प्रान्तीय मञ्च, नेपाल ललितपुर जिल्ला विशेष कार्य समिति चयन भएको छ । आज आइतबार ललिपुरस्थित युङचा हिममा आयोजित प्रथम जिल्ला अधिवेशनले यक्सोको अध्यक्षतामा कार्यसमिति चयन गरेको हो ।

मञ्चका संघीय अध्यक्ष कुमार लिङदेन मिराकको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मञ्चका उपाध्यक्ष विष्णु यक्सो विशिष्ट तिथिको रुपमा उपस्थित रहनु भएको थियो । कार्यक्रममा मञ्चका संघीय सचिव चन्द्र कन्दङवा, अर्थसचिव सूर्यमान आङबुहाङ, सह–सचिव सागर केरुङ् लगायत नेताहरुले नवनिर्वाचित समितिलाई बधाइ दिएका थिए ।

आज आयोजित अधिवेशनले अध्यक्ष यक्सोसँगै उपाध्यक्षहरुमा धनहाङ आङबुहाङ, गंगा लिवाङ मादेन, सचिवमा रमेश लक्सम, सहसचिवमा सन्ध्या राई, अर्थसचिवमा असिम नेम्बाङ् निर्वाचित भएका छन् ।

यसरी नै सदस्यहरु चित्रबहादुर सिगु, सुभाङ्सिङ नेम्बाङ, नवीन राइ, अमृत जबेगु, प्रकाश चेम्जोङ, खगेन्द्र आङ्बुहाङ, राजेन्द्र यक्सो, निमा तामाङ, कृष्ण लामा, शिवलाल तामाङ, आशिष राई, पल राई, सनम शेर्पा र सन्देश सेनेहाङ निर्वाचित भएको काठमाडौं उपत्यका अध्यक्ष मिक्तोक इवाले बताए ।

कार्यक्रममा मञ्चको संघीय तथा तामाङसालिङ मञ्च, शेर्पा प्रान्त र काठमाडौं उपत्यकाका नेताहरुको उपस्थिति रहेको थियो ।

 

 

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;