चुम्लुङको ११औँ महाधिवेशन फेदेनमा हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २४ फाल्गुन । लिम्बु जातीहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङको ११औँ महाधिवेशन आगामी फाल्गनु २८, २९ र ३० गते पान्थरको फेदेनमा हुने भएको छ ।

यो महाधिवेशनबाट चुम्लुङको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन सम्पन्न गर्न विविध विषयहरुमा गम्भिर छलफल र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको चुम्लुङ केन्द्रीय सचिवालय टिमले जानकारी दिएको छ ।

हाल कियाचुको १३ वटा जिल्ला कार्यसमिति र २ वटा प्रादेशिक समिति रहेको छ । त्यसैगरी विभिन्न प्रवासहरुमा समेत चुम्लुङ् सक्रिय रहेको छ । यस्तैगरी ६ वटा विषयगत समितिहरु रहेको छ । लिम्बू सांस्कृतिक परिषद्, लिम्बुवान अध्ययन केन्द्र, लिम्बू भाषा, साहित्य प्रतिष्ठान, पुनःजीवन केन्द्र, याक्थुङ सहयोग कोष र उपत्यका एम्बुलेन्स सेवा यसको विषयगत समितिहरु हुन् ।

यसबीचमा विषयगत समितिहरुले आफूहरुले केन्द्रीय समितिमा प्रतिनिधित्व पाउनु पर्ने आवाज उठाउँदै आएको छ । विषयगत समितिहरु कियाचुको विधानमा रहेर आफ्नै छुट्टै विनियामवलीमा सञ्चालित हुँदै आइरहेको छ तर केन्द्रीय समितिमा प्रत्यक्ष सहभागीता हुँदैन् ।

जिल्ला कार्यसमिति र प्रादेशिक समितिबाट केन्द्रको लागि एक महिला र एक पुरुष रहने गरी केन्द्रीय सदस्यमा आउनु पाउने व्यवस्था छ । यस्तै पदाधिकारीको हकमा भने एक कार्यकाल केन्द्रीय समितिमा काम गरेकोले मात्र पाउने व्यवस्था गरिएको छ । अध्यक्षको भने दुई कार्यकाल गर्न पाउने व्यवस्था रहेको छ । हालका अध्यक्ष योगराज वनेमको एक कार्यकाल मात्र पूरा भएको छ भने नेतृत्व टिम कस्तो आउँछ भन्ने सबैमा चासोको विषय बनेको छ ।

यतिबेला लिम्बू समुदायको प्रतिनिधिमुलक साझा संस्था भन्ने चुम्लुङले आम समुदायको साझा नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्छ भन्ने पनि बहस शुरु भएको छ ।

चुम्लुङको हरेक ३÷३ वर्षमा महाधिवेशन हुने व्यवस्था विधानमा रहेतापनि विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष फाल्गुनमा हुने महाधिवेशन विधानले व्यवस्था गरे अनुसार एक वर्ष समय थपिएको थियो । थपिएको समय अवधि यहि फाल्गुनमा सकिन्दैछ । यसअघि दशौँ महाधिवेशन सुनसरी, धरानमा भएको थियो ।

सम्बन्धित समाचार

माङ्सेबुङमा जेठ १२ देखि लिम्बू भाषा सरकारी कामकाजीमा कार्यान्वयन गर्दै

माङ्सेबुङ : इलामको माङ्सेबुङ गाउँपालिकाले यही जेठ १२ गतेदेखि लिम्बू भाषालाई सरकारी कामकाजको भाषाका रुपमा कार्यान्वयन गर्ने भएको छ। माङ्सेबुङ गाउँपालिकाले पत्रकार सम्मेलन गरी लिम्बू भाषा कामकाजी कार्यान्वयनको तयारीबारे जानकारी गराएको हो। पालिका अध्यक्ष हेमन्त...

केबलकारको विरोधमा अन्तरक्रिया कार्यक्रम:१६ गते मुक्कुमलुङमा वृक्षारोपण 

ताप्लेजुङ । पवित्र धर्मिक तिर्थस्थल मुक्कुमलुङमा निर्माणधीन केबलकार परियोजनाको विरोधमा जिल्लास्थित राजनीतिक दल, सामाजिक अगुवा तथा विभिन्न सरोकारवाला पक्षबीच छलफल तथा अन्तरक्रिया कार्यक्रम भएको छ। मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ अन्तरदलीय संरक्षण सङ्घर्ष समितिको आयोजनामा...

बहुआयामिक स्रष्टा सागर केरुङको सिर्जना ६ कृति एकसाथ विमोचन

दमक, झापा । याक्थुङ समुदायका प्राज्ञिक व्यक्तित्व तथा बहुआयामिक स्रष्टा सागर केरुङका ६ ओटा महत्वपूर्ण कृतिहरू एकैसाथ विमोचन भएका छन् । याक्थुङ प्रज्ञा प्रतिष्ठान नेपालको आयोजनामा गत बैशाख २६ गते शनिवार पाँचथरको फिदिममा सम्पन्न विशेष...

मुक्कुमलुङमा केवलकार निर्माण खारेजीको माग गर्दै माइतीघरमा प्रदर्शन

ललितपुर, ताप्लेजुङस्थित धार्मिक तथा सांस्कृतिक आस्थाको केन्द्र मुक्कुमलुङमा निर्माण गर्न लागिएको केवलकार परियोजनाको विरोधमा काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरिएको छ । याक्थुङ (लिम्बु) समुदायको आस्थाको धरोधर मास्न पाइदैन भन्दै आदिवासी जनजाति महासंघ, किरात याक्थुङ चुम्लुङ...