चुम्लुङको ११औँ महाधिवेशन फेदेनमा हुँदै

 लिम्बुवान न्युज
                       

लिम्बुवानखबर, २४ फाल्गुन । लिम्बु जातीहरुको सर्वोच्च संस्था किरात याक्थुङ चुम्लुङको ११औँ महाधिवेशन आगामी फाल्गनु २८, २९ र ३० गते पान्थरको फेदेनमा हुने भएको छ ।

यो महाधिवेशनबाट चुम्लुङको नयाँ नेतृत्व चयन हुनेछ । महाधिवेशन सम्पन्न गर्न विविध विषयहरुमा गम्भिर छलफल र निर्णयहरु अगाडि बढाउने तयारी भइरहेको चुम्लुङ केन्द्रीय सचिवालय टिमले जानकारी दिएको छ ।

हाल कियाचुको १३ वटा जिल्ला कार्यसमिति र २ वटा प्रादेशिक समिति रहेको छ । त्यसैगरी विभिन्न प्रवासहरुमा समेत चुम्लुङ् सक्रिय रहेको छ । यस्तैगरी ६ वटा विषयगत समितिहरु रहेको छ । लिम्बू सांस्कृतिक परिषद्, लिम्बुवान अध्ययन केन्द्र, लिम्बू भाषा, साहित्य प्रतिष्ठान, पुनःजीवन केन्द्र, याक्थुङ सहयोग कोष र उपत्यका एम्बुलेन्स सेवा यसको विषयगत समितिहरु हुन् ।

यसबीचमा विषयगत समितिहरुले आफूहरुले केन्द्रीय समितिमा प्रतिनिधित्व पाउनु पर्ने आवाज उठाउँदै आएको छ । विषयगत समितिहरु कियाचुको विधानमा रहेर आफ्नै छुट्टै विनियामवलीमा सञ्चालित हुँदै आइरहेको छ तर केन्द्रीय समितिमा प्रत्यक्ष सहभागीता हुँदैन् ।

जिल्ला कार्यसमिति र प्रादेशिक समितिबाट केन्द्रको लागि एक महिला र एक पुरुष रहने गरी केन्द्रीय सदस्यमा आउनु पाउने व्यवस्था छ । यस्तै पदाधिकारीको हकमा भने एक कार्यकाल केन्द्रीय समितिमा काम गरेकोले मात्र पाउने व्यवस्था गरिएको छ । अध्यक्षको भने दुई कार्यकाल गर्न पाउने व्यवस्था रहेको छ । हालका अध्यक्ष योगराज वनेमको एक कार्यकाल मात्र पूरा भएको छ भने नेतृत्व टिम कस्तो आउँछ भन्ने सबैमा चासोको विषय बनेको छ ।

यतिबेला लिम्बू समुदायको प्रतिनिधिमुलक साझा संस्था भन्ने चुम्लुङले आम समुदायको साझा नेतृत्वदायी भूमिका कसरी निर्वाह गर्छ भन्ने पनि बहस शुरु भएको छ ।

चुम्लुङको हरेक ३÷३ वर्षमा महाधिवेशन हुने व्यवस्था विधानमा रहेतापनि विश्वव्यापी कोरोना भाइरस महामारीको कारण गत वर्ष फाल्गुनमा हुने महाधिवेशन विधानले व्यवस्था गरे अनुसार एक वर्ष समय थपिएको थियो । थपिएको समय अवधि यहि फाल्गुनमा सकिन्दैछ । यसअघि दशौँ महाधिवेशन सुनसरी, धरानमा भएको थियो ।

सम्बन्धित समाचार

ताप्लेजुङ जिल्ला आजबाट अनिश्चितकालीन बन्द

दमक, झापा, ०४ जेष्ठ । विगत नौं बर्ष देखि मुक्कुमलुङ नामाकरणको माग गर्दै ताप्लेजुङ्मा आन्दोलन जारी छ । त्यस क्षेत्रका रैथाने आदिवासी जनजातिहरुको पहिचान र अस्तित्व नै नामेट पार्दै पाथिभरा नामाकरणसँगै ताप्लेजुङमा आन्दोलनले मुर्त रुप...

सहकारीहरूबीच एकीकरणकाेलागि स्थानीय सरकारद्वारा आग्रह

दमक/ सहकारी संस्थाका बिद्यमान समस्याहरुको समाधानका लागि सहकारीहरुबीचको सहकार्यमा जोड दिँदै एकीकरणका लागि समेत पहल कदमी लिन दमकका सहकारी संस्थाहरुलाई स्थानीय सरकारले आग्रह गरेको छ । नगरपालिकाले सहकारी संस्थाहरुबीचको एकीकरण प्रकृया र यसबाट हुने फाइदाहरुका...

उपप्रधानमन्त्री यादवले बुझाए राजीनामा

दमक, ३१ वैशाख । उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले राजीनामा दिएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष समेत रहेका यादवले सोमबार राजीनामा पत्र पठाएका हुन् । ‘करिब...

झापाको पत्रकारिताः पुस्तक परिचर्चा र सम्मान

बिर्तामोड, झापा। नेपाल पत्रकार महासंघ झापाद्धारा प्रकाशित ‘झापाको पत्रकारिताः आरम्भदेखि २०४०’ पुस्तकको परिचर्चा कार्यक्रम  विहीबार बिर्तामोडमा सम्पन्न भयो । नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरीको अध्यक्षतामा भएको कार्यक्रमको उद्घाटन प्रमुख अतिथि झापा जिल्ला अदालतका...