संकटा क्लब झापा गोल्डकपको सेमीफाइनलमा प्रवेश

 लिम्बुवान न्युज
                       

विर्तामोड, २४ फाल्गुन । संकटा क्लब काठमाडौँ जारी नेपाल आइस पाँचौँ झापा गोल्ड कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
मंगलबार बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालामा भएको खेलमा थ्री स्टार क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै संकटाले सेमिफाइनल यात्रा तय गरेको हो ।

संकटाको जितका लागि विदेशी खेलाडी यानिक र फोडे फोफोनाले गोल गरे । खेलको २५औँ मिनेटमा डिबक्सभित्रबाट यानिकले प्रहार गरेको गोलले पोस्टको दिशा पायो । पहिलो हाफ १–० को अग्रता बनाएको संकटाले दोस्रो हाफमा थप एक गोल ग¥यो । खेलको ६३ औँ मिनेटमा फोडे फोफोनाले अर्को गोल थपे ।

४६ औँ मिनेटमा थ्री स्टारका रितिक खड्काले डिएरियाबाट गरेको प्रहार विपक्षी गोलरक्षकले बचाउ गरे । खेलको ७० औँ मिनेटमा संकटाका उत्तम राईले गरेको प्रहार विपक्षी गोलरक्षक प्रिसोले बचाउ गरे । ७५ औँ मिनेटमा थ्री स्टारका सञ्जोक राईले गरेको हेडर विपक्षी गोलरक्षकले सहजै नियन्त्रणमा लिए ।

मंगलबारको खेलको प्लेयर अफ द म्याच संकटाका गोलरक्षक रोहित कार्की भए । उनले नगद ९ हजार ९९९ रुपैयाँ पाए । खेलपछि भएको पोस्ट म्याच कन्फ्रेन्समा थ्री स्टारका प्रशिक्षक रविन्द्र सिल्पकारले लिगपछि लामो ग्यापमा मैदानमा उत्रिँदा तालमेल हुन नसकेको बताए ।
त्यस्तै, विजयी टोली संकटाका प्रशिक्षक सल्यान खड्गीले खेल निकै प्रतिस्पर्धात्मक भएको बताए । उनले संकटाले पहिलो हाफमा गरेको गोल नै ‘टर्निङ प्वाइन्ट’ भएको बताए ।

बुधबारको क्वार्टर फाइनल खेल त्रिभुवन आर्मी फुटबल क्लब र भारत दार्जिलिङको एम एफसीबीच हुने आयोजकका अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।
आयोजकले मंगलबार अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर महिला दर्शकलाई प्रवेश निःशुल्क गरेको थियो । त्यस्तै आजको कार्यक्रमको अध्यक्ष, प्रमुख अतिथि तथा सबै अतिथिहरु महिलाहरु मात्र थिए ।

यस्तै झापा गोल्ड कपले ११२ औँ अन्तर्राष्ट्रिय महिला श्रमिक दिवसको अवसर पारेर अखिल नेपाल महिला फुटबल संघकी अध्यक्षलाई सम्मान गरेको छ ।
मंगलबार डोमालाल राजवंशी रंगशालामा भएको दोस्रो क्वार्टर फाइनल खेलको मध्यान्तरमा संघकी अध्यक्ष बिन्द्रा देवानलाई नगद ११ हजार रुपैयाँसहित सम्मान गरिएको महासचिव गजेन्द्रबहादुर पौडेलले जानकारी दिए ।

लामो समयदेखि महिला फुटबलमा पुर्याएको योगदानको कदर गर्दै झापा गोल्ड कपले झापा दमक निवासी देवानलाई सम्मान तथा पुरस्कृत गरेको हो ।
देवानलाई कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ डा। डिला संग्रौला, झापा गोल्ड कपका अध्यक्ष विनोद बस्नेत र कार्यक्रम संयोजक तिलोत्तमा खत्रीले सम्मानपत्र प्रदान गरेका थिए ।

सम्बन्धित समाचार

विकासलाई नकारात्मक नजरले नहेर्न कमलका अध्यक्ष राईको आग्रह

दमक, २९ भदाैं । कमल गाउँपालिकाका अध्यक्ष हुकुमसिंह राईले पालिकाको विकास निर्माणलाई नकारात्मक दृष्टिकोणले मात्र हेर्ने प्रवृत्ति त्याग्न आग्रह गर्नुभएको छ। आलोचना, रचनात्मक सुझाव र कामको सही मूल्यांकन फरक विषय भएको उल्लेख गर्दै उहाँले बोल्नु...

युमा साम्याे महासभा नेपालकाे दाेस्राे महाधिवेशन लिम्बुवानकाे धरानमा हुँदै

दमक, २८ भदौ । सुनसरी धरानमा युमा साम्यो महासभा नेपालको महाधिवेशन शुरु भएको छ । उपमहानगरपालिका वडा नम्बर १५ अध्यक्ष नरेश इङ्वारमकाे प्रमुख आतिथ्य एवम् महासभा नेपालका अध्यक्ष देवेन्द्र फागाे वनेमकाे अध्यक्षतामा महाधिवेशन भइरहेको छ...

आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३ बाट रीता राराहाङ राई पुरस्कृत

दमक, २८ भदाैं । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामले प्रदान गर्ने ‘आदिवासी जनजाति योगदान पत्रकारिता पुरस्कार-२०८३’ बाट मातृभाषी पत्रकार रीता राराहाङ राई पुरस्कृत भएकी छन्। इलाम सदरमुकाममा शनिबार आयोजित एक विशेष कार्यक्रमका बिच...

किरात राई यायोक्खा मोरङको अध्यक्षमा पुनः केदार चाम्लिङ राई सर्वसम्मत निर्वाचित

दमक, २८ भदाैं । किरात राई यायोक्खा मोरङको शनिबार पथरीमा सम्पन्न ८ औं जिल्ला अधिवेशनबाट केदार चाम्लिङ राई पुनः अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित हुनुभएको छ। यससँगै राई लगातार दोस्रो कार्यकालका लागि अध्यक्ष बन्नुभएको हो। यसअघि जिल्ला...

;