संघीय मञ्चको उपत्यका महिला मञ्च गठन तथा नारी दिवसको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

,   लिम्बुवान न्युज
                       

काठमाडौं, २४ फाल्गुन । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चको उपत्यका सम्पर्क मञ्च गठन भएको छ । मंगलबार काठमाडौं शम्भूमार्गस्थित पार्टी कार्यालयमा आयोजित कार्यक्रमबाट पासाङ लामाको अध्यक्षतामा १६ सदस्यीय कार्य समिति गठन भएको हो ।

मञ्चका संघीय सचिव चन्द्र कन्दङवा लावासाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमले उपाध्यक्षमा बसन्ती बि.क., सचिवमा रीता तामाङ, सहसचिवमा सुस्मिता श्रेष्ठ, अर्थसचिवमा समान्त लिम्बु चयन गरेको छ ।

यसैगरी सदस्यहरुमा गंगा लिम्बु, निम ल्हमु शेर्पा, इन्दीरा लिम्बु, छोटी शेर्पा, पूर्णिमा लिम्बु, सिर्जना लिम्बु, कविता थलङ, निसा लिम्बु, सरस्वता लिङदेन, अल्फ राई र सुनिता लिम्बु रहेका छन् ।

यसरी आज ११२औं अन्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा मञ्चमा महिला नेत्रीहरुले कार्यालयमा शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेका थिए । कार्यक्रममा नेताहरुले श्रमिक महिलाहरुको बारेमा बलेका थिए ।

कार्यक्रममा मञ्चका संघीय सदस्य प्रयास बान्तवा, केदार ताम्लीङ, उपत्यका अध्यक्ष मिक्तोक लिम्बु लगायत नेतानेत्रीहरुको उपस्थिति रहेको थियो ।

 

सम्बन्धित समाचार

दमक भेट्रान कप: अध्यक्ष गजु देवानद्वारा प्रथम पुरस्कारको १ लाख रूपैयाँ क्लबलाई हस्तान्तरण

दमक, १७ असोज । दमकमा जारी 'प्रथम प्रदेश १ (कोशी) जिल्लास्तरीय भेट्रान च्यालेन्ज कप'को प्रथम पुरस्कार रकम क्लबका अध्यक्ष गजेन्द्र देवान (गजु) ले स्पोन्सर गर्दै क्लबलाई हस्तान्तरण गरेका छन्। दमक-६ स्थित मायाज क्याफेका सञ्चालक समेत...

दमक नगर उज्यालो अभियान: ६४ स्थानमा जडान भयो फ्लड लाइट, रात्रिकालिन सुरक्षा र सौन्दर्यीकरणमा जोड

दमक, झापा । "औद्योगिक, पर्यटकीय र हरित नगर, स्वच्छ, सुरक्षित र समृद्ध दमक" भन्ने मूल नारालाई आत्मसात् गर्दै दमक नगरपालिकाले नगर क्षेत्रभित्र रात्रिकालिन सुरक्षा व्यवस्था सुदृढ बनाउन तथा सार्वजनिक स्थलहरू उज्यालो पार्न फ्लड लाइट (Flood...

दमकको बिश्वाशिलो बचत तथा ऋण सहकारीको १५औं साधारणसभा सम्पन्न; पत्रकार आङदम्बे नगदसहित सम्मानित

दमक, १७ असाेज । दमक–६ वर–पिपल चोकमा अवस्थित बिश्वाशिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५औं वार्षिक साधारणसभा शनिबार भव्य रूपमा सम्पन्न भएको छ। सहकारी संस्थाका अध्यक्ष अशिम राईको अध्यक्षतामा सम्पन्न उक्त साधारणसभामा राष्ट्रिय सहकारी बैंक...

किरात याक्थुङ चुम्लुङको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ विमोचित

ललितपुर, १६ असाेज । किरात याक्थुङ चुम्लुङको विषयगत समिति—लिम्बू सांस्कृतिक परिषद्ले आफ्नो एक पुस्ता लामो संस्थागत यात्रा, याक्थुङ-लिम्बू समुदायको सांस्कृतिक जीवन, ज्ञान-परम्परा र समकालीन प्राज्ञिक विमर्शलाई समेटेर तयार पारिएको प्राज्ञिक जर्नल-स्मारिका ‘थिम्-साक्थिम्’ सार्वजनिक गरेको छ।...

;